back
himalayan life

६ सेकन्डमै फुल चार्ज व्याट्री पाइने गोगोरोकाे टेक्नोलोजी र ईभी स्कुटर नाडा अटो शोमा राखिँदै, ब्याट्री स्वापिङ स्टेसन के हाे ?

अटाे शाेमा राखिँदैछ तीन आकर्षक इलेक्ट्रिक स्कुटर

काठमाडौँ । नाडा अटो शो २०२४ मा ६ सेकेन्डमै फुल चार्ज ब्याट्री पाइने गोगोरोको टेक्नोलोजी र ईभी स्कुटरका तीन मोडल प्रदर्शन गरिने भएकाे छ ।

यहिँ भदौ ११ देखि काठमाडौंस्थित भृकुटीमण्डपमा शुरु हुन गइरहेकाे नाडा अटो शोमा ६ सेकेन्डमै फुल चार्ज ब्याट्री पाइने गोगोरोको टेक्नोलोजी र ईभी स्कुटरका तीन मोडल प्रदर्शन गर्ने लागेकाे हाे ।

गोगोरोको नेपालका लागि आधिकारिक वितरक नेबुला मोबिलिटीले अन्य भन्दा फरक प्रविधि नाडा अटो शो २०२४ मा प्रदर्शन गर्ने जानकारी दिएकाे छ ।

कम्पनीले नेपाली बजारमा यसअघि सार्वजनिक गरिएको ब्याट्री स्वापिङ प्रविधिलाई प्रदर्शन गर्न लागेकाे हाे । नाडा अटाे शाे भ्रमण गर्ने अवलोकनकर्ताहरुले यसका बारेमा जानकारी लिनुका साथै उक्त प्रविधि परीक्षण गर्न पाउनेछन् ।

ब्याट्री स्वापिङ स्टेसन के हाे ?

ब्याट्री स्वापिङ स्टेसनमा ब्याट्री फेर्न सकिन्छ । आफ्नो इलेक्ट्रिक सवारीसाधनकाे सकिएकाे ब्याट्री अर्काे फुल चार्ज भएकाे ब्याट्रीसँग साटिने प्रविधि भएकाे स्थान नै ब्याट्री स्वापिङ स्टेसन हाे ।

स्वापिङ स्टेसनमा पहिलेदेखि नै चार्ज गरेर राखिएका ब्याट्री राखिएका हुन्छन् । यस्ताे स्टेशनमा इलेक्ट्रिक सवारीसाधन चालकले आफ्नो चार्ज सकिएको ब्याट्री निकालेर चार्ज भएको ब्याट्री आफ्नो सवारीसाधनमा राख्न सक्छन् ।

कम्पनीका अनुसार ब्याट्री साट्नका लागि शुल्क तिर्नुपर्ने हुन्छ । लागेकाे शुल्क वापतकाे रकम भने सबै अनलाइन रुपमै ट्रान्सफर गर्न सकिन्छ ।।

कम्पनीले हाल नेपालकाे काठमाडौंका दुई स्थानमा उपलब्ध गराएकाे छ । यसैगरी, दसैं अघि नै उपत्यकाका विभिन्न ४५ स्थानमा उक्त प्रविधिकाे प्रयोग गर्न सकिने नेबुला मोबिलिटीले जनाएकाे छ । कम्पनीले यसका लागि ब्याट्री स्वापिङ स्टेसन निर्माण गरिरहेकाे जानकारी दिएकाे छ । उपत्यकाका प्रत्येक स्थान कभर गर्ने गरी निर्माण गरिने स्टेसनले कभरेजको आधारमा हाल उपलब्ध पेट्रोल पम्प भन्दा बढी क्षमता प्रदान गर्ने कम्पनीकाे भनाइ छ।

तर स्कुटर कम्पनीहरुले पनि यसका लागि साेहि अनुसारको ब्याट्री भने विकास गरेको हुनुपर्छ । साेहि अनुरूप गोगोरोले आफ्नाे स्कुटरकाे विकास गरेको कम्पनीकाे भनाइ छ । यसकासाथै, कम्पनीले अन्य स्कुटर निर्माता कम्पनीहरुसँग पनि आवश्यक सहकार्यको आह्वान गरेको छ ।

गाेगाेराेका अनुसार ब्याट्री स्वापिङ गर्दा जम्मा ६ सेकेन्ड मात्रै लाग्नेछ । जसकारण चार्ज गर्न झन्झटिलाे हुँदैन भने रेन्जको समस्या पनि नहुने कम्पनीकाे भनाइ छ ।

अटाे शाेमा राखिँदैछ तीन आकर्षक इलेक्ट्रिक स्कुटर

नाडा अटाे शाेमा गोगोरोका तीन नयाँ इलेक्ट्रिक स्कुटर राखिने भएकाे छ । गोगोराका पल्स, जेगो र जीएक्स २५० स्कुटर प्रदर्शन गरिने कम्पनी जनाएकाे छ ।

गोगोरोको प्रिमियम इलेक्ट्रिक स्कुटरमा गोगोरो पल्स रहेकाे छ । गोगोरो पल्सलाई विश्वकै पहिलो हाइपर इलेक्ट्रिक स्कुटर मानिन्छ ।

यस्तै, गोगोरो जेगो मास इलेक्ट्रिक स्कुटर हो जुन सर्वसाधारणकाे प्रयोगका लागि डिजाइन गरिएको छ । गोगोरो जीएक्स २५० इलेक्ट्रिक स्कुटर कार्यालय प्रयोजनका लागि बनाइएकाे छ । यस्तै, सामाग्री ओसारपसार गर्न यस स्कुटरकाे प्रयाेग गर्न सकिन्छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०६

काठमाडौं । आईसीएयूआरको विद्युतीय एसयूभी सुपर भी २३ ले विश्वप्रसिद्ध...

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

वि.सं.२०८३ असार ५ शुक्रवार १०:४६

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामि आर्थिक वर्ष (आव) २०८३/८४...

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा, यस्ता छन् विशेष उद्घाटन अफर

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा, यस्ता छन् विशेष उद्घाटन अफर

वि.सं.२०८३ असार ४ बिहीवार १७:०२

वीरगञ्ज । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Nepal...

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४१

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

वि.सं.२०८३ जेठ २४ आइतवार १७:००

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय...

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:२१

काठमाडौं । नेपालमा सुजुकी अटोमोबाइल्सको आधिकारिक वितरक सीजी मोटोकर्प प्रालिले...