back

‘टेक एक्स, २०२४’ सप्पन्न, १० हजारभन्दा बढीले गरे अवलोकन

nactional life

काठमाडौँ । सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्शले आयोजना गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबर्ट र साइबर सुरक्षासम्बन्धी परियोजनाहरुको प्रदर्शनी ‘टेक एक्स २०२४’मा १० हजारभन्दा बढीले अवलोकन गरेका छन् ।

यही साउन १५ गतेदेखि २० गतेसम्म डिल्लीबजारस्थित कलेज परिसरमा आयोजित प्रदर्शनीमा सूचना प्रविधिमा रुचि राख्ने विद्यार्थी, अध्येयता, राजनीतिककर्मी तथा सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको कलेजले जनाएको छ ।

कलेजमा स्नातक तह दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीले निर्माण गरेका परियोजनाहरु प्रदर्शनीमा राखिएको थियो । प्रदर्शनीमा नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु हरि ढकाललगायतका विभिन्न पार्टीका राजनीतिज्ञ तथा नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक रेमश खरेललगायले अवलोकन गरेका थिए । साथै प्लस टु तह पूरा गरेका र अध्ययनरत विद्यार्थीका साथै सूचना प्रविधिका उद्यमीहरुको पनि उल्लेखय सहभागिता रहेको कलेजले जनाएको छ ।

“प्रदर्शनी सूचना प्रविधिमा रुचि राख्ने, अध्ययन गर्न चाहनेलगायतलाई लक्षित गरी सुरु गरिएको थियो, प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको छ”, कलेजका निर्देशक अमृत थापाले भने, “प्रदर्शनीमा अवलोकनकर्ताको भिडले हामीलाई हौसला मिलेको छ, प्रदर्शनी प्रविधिमा रुचि राख्नेहरुसँगै राजनीतिककर्मीहरुको सहभागिताले विशेष बनेको छ ।”

प्रदर्शनीमा सञ्चालित रोबो मेनियामा एक्सर पहिलो भयो भने दोस्र्रो स्थान डिस्ट्रक्टरले पायो । साथै तेस्रो स्थानमा बोटमाइन्ढडस् रह्यो । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ४० हजार, २० हजार र १० हजार रुपैयाँ प्राप्त गरे ।

प्रदर्शनीमा रोबोटिक डग, लाइब्रेरी तथा एयरपोर्ट म्यानेजमेन्टका लागि लक्षित गरी निर्माण गरिएका असिस्टेन्ट एआई रोबोट र गोदाम व्यवस्थापनको अर्धस्वचालित प्रविधि, विद्यार्थीहरुले पासवर्ड क्रयाकिङको विश्लेषण गर्ने रोबर्ट प्रदर्शनीमा राखिएको थियो ।

कार्यक्रमको मुख्य उद्देश्य पछिल्लो समय आइटीको क्षेत्रमा भइरहेको आमूल परिवर्तनबारे जानकारी दिनु रहेको कलेजले जनाएको छ । विद्यार्थीहरुले आइटीसम्बन्धी अध्ययनपश्चात् जीवन उपयोगी सीप विकासमा कस्तो भूमिका खेलिरहेका छन् भन्नेबारे पनि कार्यक्रममा चर्चा गरिएको कलेजका अध्यक्ष बिज्ञान श्रेष्ठले बताए ।

“आइटीको क्षेत्रमा पछिल्लो समय के–कस्ता परिवर्तन भइरहेका छन् । यही क्षेत्रमा के–के परिवर्तन गर्न सकिन्छ । आइटी अध्ययनले हाम्रो जीवनमा कस्तो भूमिका खेलिरहेको छ । र, हामीलाई आइटी अध्ययन किन जरुरी छ भन्ने जस्ता कुराको ज्ञान दिन कार्यक्रम आयोजना गरिएको थियो”, कलेज प्रमुख प्रमोद पौडेलले भने ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

टोल टोलमा फिल्म महोत्सव व्यवस्थापन गर्न २० प्रस्तावमध्ये ८ वटा स्वीकृत 

टोल टोलमा फिल्म महोत्सव व्यवस्थापन गर्न २० प्रस्तावमध्ये ८ वटा स्वीकृत 

वि.सं.२०८३ असार ३ बुधवार ०९:१९

काठमाडौं । काठमाडौं महानगरपालिकाले टोल टोलमा फिल्म महोत्सव आयोजना गर्दा...

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

वि.सं.२०८३ असार २ मंगलवार १२:२६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज...

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

वि.सं.२०८३ असार २ मंगलवार १२:१२

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय भेटघाटमा...

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

वि.सं.२०८३ असार २ मंगलवार ०८:३५

काठमाडौं । आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै छ ।...

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...