back

लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था समस्याग्रस्त घोषणा

काठमाडौं । ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड समस्याग्रस्त घोषणा भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले २९ फागुनमा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।

सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने यस सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य, मान्यताको विपरित कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको सम्बन्धमा कारवाही हुँदा सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को देहाय खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेको देखिएकोले सहकारी विभागका रजिष्ट्रारको प्रस्ताव सहितको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

समस्यग्रस्त घोषणा गरिएको यस सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न सोही ऐनको दफा १०५ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको मन्त्रालयले जनाएको छ ।

सहकारी विभागले गरेको स्वतन्त्र अनुगमनमा जनताको बचत दुरूपयोग गरी सञ्चालकहरूको नाममा खुलेका विभिन्न निजी कम्पनीमा लगानी गरेको र निक्षेप फिर्ता नगरेको पाइएपछि किन समस्याग्रस्त घोषणा नगर्ने भनेर १५ माघमा स्पष्टीकरण सोधेको थियो ।तर, सहकारीले चित्तबुझ्दो जवाफ नदिएपछि विभागले समस्याग्रस्त घोषणा गर्न मन्त्रालयमा सिफारिस गरेको थियो ।

सहकारीमा धेरै किसिमका कमजोरी पाइएको र बचत फिर्ता गर्ने स्पष्ट खाकासमेत पेस नगरेपछि सहकारीलाई समस्याग्रस्त घोषणाको तयारी गरिएको थियो ।

सहकारीमा बचतकर्ताको उजुरी बढ्दै गएपछि विभागले दीपकराज पोखरेलको संयोजकत्वमा स्वतन्त्र अनुगमन गरेको थियो । अनुगमन टोलीले ३० असोजमा प्रतिवेदन पेस गर्दै संस्थामा सेयर सदस्यलाई हानि पुग्ने विभिन्न गतिविधि भइरहेका कैफियत फेला पारेको उल्लेख गरेको थियो ।

बचतकर्ताले सहकारीमा जम्मा गरेको रकम दुरुपयोग गरी लालीगुराँसका प्रमुख कार्यकारी अधिकृत तथा सचिव सुरेन्द्र भण्डारीलगायत सञ्चालकले निजी व्यवसाय सञ्चालन गरिरहेका छन् ।

उनीहरुले बचतकर्ताको बचत दुरुपयोग गरी लालीगुराँस हस्पिटल प्रालि, श्री लालीगुराँस राष्ट्रिय उच्च मावि तथा कलेज प्रालि, जय लालीगुराँस इन्भेस्टमेन्ट एन्ड ट्रेडिङ कम्पनी प्रालि, भैरवकुन्ड हाइड्रोपावर प्रालि, श्री लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर, श्री लालीगुराँस डेरी प्रोसेसिङ उद्योग, श्री लालीगुराँस एजुकेसन फाउन्डेसन प्रालि, श्री लालीगुराँस जनस्वास्थ्य कोअपरेटिभ लिमिटेडलगायत सञ्चालन गरेका छन् ।

संस्थाले २१औं वार्षिक प्रतिवेदनमा त लालीगुराँस हस्पिटल प्रालि, श्री लालीगुराँस एजुकेसन फाउन्डेसन प्रालि, जय लालीगुराँस इन्भेस्टमेन्ट एन्ड ट्रेडिङ कम्पनी प्रालि, भैरवकुण्ड हाइड्रोपावर लिमिटेड र वेब प्रोडक्सन प्रालिमा सेयर लगानी रहेको उल्लेख गरेको छ । जबकि सहकारी संस्थाले निजी कम्पनीमा लगानी गर्न पाउँदैन ।

 

 

nactional life
Corporatebazar 11 Anniversary

प्याकेजमा आधारित उत्पादन प्रणाली मार्फत कृषि आधुनिकीकरण गर्ने सरकारको घोषणा

प्याकेजमा आधारित उत्पादन प्रणाली मार्फत कृषि आधुनिकीकरण गर्ने सरकारको घोषणा

वि.सं.२०८३ वैशाख २९ मंगलवार १५:४१

काठमाडौं । सरकारले कृषि क्षेत्रको उत्पादन वृद्धि, लागत न्यूनीकरण र...

समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक

समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक

वि.सं.२०८३ वैशाख २४ बिहीवार १०:४७

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको...

तरकारीमा अत्यधिक बिषादी भेटिएपछि कडाई

तरकारीमा अत्यधिक बिषादी भेटिएपछि कडाई

वि.सं.२०८३ वैशाख २३ बुधवार १६:२०

सुर्खेत । वीरेन्द्रनगरमा अत्यधिक बिषादी प्रयोग गरिएका तरकारीहरु भित्रिएपछि नगरपालिकाले...

सहकारी नियमनमा नयाँ मोड: दर्ता नभएका संस्थालाई समयावधि तोक्ने अधिकार प्राधिकरणलाई

सहकारी नियमनमा नयाँ मोड: दर्ता नभएका संस्थालाई समयावधि तोक्ने अधिकार प्राधिकरणलाई

वि.सं.२०८३ वैशाख २१ सोमवार २०:३२

काठमाडौं । सरकारले अध्यादेशमार्फत सहकारी ऐन २०७४ मा संशोधन गरेपछि...

इन्धन र डलरको दोहोरो दबाब: भान्छा महँगिँदा तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि

इन्धन र डलरको दोहोरो दबाब: भान्छा महँगिँदा तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि

वि.सं.२०८३ वैशाख १३ आइतवार १८:४६

काठमाडौँ । नेपाली उपभोक्ताका लागि बितेको चैत महिना महँगीको निकै...

सहकारी ठगको सम्पत्ति जफत गरी बचत फिर्ता गरिने: ‘चक्रीय कोष’ मार्फत साना बचतकर्तालाई प्राथमिकता

सहकारी ठगको सम्पत्ति जफत गरी बचत फिर्ता गरिने: ‘चक्रीय कोष’ मार्फत साना बचतकर्तालाई प्राथमिकता

वि.सं.२०८३ वैशाख १३ आइतवार १६:४५

काठमाडौं । सहकारीको बचत अपचलन गरी फरार रहेका वा दायित्व...