back
himalayan life

अमेरिकामा बेरोजगार भत्ता दाबी गर्नेको संख्या चार लाख ७३ हजार

काठमाडौँ । संयुक्तराज्य अमेरिकामा रोजगारी गुमाएकाहरुको संख्या निरन्तर ओरालो लागेको छ ।
कोरोनाभाइरस महामारीका कारण गत वर्षको शुरुमा ठूलो सङ्कट व्यहोरेको अमेरिकी श्रम बजारमा व्यापक सुधार आएको श्रम विभागले बिहीबार जनाएको छ । पछिल्लो विवरणमा चार लाख ७३ हजार व्यक्तिले मात्र हाल रोजगारी गुमाएको विभागको सर्भेले देखाएको छ ।

श्रम तथ्याँक ब्युरोले बिहीबार सार्वजनिक गरेको साप्ताहिक प्रतिवेदनमा बेरोजगारी भत्ताका लागि आवेदन गर्नेहरुको संख्यामा ३४ हजारले कमी आएको उल्लेख छ । अघिल्लो साता करिब पाँच लाख ७ हजार व्यक्तिले बेरोजगारी भत्ताका लागि आवेदन गरेकामा पछिल्लो साता चार लाख ७३ हजारले मात्र आवेदन दिएका छन् ।

यो गत वर्ष सन् २०२० को मार्च १४ मा बेरोजगारी दाबी गरेयता सबैभन्दा कम हो । त्यसबखत कूल दुई लाख ५६ हजारले बेरोजगारी भत्ताका लागि दाबी गरेका थिए । यसैबीच, राज्य र संघीय दुबैतर्फका कार्यक्रमबाट सुविधा दाबी गर्ने व्यक्तिको कूल संख्या छ लाख ९६ हजारले कमी आएर एक करोड ६८ लाख ५५ हजार रहेको पाइएको छ ।

रिपब्लीकन शासित धेरैवटा राज्यले संघीय बेरोजगार कार्यक्रमलाई जुनभित्रै अन्त्य गर्ने घोषणा गरेका छन् । यो कार्यक्रम आगामी सेप्टेम्बरभित्र समाप्त हुँदैछ । संघीय सहायता कार्यक्रममा राज्यबाट प्रदान गरिने सुविधाका अतिरिक्त साप्ताहिक ३०० अमेरिकी डलरको बेरोजगार भत्ताको व्यवस्था गरिएको छ ।

गभर्नरहरुको भनाईमा संघीय सरकारले उपलब्ध गराएको भत्ताका कारण मानिसहरुले काम खोज्न अभिरुचि नदेखाएको र श्रमिकको अभाव हुन थालेको छ ।

अमेरिकी अर्थमन्त्री जानेट येलेनले गभर्नरहरुका तर्कको खण्डन गर्नु भएको छ । हालै ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जेनेटले बालबच्चा र वृद्धवृद्धाका स्याहारका साथै महामारीको त्रास तथा व्यक्तिगत स्वास्थ्य समस्याले पनि मानिसहरु काममा जान हच्किइरहेका र त्यो स्वाभाविक रहेको बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

वि.सं.२०८३ असार १७ बुधवार १९:४७

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय...

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

वि.सं.२०८३ असार १७ बुधवार १९:११

काठमाडौं । ललितपुर महानगरपालिका–३, झम्सिखेलस्थित अदोरा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएको...

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

वि.सं.२०८३ असार १७ बुधवार १८:३५

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी...

शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

वि.सं.२०८३ असार १७ बुधवार १८:२८

काठमाडौं । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

सञ्चारमन्त्री तिमिल्सिना र अष्ट्रेलियाली राजदूतबीच भेट, डिजिटल रूपान्तरणदेखि छात्रवृत्तिसम्म छलफल

सञ्चारमन्त्री तिमिल्सिना र अष्ट्रेलियाली राजदूतबीच भेट, डिजिटल रूपान्तरणदेखि छात्रवृत्तिसम्म छलफल

वि.सं.२०८३ असार १७ बुधवार १८:१८

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि...

प्रहरी चारित्रिक प्रमाणपत्रको दोहोरो व्यवस्था हटाउन युएईसँग नेपालको आग्रह

प्रहरी चारित्रिक प्रमाणपत्रको दोहोरो व्यवस्था हटाउन युएईसँग नेपालको आग्रह

वि.सं.२०८३ असार १७ बुधवार १८:०८

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका...