गरिमा र नेपाल लाइफ क्यापिटलले धितोपत्र अण्डराइटिङको अनुमति पायो
वि.सं.२०८१ असोज १४ सोमवार
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ३ वटा मर्चेन्ट बैकरलाई थप काम गर्नका लागि स्वीकृति प्रदान गरेको छ । सेबोनको गत ११ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल लाइफ क्यापिटल, गरिमा क्यापिटल, हिमालयन र माछापुच्छ्रे क्यापिटललाई थप कार्य गर्न लगि अनुमति प्रदान गरेको हो ।
सेबोनले गरिमा क्यापिटल र नेपाल लाइफ क्यापिटललाई धितोपत्र प्रत्याभूति सेवा सञ्चालन गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको हो । माछापुच्छ्रे क्यापिटललाई योजना व्यवस्थापक र डिपोजिटरीको अनुमती प्रदान गर्नै निर्णय गरेको सेबोनले जनाएको छ ।
यस अघि गरिमा र नेपाल लाइफ क्यापिटलले पोर्टफोलियो व्यवस्थापनको काम गर्दै आएका थिए भने माछापुच्छ्रेले अन्डारराइटिङ, पोर्टफोलियो म्यानेजर र कर्पोरेट एडभाइजरको काम गर्दै आएको थियो ।
ऐन बमोजिम सेबोनले मर्चेन्ट बैकरलाई धितोपत्र निष्कासनका लागि विवरण पत्र, विक्री सम्बन्धी प्रस्ताव तथा अन्य विवरण तयार पार्ने, धितोपत्रकोृ निष्कासन तथा विक्री प्रबन्ध सम्बन्धी कार्य लगायतका काम गर्ने अनुमति दिँदै आएको छ ।
मर्चेन्ट बैकर नियमावली २०६४ अनुसार धितोपत्र अण्डरराइटिङ गर्ने मर्चेन्ट बैंकरको चुक्ता पूँजी ७ करोड रुपैयाँ तोकिएको छ । त्यस्तै, निष्कासन तथा विक्री प्रबन्धक र लगानी व्यवस्थापकको काम गर्ने मर्चेन्ट बैकरको लागि भने ५ / ५ करोड रुपैयाँ चुक्ता पूँजी तोकिएको छ भने सेयर रजिष्ट्रार संस्थागत परामर्शदाताको काम गर्ने बैकरको लागि न्यूनतम ३/३ करोड रुपैयाँ पूँजी तोकिएको छ ।
प्रकाशित समय : १४:२० बजे





















