आजबाट सांसदहरुलाई कोरोनाविरुद्ध खोपको दोस्रो डोज सुरु

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार

काठमाडौं । संघीय सांसदहरु र संसद सचिवालयका कर्मचारीहरुलाई कोरोनाविरुद्ध खोपको दोस्रो डोज लगाउन सुरु भएको छ । गत फागुन १९, २० र २१ गते सिभिल अस्पतालमा कोभिशिल्ड खोपको पहिलो डोज लगाएकाहरुलाई आज दोस्रो डोज लगाउन सुरु गरेका हुन् । सभामुख अग्नि सापकोटाले संसद भवन नयाँ बानेश्वरमा दोस्रो डोज लगाएर शुभारम्भ गरेका छन् । अब सांसद तथा कर्मचारीहरु लाइन लागेर खोप लगाउने छन् ।

प्रकाशित समय : ०५:४८ बजे