back

ट यथार्थपरक र संयमित बजेट : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आगामी आर्थिक बर्ष २०८१/ ८२ बजेट यथार्थपरक र संयमित भएको बताएका छन् । बीहिबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटमा समावेश भएका विषयहरूमा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

कृषि, पर्यटन लगायतमा बजेटले राम्रा कार्यक्रम ल्याउनु सकरात्मक पक्ष भएको उनले बताए । यद्यपि, अर्थतन्त्रलाई चलायमान बनाउनका लागि बजेटको कार्यान्वयन चुनौतिपूर्ण रहेको उनको भनाइ छ ।

यस्तै, उनले आन्तरिक राजस्वमा भने समस्या भएको बताए । भूतप्रभावि करको दायित्वको दवाव परिरहेकाले यसतर्फ ध्यान दिनुपर्नेमा उनले बताए । यस्ता नीतिले व्यवसायी आतंकित भइरहेको अवस्थामा अर्थतन्त्र सुध्रन नसक्ने उनको भनाइ छ ।

एकातर्फ स्रोत बढाउने लक्ष्य लिने तर आर्थिक शिथिलता ल्याउने बजेट ल्याउँदा तालमेल नमिल्ने उनले बताए । साथै, राज्यले मालवस्तुको मूल्यांकन गर्नेतर्फ जान नहुने पनि उनको भनाइ छ ।

यस्तै, आन्तरिक ऋण धेरै उठाउँदा बजारमा तरलता अभावको जोखिम पनि बढ्ने  पनि उनले बताए । अनुत्पादक क्षेत्रमा रहेको बजेट कटौती गरेर उत्पादन क्षेत्रमा बजेट बिनियोजन गर्ने अभ्यास गर्नूपर्ने उनले बताए ।

बजेटमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य सामान्य अवस्थामा कम भएपनि अर्थतन्त्र चलायमान बनाएर लक्ष्य पूरा गर्न चुनौतिपूर्ण हुने उनी बताउँछन् । आर्थिक बृद्धिको उक्त लक्ष्य प्राप्ती गर्न निजी क्षेत्रतर्फको कर्जा प्रवाह १५ प्रतिशतसम्मले बढ्नुपर्ने उनको भनाइ छ ।

‘अहिले कर्जा प्रवाह ५ प्रतिशत हारहारीमा बृद्धि भएको छ । यो अवस्थामा आर्थिक बृद्धि धेरै हुँदैन । तसर्थ, लक्षित आर्थिक बृद्धि हासिल गर्न कर्जाको बृद्धिदर १५ प्रतिशतसम्म् हुनुपर्छ । त्यसको लागि ब्याजदर कम हुनुपर्छ,’ उनले बताए । यसैगरि कर्जा प्रवाह बढाउन वित्तीय पहुँच बढाउने गरि आगामी आवको मौद्रिक नीति ल्याउनुपर्ने उनको भनाइ छ ।

यस्तै, पुँजीगत खर्च गर्नमा उच्च प्राथमिकता दिनुपर्ने उनी बताउँछन् । आगामी आवलाई सूचना प्रविधिको दशक, आलुप्याजको मूल्यअभिवृद्धि कर हटाउने निर्णय लिनु सकारात्मक भएको उनी बताउँछन् । यस्तै विद्युत प्रणारण लाइन र वितरणमा निजी क्षेत्रको सहभागीता गराउने उद्देश्य राम्रो भएको उनले बताए ।  तर, विद्यत् व्यापारमा निजी क्षेत्रलाई खुला गर्ने नीति नआउनु दुःखद पक्ष भएको उनले बताए ।

यस्तै, आयकरको छुटको सीमा नबढाउनु पनि दुःखत पक्ष भएको उनले बताए । अहिले भारतको तुलनामा हेर्दा धेरै न्यूनमा रहेको भन्दै उनले यसतर्फ विचार गर्नुपर्नेमा उनले जोड दिए ।

उनले निजी क्षेत्रप्रति अर्थमन्त्री एवम् सरकारले विश्वास गरेकोमा खुशी व्यक्त गरे । उनले विगतमा खेलकुद प्रयोजनमा गरिएको खर्च कर कार्यालयले मान्दै नमानेको अवस्थामा अहिले खर्च मान्ने नीति निकै राम्रो भएको बताए ।

nactional life
Corporatebazar 11 Anniversary

नेपाल राष्ट्र बैंकद्वारा कर्मचारी सुरक्षण कोषको ६५ करोड मुद्दती निक्षेपमा लगानी: कस्ता संस्थाले पाउँछन् रकम?

नेपाल राष्ट्र बैंकद्वारा कर्मचारी सुरक्षण कोषको ६५ करोड मुद्दती निक्षेपमा लगानी: कस्ता संस्थाले पाउँछन् रकम?

वि.सं.२०८३ वैशाख २९ मंगलवार १६:१२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो आन्तरिक कोष व्यवस्थापन अन्तर्गत...

अर्थमन्त्री वाग्लेको गम्भीर खुलासा: ‘१६ अर्बको अपचलन र इन्साइडर ट्रेडिङमार्फत केही समूहले राजनीतिक संस्था नै कब्जा गरे’

अर्थमन्त्री वाग्लेको गम्भीर खुलासा: ‘१६ अर्बको अपचलन र इन्साइडर ट्रेडिङमार्फत केही समूहले राजनीतिक संस्था नै कब्जा गरे’

वि.सं.२०८३ वैशाख २९ मंगलवार १६:०१

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पुँजी बजार र...

अतिरञ्जित बजेटको अभ्यास अन्त्य गर्नुपर्छ : अर्थमन्त्री डा.वाग्ले

अतिरञ्जित बजेटको अभ्यास अन्त्य गर्नुपर्छ : अर्थमन्त्री डा.वाग्ले

वि.सं.२०८३ वैशाख २९ मंगलवार १३:५३

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक नीति तथा कानुनी सुधारलाई...

पुँजी बजारमा १५–१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप

पुँजी बजारमा १५–१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप

वि.सं.२०८३ वैशाख २९ मंगलवार १३:५१

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजी बजारमा सीमित समूहले जनताको...

“नयाँ जनादेश, नयाँ संकल्प: १० वर्षमा आर्थिक कायापलट गर्ने सरकारको योजना” (पूर्णपाठ)

“नयाँ जनादेश, नयाँ संकल्प: १० वर्षमा आर्थिक कायापलट गर्ने सरकारको योजना” (पूर्णपाठ)

वि.सं.२०८३ वैशाख २८ सोमवार १८:१७

काठमाडौँ । सरकारले आगामी एक दशकलाई ‘आर्थिक रूपान्तरणको दशक’ घोषणा...

अन्तर्राष्ट्रिय मापदण्डमा जाँदै नेपाली पूँजी बजार: धितोपत्र नियमन र नेप्सेमा व्यापक हेरफेरको तयारी

अन्तर्राष्ट्रिय मापदण्डमा जाँदै नेपाली पूँजी बजार: धितोपत्र नियमन र नेप्सेमा व्यापक हेरफेरको तयारी

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:०३

काठमाडौं । नेपालको पूँजी बजारलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यका साथ...