पेट्रोलियम पदार्थको मूल्य घट्यो , प्रतिलिटर कुनको कति ?
वि.सं.२०८१ जेठ १८ शुक्रवार
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
शनिबारदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।
हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ । भारतबाट घटेर आएसँगै नेपालमा पनि घटाइएको हो ।
यससँगै अब पेट्रोल प्रतिलिटर पहिलो १६५, दोस्रो वर्गमा १६७ र तेस्रो वर्गमा (काठमाडौं) १६८ रुपैयाँ प्रतिलिटर हुनेछ ।
त्यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर पहिलो वर्गमा १५०, दोस्रो वर्गमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ पुगेको छ ।
प्रकाशित समय : २३:३९ बजे





















