back

विभिन्न स्वादमा तत्व फार्मस्का ‘सक्खर’ बजारमा, यस्ता छन् सक्खर (गुंड)का फाइदा

काठमाडौँ । केही दशक अगाडिसम्म परम्परागत रुपमा हरेक नेपाली भान्सामा गुलियोका लागि प्रयोग गरिने र हाल झण्डै लोप भइसकेको मौलिक एवं औषधीय गुणयुक्त सक्खर (ज्यागरी)लाई तत्व फार्मस्ले विभिन्न ‘फ्लेवर’मा बजारमा उपलब्ध गराएको छ ।

सक्खर शब्द अरबी शब्दबाट उत्पत्ति भएको हो । भारत र नेपालको तराई भेगमा यसलाई गुंड शब्दले चिन्ने गरिन्छ । आयुर्वेदिक चिकित्सामा सक्खरको महत्त्व उच्च छ ।

गुलियोका रुपमा र औषधीय गुणका हिसाबले प्रयोग हुने सक्खर बहुउपयोगी खाद्य पदार्थ हो । यो उखुको रस पकाएर बनाइन्छ ।

कम्पनीका उत्पादनमा ओरिजिनल ज्यागरी पाउडर, सिनेमन ज्यागरी पाउडर, स्याफ्रोन ज्यागरी पाउडर, मसला टि ज्यागरी पाउडर, टर्मरिक ज्यागरी पाउडर, ब्ल्याक पेपर ज्यागरी पाउडर र जिञ्जर ज्यागरी पाउडर छन् । जसलाई स्वाद र उपयोगिताअनुसार उपभोग गर्न सकिन्छ ।

 

परम्परागत उत्पादन ओरिजिनल ज्यागरी पाउडरलाई दूध वा तातो पानीसँग दुई,तीन चम्चा दैनिक खान सकिन्छ ।

त्यति मात्रै होइन, चिया, सिरियल, मिठाई, हलुवा र खिरमा पनि प्रयोग गर्न सकिन्छ । खानापछि स्वीट्नरका रुपमा पनि यसलाई लिन सकिन्छ । चियाका पारखीले ‘मसला टी ज्यागरी पाउडर’ प्रयोग गर्न सक्छन् ।

विहानको चियादेखि राति सुत्नुअघि पिउने दूधसम्मका लागि तत्वले प्रडक्ट तयार पारेकोछ । तत्व फार्मस्का  संस्थापक हिमांशु त्रिपाठीका अनुसार तत्वका विभिन्न फ्लेवरका सक्खरको पाउडरलाई घिउ, दही मात्रै होइन रोटी र भातसँग पनि खान सकिन्छ भने बेकरी, मिठाईलगायतमा गुलियो प्रयोग हुने हरेक खानामा प्रयोग गर्न सकिन्छ ।

हाल तत्वका उत्पादन काठमाडौँ उपत्यका, पूर्वका विभिन्न सहरका साथै पश्चिममा पोखरा, भैरहवा, नारायणघाट, बुटवल, नेपालगञ्जलगायतका सहरको भाटभटेनी, सेल्सवेरी, बिगमार्टलगायत विभिन्न ग्रोसरी आउटलेटमा उपलब्ध छ । साथै दराजमार्फत् अनलाइन अर्डर गरी नेपालभर घर तथा अफिसमै डेलिभरी मगाउन सकिन्छ ।

‘हाल सक्खर पाउडर तीन सय ग्राम र छ सय ग्राम गरी दुई वटा प्याकेजमा उपलब्ध छु’, त्रिपाठी भन्छ्न्, ‘ओरिजिनल ज्यागरी पाउडरको तीन सय ग्रामको एक सय ७५ रुपैयाँ र छ सय ग्रामको तीन सय २५ रुपैयाँ तोकिएको छ । अन्य फ्लेवरको भने स्वादअनुसार फरक–फरक मूल्य छ ।’

आगामी दिनमा उत्पादन बढाइ मूल्य पनि कम गर्ने कम्पनीको योजना छ । नवलपरासीको प्रतापपुरमा उद्योग रहेको तत्वमा अहिले करिब दुई सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने चार सय उखु किसानका परिवार लाभान्वित छन् ।

बैंकबाट ऋणसमेत गरी २५ करोड रुपैयाँ लगानी गरेर उद्योग स्थापना गरी उत्पादन सुरु गरेको त्रिपाठीले बताए । ‘बालबालिकादेखि वृद्धसम्मले सहजै सेवन गर्न मिल्ने र स्वास्थ्यका लागि चिनीले जस्तो कुनै पनि असर नगर्ने भएकाले धेरै नेपाली भान्सामा परम्परागत स्वीटनर सक्खर छिट्टै कमब्याक हुने  विश्वास लिएको छु’, त्रिपाठी भन्छन्, ‘कम्पनीका उत्पादनमा प्रयोगकर्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै कुनै पनि केमिकलको प्रयोग गरिएको छैन ।’

सक्खर (गुंड)का फाइदा

कतिपय अवस्थामा आयुर्वेदिक चिकित्सकहरु विभिन्न रोग लागेका बिरामी निको पार्नका लागि समेत सक्खरको प्रयोग गर्ने गरेको पाइन्छ ।

एन्टिअक्सिडेन्ट गुण भएको, रोग प्रतिरोधात्मक शक्तिबद्र्धक, उच्च पोषणयुक्त, श्वासप्रश्वास र हाडजोर्नी रोगबाट बचाउने विशेषता भएको सक्खर चिनीको उत्तम विकल्प हो ।

सक्खरले शरीरमा रगत सफा गर्छ साथै यो शरीरमा आइरन (फलाम)को स्रोत पनि हो । त्यसैले एनिमियाका बिरामी र महिलाका लागि यसको सेवन एकदम उपयोगी मानिन्छ ।

खानापछि गुलियो परिकार मन पराउनेले ‘डिजर्ट’का रुपमा सक्खर खाँदा पाचन समेत राम्रो हुन्छ । छाला स्वस्थ्य राख्ने र चमक बढाउने सक्खरले चिसो र कफबाट बच्न पनि मद्दत गर्छ ।

थकित र कमजोर महसुस भएको बेला शरीरको ऊर्जाका लागि सक्खरको प्रयोग गर्न सकिन्छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...