back
nactional

संसद् भवन निर्माणमा भएको ढिलाइप्रति उपप्रधानमन्त्री सिंह असन्तुष्ट, समयावधिभित्रै काम सक्न निर्देशन

काठमाडौँ । उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले संसद् भवन निर्माणको गति सुस्त देखिएको भन्दै चासो व्यक्त गरेका छन् ।

काम गति सुस्त भएको गुनासो पछि आज निरीक्षणमा पुगेका उपप्रधानमन्त्री सिंहले सिफ्ट बढाएर भए पनि बाँकी रहेको काम ९ महिनाको समयावधिभित्र सक्न निर्देशन दिए। त्यसका लागि आवश्यक सहजीकरण गर्न मन्त्रालय तयार रहेको भन्दै उनले काम समयमै सक्नुपर्नेमा जोड दिए ।‘समयमा भवन निर्माणको काम सम्पन्न गर्न के समस्या छ ? मन्त्रालयले के सहजीकरण गर्नुपर्छ ? मन्त्रालय तयार छ । काम छिटो हुनुपर्यो । दोहोरो, तेहरो सिफ्टमा काम गरेर भए पनि बाँकी रहेको समयावधि ९ महिनामा बाँकी सबै काम काम सक्नुपर्‍यो,’ उपप्रधानमन्त्री सिंहले निरीक्षणपछि भने ।

निर्माण सम्झौता अनुसार आगामी नौ महिनामा काम सम्पन्न गर्नुपर्ने भए पनि ठेकदार कम्पनीले काममा गति दिएको देखिएको छैन । सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले कम्तीमा दुई सिफ्टमा काम गर्न ठेकदार कम्पनीलाई निर्देशन दिए पनि हाल एक सिफ्टमा मात्रै काम भइरहेको बताए । प्रतिदिन ७ सय जनाले काम गर्नुपर्नेमा एक डेढ सयले काम गरेपछि निर्माणमा ढिलाइ भएको हो । उनले भने, ‘श्रमिकको सङ्ख्या पुगेन । कन्ट्राक्टरलाई अहिलेसम्म काममा भइरहेको ढिलाइ कसरी पूर्ति गर्नुहुन्छ भनेर हामी छलफल गरिरहेका छौँ । यसको समाधान गर्छौं ।’

सिंहदरबार परिसरमा सङ्घीय सांसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लक सहितको भव्य भवन निर्माणको काम भइरहेको छ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अवैध बाटोबाट विदेश गएकाको उद्धारमा जटिल, १२ लाखको सीमा राखेर कार्यविधि बन्दै

अवैध बाटोबाट विदेश गएकाको उद्धारमा जटिल, १२ लाखको सीमा राखेर कार्यविधि बन्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १८:२५

काठमाडौं । अवैध बाटोबाट विदेश गएर अलपत्र परेका वा ज्यान...

तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नर्भिकमा सफलतापूर्वक निकालियो

तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नर्भिकमा सफलतापूर्वक निकालियो

वि.सं.२०८३ भदौ २ मंगलवार १८:२२

काठमाडौं । नर्भिक इनटरनेशनल हस्पिटलमा तीन महिनाका बालकको पेटमा अड्किएको...

गोल्छा ग्रुपद्वारा ‘ग्लोकल टिन हिरो नेपाल २०२६’ का शीर्ष ६ फाइनालिस्ट घोषणा: नेपालसहित पाँच दक्षिण एसियाली देशमा विस्तार

गोल्छा ग्रुपद्वारा ‘ग्लोकल टिन हिरो नेपाल २०२६’ का शीर्ष ६ फाइनालिस्ट घोषणा: नेपालसहित पाँच दक्षिण एसियाली देशमा विस्तार

वि.सं.२०८३ भदौ २ मंगलवार १८:१७

काठमाडौं । किशोरकिशोरीहरूको प्रतिभा, नेतृत्व क्षमता र सामाजिक प्रभावलाई सम्मान...

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, मूल्य कति ?

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, मूल्य कति ?

वि.सं.२०८३ भदौ २ मंगलवार १४:०४

काठमाडौं । शाओमीले नेपालमा रेडमी १७ सिरिज अन्तर्गत रेडमी १७...

ई–कमर्स व्यवसायी अनिवार्य रुपमा विभागमा सूचीकृत हुनुपर्ने

ई–कमर्स व्यवसायी अनिवार्य रुपमा विभागमा सूचीकृत हुनुपर्ने

वि.सं.२०८३ भदौ २ मंगलवार ११:३६

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विद्युतीय माध्यम...

कति छ आज सुनचाँदीको भाउ ?

कति छ आज सुनचाँदीको भाउ ?

वि.सं.२०८३ भदौ २ मंगलवार ११:२५

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ...