back

द टाइम्स इन्टरनेसनल कलेजले रोजगारीको ग्यारेन्टी सहितको बिबिएम र बिसिए कार्यक्रम सञ्चालन गर्ने

nactional life

काठमाडौं । डिल्लीबजार स्थित द टाइम्स इन्टरनेसनल कलेजले रोजगारीको ग्यारेन्टी सहितको बिबिएम र बिसिए कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

कलेजले दूर शिक्षाको सहयोग तथा विश्वको सबैभन्दा ठूलो अनुसन्धान संस्था तथा विश्वकै सबैभन्दा ठूलो मध्येको एक आइटी कम्पनी आइबिएमको करियर एजुकेसनसँगको सहकार्यमा बिबिएम र बिसिए कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा दिँदै आएको यस कलेजले स्वदेशमै अन्तराष्ट्रिय स्तरको शिक्षा उपलब्ध गराउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको कलेजका प्रबन्ध निर्देशक दिपक न्यौपानेले जानकारी दिए ।

विद्यार्थीलाई विश्वव्यापी रुपमा सक्षम र सफल बनाउन आवश्यक आधुनिक भौतिक पूर्वाधार सहित सञ्चालित यस कलेजको आफ्नै अत्याधुनिक र सुविधा सम्पन्न ल्याब, पुस्तकालय, छात्रावास, यातायातका साधन, क्याफ्टेरिया, खेल मैदान रहेका छन् ।

शैक्षिक क्षेत्रमा मात्र नभएर खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा समेत यस कलेजले उत्कृष्ट स्थान हासिल गर्दै आएको न्यौपानेले बताए । कलेजका विद्यार्थीहरूले शैक्षिक र पेशागत क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पाएको सफलताले यसको गुणस्तरलाई प्रमाणित गरिरहेको उनको भनाइ छ ।

विभिन्न सेमेस्टरहरूमा त्रिभुवन विश्वविद्यालयमा राष्ट्रिय रुपमै उत्कृष्ट स्थान हासिल गर्दै आइरहेको यस कलेजमा बिबिएम, बिसिए, बिए एसडब्लु, बिबिएस र एमबिएसका साथै कक्षा ११ र १२ का कक्षाहरू पनि सञ्चालन भइरहेका छन् ।

त्रिभुवन विश्वविद्यालयसँगको सम्बन्धनमा सञ्चालन गरिएका बिबिएम र बिसिएका कार्यक्रममा आइबिएमसँगको सहकार्यले विद्यार्थीहरूका लागि विश्वव्यापी अवसरहरूको ढोका खुल्ने उनले बताए । साथै विद्यार्थीहरू विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरूमा रोजगारी प्राप्त गर्न सफल हुने उनको दावी छ ।

न्यौपानेले भने, ‘सम्पूर्ण उत्तिर्ण विद्यार्थीहरूलाई रोजगारीको ग्यारन्टी छ । एकातिर त्रिविको सेमेस्टर कार्यक्रम अर्कोतिर आइबिएमको तालिम, त्यसले विद्यार्थीलाई व्यावसायिक र प्राविधिक क्षेत्रमा सफल हुन आवश्यक सीपहरूले निपूर्ण बनाउने र उद्यमशीलता समेत प्रवर्द्धन गर्छ,’ उनले भने,’जसबाट उनीहरू आफ्नै पेशा व्यवसाय सफल रुपमा सञ्चालन गर्न र विश्वका विभिन्न अन्तराष्ट्रिय कम्पनीहरूमा रोजगारीका अवसर प्राप्त गर्न सफल हुन्छन् ।’

जुनसुकै आर्थिक अवस्थाका भएपनि जेहेन्दार विद्यार्थीले यस्ता प्रभावकारी शैक्षिक कार्यक्रमबाट वञ्चित हुनु हुँदैन भन्ने कलेजको मान्यता रहेकोले यी विषय अध्ययनका लागि न्यूनतम शुल्क नै कायम गरिएको उनले बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

टोल टोलमा फिल्म महोत्सव व्यवस्थापन गर्न २० प्रस्तावमध्ये ८ वटा स्वीकृत 

टोल टोलमा फिल्म महोत्सव व्यवस्थापन गर्न २० प्रस्तावमध्ये ८ वटा स्वीकृत 

वि.सं.२०८३ असार ३ बुधवार ०९:१९

काठमाडौं । काठमाडौं महानगरपालिकाले टोल टोलमा फिल्म महोत्सव आयोजना गर्दा...

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

वि.सं.२०८३ असार २ मंगलवार १२:२६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज...

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

वि.सं.२०८३ असार २ मंगलवार १२:१२

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय भेटघाटमा...

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

वि.सं.२०८३ असार २ मंगलवार ०८:३५

काठमाडौं । आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै छ ।...

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...