back

नबिल बैंकको विशेष साधारणसभा सम्पन्न, ५ अर्ब अग्राधिकार सेयर जारी गर्ने

काठमाडौं । नबिल बैंकको विशेष साधारणसभा बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ ।

विशेष साधारणसभाले ५ अर्ब रुपैयाँ बराबरको नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्तावसँग सम्बन्धित विशेष प्रस्तावहरू सर्वसम्मत रुपमा पारित गरेको हो ।बैंकको व्यापार वृद्धि तथा जोखिमहरूलाई सम्बोधन गर्न अतिरिक्त प्राथमिक पूँजीको माध्यमबाट पूँजीगत आधारमा वृद्धि गर्न आवश्यक भएकाले नबिलले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनका शर्त र व्यवस्था बमोजिम तथा नियमनकारी निकायको स्विकृती पश्चात् जारी हुनेगरी ५ अर्ब रुपैयाँ बराबरको नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पेश गरेकोमा विशेष साधारणसभाले सर्वसम्मत रूपमा सम्पूर्ण प्रस्तावहरू पारित गरेको हो ।

बैंकका अध्यक्ष पौडेलले बैंकलाई यो उचाइमा पु¥याउनमा सेयरधनी लगायत सरोकारवाला पक्षहरूबाट विगत लामो समयदेखि सराहनीय योगदान प्राप्त भए जस्तै यस उपकरणलाई सार्थक तथा सफल बनाउने कार्यमा सहयोगको अपेक्षा गरेको बताए । आगामी वर्षहरूमा समेत आ–आफ्नो स्थानबाट बंैकको उचाइलाई थप बढाउनेतर्फ शेयरधनी लगायत सरोकारवाला पक्षहरूको महत्वपूर्ण योगदान रहनेछ भन्नेमा पनि बैंक विश्वस्त रहेको उनले सभामा जानकारी गराए ।

सभाले पारित गरेको नबिल ८५ अविमोच्य असञ्चिति अग्राधिकार सेयरको मताधिकार नहुने भएकोले वर्तमान सेयरधनीको मताधिकारलाई असर नगर्ने तथा यस अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानिकर्तामा मात्र व्यक्तिगत तवरबाट जारी गरिनेछ । साथै यो नेपाली पूँजी बजारका लागि नविनतम् पूञजी उपकरण भएकाले नेपाल राष्ट्र बैंकले यस सम्बन्धी व्यवस्था गरे पश्चात् नबिल बैंकले नै पहिलो पटक विशेष साधारणसभाबाट पारित गरेर जारी गर्न लागेको हो । सम्बन्धित नियामकीय निकायहरूको अन्तिम स्विकृति पश्चात् कुनै संशोधन वा थप परिमार्जन आवश्यक भएमा सो समेत गरी “अग्राधिकार सेयर” जारी हुनेछ ।

दीगो बैंकिङ्गलाई जोड दिँदै आएको नबिल बैंकले देशको अर्थतन्त्रको पछिल्ला परिदृश्यहरूलाई मध्यनजर गर्दै नेपालको बैकिङ्ग क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यावसायिक एवं औद्योगिक गतिविधिहरूलाई गतिशीलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरू सिर्जना गर्न तथा सरकारी कोषमा सबैभन्दा बढी कर तिर्ने वाणिज्य बैंकका रूपमा बारम्बार सम्मानित भएर योगदान पु¥याउन सफल भएको सभाध्यक्ष पौडेलले जानकारी दिए । त्यसैगरी समाजिक उत्तरदायित्वमा समेत नबिल बैंक अघि रहेको तथा बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेको समेत बताए ।

विगत चार दशकदेखि गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको नबिल बैंकले पछिल्लो समयमा दीगो बैंकिङ्गको अवधारणालाई अत्मसात् गरेको छ भने डिजिटल बैंकिङ्गको लागि लद्यबलप सञ्चालनमा ल्याएको छ । यसले क वर्गका बैंकहरूमध्ये आफूलाई नेपालको अब्बल वाणिज्य बैंकको पहिचानलाई निरन्तरता दिन सफल भएको छ ।

नबिल बैंकले हाल २६८ वटा शाखाहरू, ३१६ वटा एटिएम र २४ लाख भन्दा बढी सेवाग्राहीलाई देशव्यापी रुपमा सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरूसँग सँगै अघि बढ्ने प्रण गरेको छ । बैंकको विशेष साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सहयोगी भूमिका खेल्ने शेयरधनी तथा सम्बद्ध सबै निकायहरूप्रति बैंक परिवार हार्दिक आभार व्यक्त गर्दछ ।

nactional life
Corporatebazar 11 Anniversary

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४१

काठमाडौं । गरिमा विकास बैंंक लिमिटेडलाई दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र...

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:३८

  काठमाडौं । एनआईसी एशिया बैंकले देशभर आफ्ना विभिन्न ४२...

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

वि.सं.२०८२ चैत ३० सोमवार १२:५८

काठमाडौं । लघुवित्त क्षेत्रमा अर्को ठूलो मर्जरको प्रक्रिया सुरु भएको...

ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

वि.सं.२०८२ चैत १७ मंगलवार १८:२३

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई...

परिपक्व बचतपत्रको साँवा-ब्याज तुरुन्त बुझ्न नेपाल राष्ट्र बैंककोआग्रह

परिपक्व बचतपत्रको साँवा-ब्याज तुरुन्त बुझ्न नेपाल राष्ट्र बैंककोआग्रह

वि.सं.२०८२ चैत १७ मंगलवार १०:५०

काठमाडौं । नेपाल राष्ट्र बैंकले परिपक्व भइसकेका बचतपत्रको साँवा तथा...

ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने

ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने

वि.सं.२०८२ चैत १० मंगलवार १८:१०

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र तिलगंगा आँखा प्रतिष्ठानबिच आर्थिक...