back

हिमालयन लाइफको नयाँ बोनस दर घोषणा, कुन बीमा योजनामा कति दिदैं छ ?

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्मको बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले जारी गरेको विभिन्न बीमा योजनामा ८५ रुपैयाँसम्म बोनस दर कायम गरेको हो ।

कम्पनीको आर्थिक वर्ष २०७९/८० को बीमा कोषको बीमाङ्कीय मुल्याङकन प्रतिवेदन बीमा प्राधिकरणबाट असोज ७ गते स्वीकृत भई बीमालेखहरूमा नयाँ बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो ।

सावधिक बीमालेख योजनामा ० देखि ९ वर्ष अवधिको प्रतिहजार २७ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४३ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ६४ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ ।

सावधिक तथा आजीवन बीमा योजनामा ० देखि ९ वर्ष अवधिको प्रतिहजार ३६ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५७ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ७५ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ ।

अग्रिम भुक्तानी सावधिक योजनामा १० वर्षदेखि १४ वर्ष अवधिको ५६ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ६४ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ७१ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ८६ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ ।

जीवन उपहार (अग्रिम भुक्तानी) योजनामा १६ वर्ष अवधिका लागि ४८ रुपैयाँ र जीवन उपहार (सावधिक) बीमा योजनामा १५ वर्ष अवधिको ३२ रुपैयाँ बोनस दर तोकेको छ ।

सावधिक बीमा योजनामा ० देखि ९ वर्ष अवधिको प्रतिहजार ३८ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको ४१ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४९ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ७६ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ ।

सावधिक तथा आजीवन बीमा योजनामा ० देखि ९ वर्ष अवधिको प्रतिहजार ३८ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको ३८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४८ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ७३ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ ।

अग्रिम भुक्तानी सावधिक योजनामा ० देखि १४ वर्ष अवधिको प्रतिहजार ३४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४६ रुपैयाँ र वार्षिक नगद फिर्ता बीमा योजनामा ० देखि १४ वर्ष अवधिको प्रतिहजार ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४१ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ ।

सुरक्षित भविष्य जीवन बीमा योजनामा ० देखि १४ वर्ष अवधिको १८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको २३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४५ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ७० रुपैयाँ बानेस दर निर्धारण गरिएको छ ।

३० वर्षे जीवन रक्षक (सिमित भुक्तानी), सावधिक लघु जीवन बीमा र कर्पोरेट जीवन बीमा योजनामा ० वर्षदेखि १४ वर्ष अवधिको ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४५ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ७० रुपैयाँ बानेस दर निर्धारण गरिएको छ ।

सावधिक तथा बालबच्चा सावधिक जीवन बीमायोजनामा ० देखि ९ वर्ष अवधिको प्रतिहजार ३३ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको ३६ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३९ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४२ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ७५ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ ।

सिमित भुक्तानी सावधिक जीवन बीमा (एकल)योजनामा १० वर्षदेखि १४ वर्ष अवधिको ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ३५ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ४५ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ ।

सिमित भुक्तानी सावधिक जीवन बीमा योजनामा १० वर्षदेखि १४ वर्ष अवधिको ३३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४३ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ७५ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ ।

सावधिक तथा आजीवन जीवन बीमा योजनामा ० देखि ९ वर्ष अवधिको प्रतिहजार ४० रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको ४० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४५ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ७४ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ ।

सिमित भुक्तानी सावधिक तथा आजीवन जीवन बीमायोजनामा सबै अवधिका लागि प्रतिहजार ५० रुपैयाँ, बार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजनामा ० देखि ९ वर्ष अवधिको प्रतिहजार २४ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको २७ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ३३ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ ।

अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजनामा ० देखि ९ वर्ष अवधिको प्रतिहजार २४ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको २४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको २७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ३० रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ४१ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ ।

जिवन आधार जीवन बीमा योजनाका सबै अवधिमा प्रतिहजार ५० रुपैयाँ, जिवन सम्पन्न बीमा योजनाका सबै अवधिको ५३ रुपैयाँ, जिवन उत्थान बीमा योजनाका सबै अवधिमा ४० रुपैयाँ, जिवन आवरण बीमा योजनाका सबै अवधिमा ४३ रुपैयाँ बोनस दर निर्धारण गरिएको छ ।

बालबच्चा सावधिक जीवन बीमा योजनामा ० देखि ९ वर्ष अवधिको प्रतिहजार ३३ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको ३६ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३९ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ।

कम्पनीले घोषणा गरेको बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनेछ । साथै कम्पनीको आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्म सोही बोनसदर लागू हुने कम्पनीले जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

वाणिज्य बैंकतर्फ नबिल र विकास बैंकतर्फ रेसुङ्गाले जित्यो अवार्ड

वाणिज्य बैंकतर्फ नबिल र विकास बैंकतर्फ रेसुङ्गाले जित्यो अवार्ड

वि.सं.२०८३ साउन १९ मंगलवार १८:२५

काठमाडौँ । चौँथो आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डबाट नेपालको वाणिज्य...

सर्वसाधारणले किन्न मिल्ने गरी सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार कित्ता शेयर बिक्रीमा

सर्वसाधारणले किन्न मिल्ने गरी सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार कित्ता शेयर बिक्रीमा

वि.सं.२०८३ साउन १९ मंगलवार १३:२४

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको...

सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा ८६% ले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा ८६% ले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८३ साउन १९ मंगलवार १२:१६

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा उछाल: झण्डै ३ अर्ब उठायो ब्याज, ईपीएस कति ?

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा उछाल: झण्डै ३ अर्ब उठायो ब्याज, ईपीएस कति ?

वि.सं.२०८३ साउन १९ मंगलवार १२:११

काठमाडौँ । गत आर्थिक वर्ष २०८२/८३ मा शाइन रेसुङ्गा डेभलपमेन्ट...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

वि.सं.२०८३ साउन १९ मंगलवार १२:०९

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

कर्मचारी सरुवा र धितो लिलामी नियमित प्रक्रिया हो, भ्रामक प्रचार नगरियोस्: प्रभु बैंक

कर्मचारी सरुवा र धितो लिलामी नियमित प्रक्रिया हो, भ्रामक प्रचार नगरियोस्: प्रभु बैंक

वि.सं.२०८३ साउन १९ मंगलवार १२:०४

काठमाडौं । प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक, यसको सञ्चालक,...