back
himalayan life

नेपालमा अवसर खोज्दै कतारका लगानीकर्ता

काठमाडौं । श्रमिक गन्तव्यको रुपमा मात्रै नभइ कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर पनि खोजिरहेको वताएका छन्।

नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक वित्तिय संस्था सम्बद्ध सेवाहरु, जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा कतारका लगानीकर्ताहरुको रुची देखिएको छ । यहाँका लगानीकर्ता नेपालमा लगानीको अवसर खोजिरहेका छन,’ कतार चेम्बर अफ कमर्शका अध्यक्ष खालिफा बिन जसिम बिन मोहमद अल थानीले भनेर्, हामी थप लगानीकर्ताहरुलाई पनि प्रोत्साहित गर्नेछौ ।’

नेपाल कतार बिजनेस काउन्सिलको पहिलो अध्यक्षस्तरिय वैठकमा अध्यक्ष थानी र महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकाल एवं प्रतिनिधिमण्डलबीच बुधबार कतारको राजधानी दोहामा सम्पन्न वैठकमा आर्थिक सम्बन्ध विस्तारका बिषयमा छलफल भएको हो। कतारका अमीर सेख तमीम बिन हमाद अल थानी को गत अप्रिल २३ र २४ मा सम्पन्न नेपाल भ्रमणका क्रममा महासंघ र कतार चेम्बरबीच बिजनेस काउन्सिल स्थापना गर्ने सहमतिमा हस्ताक्षर भएको थियो ।

काउन्सिलको यस पहिलो अध्यक्षस्तरिय वैठकमा अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष थानीले आ आप्mनोनेतृत्वमा सदस्य नियुक्त गरि काउन्सिललाई छिट्टै पूर्णता दिने सहमति पनि भएको छ । त्यस लगत्तै नेपालमा कतार नेपाल बिजनेस सम्मेलन आयोजना गर्ने प्रस्ताव अध्यक्ष ढकालले राख्नुभयो । आगामी बर्ष उक्त कार्यक्रम आयोजना गर्ने सहमति पनि वैठकमा भयो ।

वैठकमा अध्यक्ष ढकालले नेपालमा वाह्य क्षेत्र स्थायित्व रहेको र कानुनहरुमा गरिएको सुधारले लगानीको अवसर जुटदै गएको वताउनुभयो । साथै उनले कतारका लगानीकर्ताहरुलाई नेपालमा जलविद्युत, पर्यटन, सूचना प्रविधि, सीप बिकास लगायतका क्षेत्रमा पर्याप्त सम्भावना रहेकोले लगानीका लागि आव्हान गरे ।

यसैगरि कतार सरकारले आयोजना गरेको एसियन कोअपरेसन डायलगमा नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै अध्यक्ष ढकालले सहभागिता पनि जनाएो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

वि.सं.२०८३ असार ५ शुक्रवार १६:१०

काठमाडौं । सीताराम गोकुल मिल्कले उद्योग स्थापनाको ३२औँ वर्ष प्रवेशको...

सुनको मूल्य तोलामा साढे १० हजारले घट्यो

सुनको मूल्य तोलामा साढे १० हजारले घट्यो

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१४

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

वि.सं.२०८३ असार ५ शुक्रवार १०:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

औद्योगिक क्षेत्रका उद्योगमा विद्युत् काट्ने तयारी तत्काल रोक्न महासंघको माग

औद्योगिक क्षेत्रका उद्योगमा विद्युत् काट्ने तयारी तत्काल रोक्न महासंघको माग

वि.सं.२०८३ असार ४ बिहीवार १२:४८

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरूको...

सुनचाँदीको मूल्य सामान्य गिरावट

सुनचाँदीको मूल्य सामान्य गिरावट

वि.सं.२०८३ असार ४ बिहीवार ११:१७

काठमाडौँ । नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य सामान्य घटेको छ।...

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले पदभार ग्रहण गर्दै भने– अहिले इप्पान एक ढिक्का भएको छ

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले पदभार ग्रहण गर्दै भने– अहिले इप्पान एक ढिक्का भएको छ

वि.सं.२०८३ असार ३ बुधवार १८:२४

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित...