back
himalayan life

अक्सिजन उद्योगलाई दैनिक ७४७३ सिलिण्डर अक्सिजन उपलब्ध गराउन सीसीएमसीको आग्रह

काठमाडौँ । कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले अक्सिजन उद्योगहरुलाई दैनिक ७ हजार ४७३ वटा ठूलो सिलिण्डर अक्सिजन आपूर्ति गर्न आग्रह गरेको छ । काठमाडौं उपत्यका र काभ्रेका कोभिड अस्पताल एवं आइसोलेसन केन्द्रका लागि बुधबारबाट लागु हुनेगरी दैनिक अक्सिजनको कोटा निर्धारण गर्दै सीसीएमसीले उपत्यकाका ८ वटा अक्सिजन उद्योगलाई १११ अस्पताल तथा आइसोलेसन सेन्टरका लागि ७४७३ अक्सिजन सिलिन्डर उपलब्ध गराउन आग्रह गरेको हो ।

यदि कोटाअनुसार उपलब्ध गराउन नसकेको खण्डमा केन्द्रलाई पूर्व जानकारी गराउन समेत भनेको छ । सीसीएमसीले तोकेको कोटाअनुसार अस्पताल तथा आइसोलेसन सेन्टरलाई न्यूनतम १० देखि बढीमा ३०० वटा सिलिण्डर दैनिक रुपमा उपलब्ध गराउनु पर्ने बाध्यता अक्सिजन उद्योगलाई छ ।

यी पाँच अस्पतालको लागि प्रतिदिन ३०० सिलिण्डर

अस्पतालहरुको मागका आधारमा सीसीएमसीले पाँच वटा अस्पताललाई दैनिक ३०० वटा ठूलो सिलिण्डर अक्सिजन उपलब्ध गराउन आग्रह गरेको छ । ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सगरमाथा अक्सिन प्रालि पाटनले कोटाको अक्सिजन उपलब्ध गराउनुपर्नेछ ।

हाम्रो अक्सिजन प्रालि ककनीले शसस्त्र प्रहरी अस्पताल बलम्बुलाई दैनिक ३०० वटा सिलिण्डर आपूर्तिको गर्नेछ । यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र धुलिखेल अस्पताल काठमाडौं विश्वविद्यालयलाई नवज्योति अक्सिजन प्रालि बनेपाले कोटोको अक्सिजन आपूर्ति गर्नुपर्नेछ । यस्तै ललितपुरको निजी अस्पताल मेडिसिटीलाई सोपान अक्सिजन लुभुले दैनिक ३०० सिलिण्डर अक्सिजन आपूर्ति गर्ने कोटा तोकिएको छ।

यी ९ अस्पताललाई २०० देखि २५० सिलिण्डर अक्सिजन
नेपाल ग्रिन सिटी अस्पताल धापासी, नेपाल मेडिकल कलेज अस्पताल अत्तरखेल र काठमाडौं मेडिकल कलेज सिनामंगललाई सो परिमाणमा अक्सिजन उपलब्ध गराइनेछ । यस्तै वीर अस्पताल, ट्रमा सेन्टर, ह्याम्स, नेपाल प्रहरी अस्पताल, नर्भिक अस्पताल र स्टार अस्पताललाई दैनिक २०० वटा ठूलो सिलिण्डर अक्सिजन उपलब्ध गराउन सीसीएमसीले उद्योगहरुलाई भनिएको छ ।

उत्पादन क्षमताअनुसार अस्पतालको कोटा

सीसीएमसीले अक्सिजन उद्योगको उत्पादन क्षमता र उद्योगको अवस्थितिको आधारमा अस्पतालहरुको संख्या र अक्सिजन कोटा निर्धारण गरेको जनाएको छ । हाम्रो अक्सिजन उद्योग ककनीलाई सात वटा अस्पतालाई अक्सिजन उपलब्ध गराउन भनिएको छ भने हिमाल अक्सिजनले १२ वटा अस्पताललाई अक्सिजन उपलब्ध गराउनेछ ।

कान्तिपुर अक्सिजन हरिसिद्धिलाई १९ वटा अस्पतालमा अक्सिजन आपूर्तिका लागि कोटा तोकिएको छ भने ११ वटा अस्पताललाई नवज्योति अक्सिजन उद्योग बनेपाले अक्सिजन आपूर्ति गर्नुपर्नेछ । ११ अस्पताललाई अक्सिजन उपलब्ध गराउन सगरमाथा अक्सिजनलाई कोटा तोकिएको छ भने २२ अस्पताललाई शंकर अक्सिजन उद्योग बालाजुले अक्सिजन सप्लाई गर्नुपर्नेछ। यस्तै चाल्नाखेलमा रहेको सीता अक्सिजन प्रडक्टले १९ अस्पताल र सोपन अक्सिजन उद्योगले ९ वटा अस्पताललाई अक्सिजन आपूर्ति गर्नुपर्नेछ ।
यस्तो छ सीसीएमसीले जारी गरेको कोटा विवरणः

 

२०७८ वैशाख ३१ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

वि.सं.२०८३ असार १७ बुधवार १९:४७

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय...

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

वि.सं.२०८३ असार १७ बुधवार १९:११

काठमाडौं । ललितपुर महानगरपालिका–३, झम्सिखेलस्थित अदोरा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएको...

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

वि.सं.२०८३ असार १७ बुधवार १८:३५

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी...

शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

वि.सं.२०८३ असार १७ बुधवार १८:२८

काठमाडौं । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

सञ्चारमन्त्री तिमिल्सिना र अष्ट्रेलियाली राजदूतबीच भेट, डिजिटल रूपान्तरणदेखि छात्रवृत्तिसम्म छलफल

सञ्चारमन्त्री तिमिल्सिना र अष्ट्रेलियाली राजदूतबीच भेट, डिजिटल रूपान्तरणदेखि छात्रवृत्तिसम्म छलफल

वि.सं.२०८३ असार १७ बुधवार १८:१८

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि...

प्रहरी चारित्रिक प्रमाणपत्रको दोहोरो व्यवस्था हटाउन युएईसँग नेपालको आग्रह

प्रहरी चारित्रिक प्रमाणपत्रको दोहोरो व्यवस्था हटाउन युएईसँग नेपालको आग्रह

वि.सं.२०८३ असार १७ बुधवार १८:०८

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका...