back
himalayan life

एमयूमा २७ पदाधिकारी नियुक्त

काठमाडौँ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)ले खुला प्रतिष्पर्धाबाट विभिन्न १७ पदाधिकारी नियुक्त गरेको छ । लामो समयदेखि रिक्त रहेका ती पदमा विश्वविद्यालयले पहिलोपटक खुला प्रतिष्पर्धाबाट नियुक्त गरेको हो ।

विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहका अनुसार खुला प्रतिष्पर्धाबाट चार÷चार डीन तथा निर्देशक र नौ क्याम्पस प्रमुखको नियुक्त गरिएको हो । विश्वविद्यालयले पदाधिकारी छनोटका लागि लोकसेवा आयोगका तत्कालीन सदस्य बृन्दा हाडाको संयोजकत्वमा काठमाडौँ विश्वविद्यालयका पूर्वडीन प्रा डा विजय केसी र त्रिभुवन विश्वविद्यालयका पूर्वनिर्देशक प्रा डा रामेश्वर अधिकारी सदस्य रहेको तीन सदस्यीय छनोट समिति गठन गरेको थियो ।

“छनोट समितिले आवेदकले प्रस्तुत गरेको भिजन पेपर, शैक्षिक योग्यता, कार्य अनुभवसहितको आधारमा नाम सिफारिश गरेको हो”, उपकुलपति सिंहले भने, “समितिको सिफारिशलाई कार्यकारी परिषद्को बैठकले अनुमोदन गर्यो ।” नियुक्त गर्ने अधिकार उपकुलपतिलाई भए पनि आफूले सक्षम व्यक्तिलाई अवसर दिन खुला र पारदर्शी नियुक्ति प्रक्रिया अघि बढाएको उनले बताए । परिषद्को बैठक यही वैशाख १८ गते बसेको थियो ।

विश्वविद्यालयले व्यवस्थापन सङ्काय डीनमा प्रा डा दीपबहादुर रावल, मानविकी तथा सामाजिकशास्त्र सङ्काय डीनमा सहप्राध्यापक डा लीलाधर तिवारी, विज्ञान तथा प्रविधि सङ्काय डीनमा डा सुदीप ठकुरी र कृषि तथा वन विज्ञान सङ्काय डीनमा डा विमलकुमार कर्णलाई नियुक्त गरेको छ ।

त्यस्तै योजना विकास अनुगमन निर्देशनालय निर्देशकमा प्रा डा चन्द्रप्रकाश रिजाल, पाठ्यक्रम विकास निर्देशनालय निर्देशकमा वीरबहादुर पौडेल, अनुसन्धान निर्देशनालय निर्देशकमा प्रा डा विनयकुमार मिश्र र अनुसन्धान तथा विकास केन्द्रको कार्यकारी निर्देशकमा प्रा डा सुधन झा नियुक्त भएका हुन् ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयअन्तर्गतका नौ आङ्गिक क्याम्पसमा पनि प्रमुख नियुक्त गरिएको छ । जलजला बहुमुखी क्याम्पस रोल्पाको प्रमुखमा खिमबहादुर खड्का, मुसीकोट खलङ्गा बहुमुखी क्याम्पस रुकुम पश्चिमको प्रमुखमा बुद्धिप्रसाद गौतम, भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोटको प्रमुखमा बलबहादुर भण्डारी, भेरी बहुमुखी क्याम्पस गुमीको प्रमुखमा तुलबहादुर राना र विद्यापुर जनता बहुमुखी विद्यापुरको प्रमुखमा तीर्थबहादुर शाही नियुक्त भएका छन् ।

यस्तै बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको प्रमुखमा दानबहादुर हमाल, बबई बहुमुखी क्याम्पस बर्दियाको प्रमुखमा यदुप्रसाद गौतम, नारायण बहुमुखी क्याम्पस दैलेखको प्रमुखमा नरबहादुर शाही र रारा बहुमुखी क्याम्पस मुगुको प्रमुखमा सुशीलकुमार भाम नियुक्त भएका हुन्।

नवनियुक्त पदाधिकारीलाई आगामी जेठ १ गतेदेखि काममा खटाउने विश्वविद्यालय प्रशासनको तयारी छ । विश्वविद्यालयले यसअघि खुला प्रतिष्पर्धाबाट रजिष्ट्रार नियुक्त गरेको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

वि.सं.२०८३ असार ९ मंगलवार १९:४९

काठमाडौँ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु...

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

वि.सं.२०८३ असार ९ मंगलवार १९:२८

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडालले नेकपा एमालेका उपाध्यक्ष तथा...

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

वि.सं.२०८३ असार ९ मंगलवार १३:५८

काठमाडौं । इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर...

सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

वि.सं.२०८३ असार ९ मंगलवार १३:५६

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८३/०८४ का...

पूर्वअर्थमन्त्री पौडेललाई काठमाडौं ल्याइयो, म्याद थपका लागि अदालत लगिँदै

पूर्वअर्थमन्त्री पौडेललाई काठमाडौं ल्याइयो, म्याद थपका लागि अदालत लगिँदै

वि.सं.२०८३ असार ९ मंगलवार १३:२५

काठमाडौं । शंकास्पद सम्पत्तिको स्रोत र सेयर कारोबारसम्बन्धी अनुसन्धानका क्रममा...