back
himalayan life

गण्डकीमा प्राविधिक शिक्षालय बनाउन कोरियाले डेढ अर्ब सहयोग गर्ने

पोखरा । गण्डकी प्रदेश सरकारले सञ्चालनमा ल्याएको गण्डकी प्राविधिक शिक्षालय निर्माण र सञ्चालनमा कोरिया अन्तर्राष्ट्रिय नियोग (कोइका)ले सघाउने भएको छ ।

कोइकाले करिब डेढ अर्ब रुपैयाँ आर्थिक सहयोग गर्ने गरी सम्झौता भएको गण्डकीका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले जानकारी दिए । उनका अनुसार १ अर्ब ४० करोड सहयोग गर्न कोइका तयार भएको छ ।

काइकाको नेपाल स्थित कन्ट्री डाइरेक्टर सहितको टोलीले शिक्षालय निर्माण स्थलको स्थलगत अध्ययन गरेर सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

‘भवन बनाउनेदेखि प्राविधिक सहयोग उहाँहरूले गर्नुहुनेछ । हामीले त्यस ठाउँमा बिजुली, पानी र सडकको व्यवस्था गरिदिनुपर्छ,’ उनले भने, ‘जग्गा हामीले खोजिदिने हो, खोजिसकेका छौँ । प्रदेश सरकारको एउटा महत्त्वपूर्ण उपलब्धि यो पनि हो ।’ प्रदेश सरकारले गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानमार्फत गण्डकी प्राविधिक शिक्षालय (जिआइटी) सञ्चालन गर्न लागेको हो ।

यसका लागि नेपाल सरकारले स्याङ्जाको फेदीखोला गाउँपालिका १ स्थित गुर्धुममा १ सय ६० रोपनी जग्गा दिइसकेको छ । प्रदेशभित्र आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गरी युवाहरूलाई रोजगारीमा आबद्ध गर्ने उद्देश्यका साथ गण्डकी सरकारले प्रतिष्ठान स्थापना गरेको थापाले बताए । उनले मन्त्री भएको १ सय दिन पुगेको अवसरमा आफ्ना कामको फेहरिस्त सार्वजनिक गरेका छन् ।

गएको जेठ १६ गते उनी सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा नियुक्त भएका थिए ।

अहिले उनको मन्त्रालय टुक्रिएर सामाजिक र स्वास्थ्य छुट्टै मन्त्रालय बनेको छ । थापाले प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन अन्तर्गत प्रदेशका २५ वटा विद्यालयहरूमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम सञ्चालन गरी विद्यार्थीलाई दक्ष बनाउने काम थालिएको बताए ।

यस्तै, फ्राइडे फर फ्युचर कार्यक्रम मार्फत बालबालिकालाई संस्कार सिकाउने शिक्षाको समेत प्रदेश सरकारले निर्देशिका तयार गरेको उनले सुनाए ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

शिक्षा–स्वास्थ्यमा लगाइएको करले भुँइमान्छे र गरिबहरुलाई छुँदैन :अर्थमन्त्री वाग्ले

शिक्षा–स्वास्थ्यमा लगाइएको करले भुँइमान्छे र गरिबहरुलाई छुँदैन :अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ असार १४ आइतवार १३:४१

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव...

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ असार १२ शुक्रवार १२:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि ४५ अर्ब खिच्दै...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...