back
himalayan life

मुख्यमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै चार दलद्धारा संयुक्त विज्ञप्ति

काठमाडौँ । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक भएको बताएका छन् ।
संसदीय दलका तर्फबाट कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल, माओवादीका हरिबहादुर चुमान, जनमोर्चाका पियारी थापा र जनता समाजवादीका धनमाया लामाले संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको धारा १६८(२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने व्यवस्थाका विपरीत धारा १६८(३) अनुसार मुख्यमन्त्री नियुक्ति गरिएको बताएका छन् ।
धारा १६८(२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने १५ सदस्य भएको नेपाली कांग्रेस, १२ सदस्य (सभामुख समेत) भएको नेकपा माओवादी केन्द्र, तीन सदस्य रहेको राष्ट्रिय जनमोर्चा र दुई सदस्य रहेको जनता समाजवादी पार्टीको ‘लेटरहेड’मा लेखेर कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ति गरियोस् भन्ने पत्र वैशाख २९ गते ३.५५ बजे प्रदेश प्रमुखलाई बुझाइएको विज्ञप्तिमा उल्लेख छ ।

“बहुमत सदस्य भएको दलहरूको समर्थन आएपछि प्रस्तावित उम्मेदवारलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने थियो । उपधारा ९२० अनुसार नियुक्त भएको मुख्यमन्त्रीले ३० दिन भित्र विश्वासको मत लिन नसके उपधारा (३) कार्यान्वयन गर्नुपर्नेमा चार दलको पत्रलाई वाइपास गरेर सिधै उपधारा (३) कार्यान्वयन गर्नु असंवैधानिक छ, भत्र्सनायोग्य छ”, विज्ञप्तिमा भनिएको छ ।

प्रस्तावक दलहरूको कागजात नपुगे माग्नुपर्ने बताउँदै दलहरूले आवश्यक छानबिन गर्ने बाटो खुला हुँदाहुँदै प्रदेश प्रमुखले अनावश्यक फैसला गरेर संविधानको अपमान गर्नुभएको उल्लेख गरेका छन् । चार दलले दर्ता गरेको निवेदनलाई बेवास्ता गरी पूर्वनियोजित निर्णय गरेर गरिएको मुख्यमन्त्री नियुक्तिप्रति विमति भएको भन्दै विज्ञप्तिमा प्रदेश प्रमुखले सामान्य शिष्टाचारसमेत ख्याल नराखी दर्ता प्रक्रियामा शङ्कास्पद विलम्ब गर्न खोज्नु निन्दनीय भएको बताइएको छ । संविधान, कानून, विधि र प्रक्रिया मिच्ने प्रवृत्तिविरुद्ध चारै राजनीतिक दलको एकताबद्ध र निरन्तर सङ्घर्ष जारी रहने विज्ञप्तिमा उल्लेख छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

वि.सं.२०८३ असार ९ मंगलवार १९:४९

काठमाडौँ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु...

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

वि.सं.२०८३ असार ९ मंगलवार १९:२८

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडालले नेकपा एमालेका उपाध्यक्ष तथा...

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

वि.सं.२०८३ असार ९ मंगलवार १३:५८

काठमाडौं । इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर...

सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

वि.सं.२०८३ असार ९ मंगलवार १३:५६

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८३/०८४ का...

पूर्वअर्थमन्त्री पौडेललाई काठमाडौं ल्याइयो, म्याद थपका लागि अदालत लगिँदै

पूर्वअर्थमन्त्री पौडेललाई काठमाडौं ल्याइयो, म्याद थपका लागि अदालत लगिँदै

वि.सं.२०८३ असार ९ मंगलवार १३:२५

काठमाडौं । शंकास्पद सम्पत्तिको स्रोत र सेयर कारोबारसम्बन्धी अनुसन्धानका क्रममा...

चिया निर्यातका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन

चिया निर्यातका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन

वि.सं.२०८३ असार ९ मंगलवार ११:१२

काठमाडौं । नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएका समस्या पहिचान...