back

नेपाल लाइफको नाफामा ८ दशमलव ३६ प्रतिशतको वृद्धी, सबै सूचक सन्तोषजनक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद खुद नाफा ८.३६ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीले चैत मसान्तसम्म ५० करोड ६६ लाख ६८ हजार रुपैयाँ आर्जन गरेको हो । गत वर्षको सोहि अवधिमा कम्पनीले खुद नाफा ४६ करोड ७५ लाख ७६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि राम्रो देखिएको छ । कम्पनीको खुद विमा शुल्क ३५.४९ प्रतिशतले बढेर २४ अर्ब ९५ करोड ६० लाख ६३ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले खुद बीमा शुल्क १८ अर्ब ४१ करोड ८७ लाख ७८ हजार रुपैयाँ आर्जन गरेको थियो ।
त्यस्तै, यस अवधिमा कम्पनीको चुक्ता पूँजी ३१ प्रतिशतले बढेर ७ अर्ब १९ करोड ९९ लाख ७० हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब ४९ करोड ६१ लाख ६० हजार रुपैयाँ रहेको थियो । त्यस्तै, यस अवधिमा कम्नीको जगेडा कोष ५८.८८ प्रतिशतले ऋणात्मक रहेर १ अर्ब १२ करोड ३४ लाख ३६ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जगेडा कोष २ अर्ब ७३ करोड २१ लाख ७३ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै, यस अवधिमा कम्पनीको जीवन बीमा कोष ३२.२५ प्रतिशतले बढेर १ खर्ब ७ अर्ब ६१ करोड ७७ लाख २४ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोष ८१ अर्ब ३७ करोड ६६ लाख ६६ हजार रुपैयाँ रहेको थियो ।
यस अवधिमा कम्पनको दिर्घकालिन क्षेत्रमा लगानी १६.१७ प्रतिशतले बढेर ५० अर्ब ३३ करोड १ लाख ८८ हजार रुपैयाँ रहेको छ । कम्पनीको कर्जा लगानी आम्दानी ३३।४० प्रतिशतले बढेर ५ अर्ब ४८ करोड ८ लाख ५९ हजार रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी गत आर्थिक बर्षको यस अवधिमा ११ रुपैयाँ ३४ पैसा रहेकोमा यस बर्ष भने घटेर ९ रुपैयाँ ३८ पैसा रहेको छ । कम्पनीको यस अवधिमा खुद दाबी भुक्तानी ४०.५२ प्रतिशतले बढेर ७ अर्ब २९ करोड ७४ लाख ७४ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ५ अर्ब १९ करोड ३० लाख ५८ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

वि.सं.२०८३ साउन १७ आइतवार ११:५१

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

वि.सं.२०८३ साउन १७ आइतवार ०८:४१

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ साउन १७ आइतवार ०८:३५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ साउन १७ आइतवार ०८:३३

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा ५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा ५० लाख दाबी भुक्तानी

वि.सं.२०८३ साउन १५ शुक्रवार १९:०७

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधा...

खल्तीबाट डिम्याट–मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट–मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:५८

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले डिम्याट तथा मेरोशेयर...