back
nactional

एभरेष्ट बैंकको बानेश्वर शाखा आफ्नै भवनमा, अत्याधुनिक ‘डिजिटल संसार’को शुभारम्भ

काठमाडौं । एभरेष्ट बैंकको बारेश्वर शाखा आफ्नै भवनमा सरेको छ । काठमाडौं महानगरपालिका वडा नं. १०, नयाँ बानेश्वर स्थित एभरेष्ट बैंकको साविकको स्थानबाट करिब १५० मिटर पश्चिम आफ्नै नव निर्मित अत्याधुनिक सुविधा सम्पन्न भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग सेवा सुरु गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले भवन उद्घाटन गर्दै बैंक विश्वासको सहयात्री भएको र नयाँ बानेश्वर र सो आसपासका बासिन्दाहरुलाई सरल, उत्कृष्ट , अत्याधुनिक तथा स्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने बताए ।

साथै सो अवसरमा बैंकले एकै स्थानबाट सम्पूर्ण डिजिटल प्रविधि चलाउन मिल्ने “डिजिटल संसार” को सुभारम्भ गरेको छ । उक्त डिजिटल संसारमा, बैंकिङ्ग क्षेत्रको हाल सम्मकै अत्याधुनिक प्रणाली जडित उपकरण मार्फत ग्राहकलाई डिजिटल सेवा दिने व्यवस्था गरेको र उक्त स्थानको सुरुवात संगै ग्राहकहरुले एकै स्थानबाट खाता खोल्ने, नगद कारोबार गर्ने, चेक डिपोजिट गर्ने साथ साथै सेवा सम्बन्धी गुनासो सम्म डिजिटल प्रविधि प्रयोग गरी गर्न सक्ने व्यवस्था रहेको छ ।

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंकमा १४ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६६ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एस्.एम् एस् बैकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

 

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राष्ट्र बैंकका गभर्नरको कार्यकाल तीन वर्षमा सिमित गर्ने अर्थ समितिको निर्णय

राष्ट्र बैंकका गभर्नरको कार्यकाल तीन वर्षमा सिमित गर्ने अर्थ समितिको निर्णय

वि.सं.२०८३ भदौ ४ बिहीवार १८:०२

काठमाडौं । संसदको अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी...

मुक्तिनाथ विकास बैंकको चाडपर्व लक्षित विशेष कर्जा योजना सार्वजनिक

मुक्तिनाथ विकास बैंकको चाडपर्व लक्षित विशेष कर्जा योजना सार्वजनिक

वि.सं.२०८३ भदौ ४ बिहीवार १७:५७

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आउन लागेका ठूला चाडहरु तीज,...

नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकका नेतृत्वमाथि मुद्दा चलाइएकोमा सिबिफिनको गम्भीर ध्यानाकर्षण

नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकका नेतृत्वमाथि मुद्दा चलाइएकोमा सिबिफिनको गम्भीर ध्यानाकर्षण

वि.सं.२०८३ भदौ ४ बिहीवार १६:५९

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रको लामो इतिहास बोकेको प्रतिष्ठित नेपाल...

नेपाल लाइफका अभिकर्तालाई दुव्र्यवहार र पक्राउ गरिएको भन्दै संघले दियो संघर्षको चेतावनी

नेपाल लाइफका अभिकर्तालाई दुव्र्यवहार र पक्राउ गरिएको भन्दै संघले दियो संघर्षको चेतावनी

वि.सं.२०८३ भदौ ४ बिहीवार १६:४०

काठमाडौ । नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघले नेपाल बीमा प्रधिरकरण...

एनएमबि बैंकको अनलाइनबाटै कर्जा आवेदन र रियल-टाइम ट्र्याकिङ

एनएमबि बैंकको अनलाइनबाटै कर्जा आवेदन र रियल-टाइम ट्र्याकिङ

वि.सं.२०८३ भदौ ४ बिहीवार १५:५८

काठमाडौं । एनएमबि बैंकले अनलाइनबाटै कर्जा आवेदन दिन र आवेदनको...

सिद्धार्थ बैंकको कर्पोरेट खाता अब अनलाइनबाटै खोल्न सकिने

सिद्धार्थ बैंकको कर्पोरेट खाता अब अनलाइनबाटै खोल्न सकिने

वि.सं.२०८३ भदौ ४ बिहीवार १५:५६

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले व्यवसायिक तथा कर्पोरेट ग्राहकका लागि...