back

अडानी समूहले विमानस्थल व्यवसायमा थप ६ खर्ब लगानी गर्ने (पूरा योजना सहित)

nactional life

काठमाडौं । भारतीय व्यावसायिक घराना अडानी समूहले विमानस्थल (एयरपोर्ट) व्यवसायमा वृहत् लगानी गर्ने योजना बनाएको छ ।

आगामी १० वर्षमा अर्बपति व्यवसायी गौतम अडानीको नेतृत्वमा रहेको समूहले एयरपोर्टसँग सम्बन्धित व्यवसाय विस्तार गर्न ६ खर्ब रुपैयाँ लगानी गर्ने योजना बनाएको छ ।

समूहले भारतमा सञ्चालित सात विमानस्थलको आम्दानी थप वृद्धि गर्न यो ठूलो लगानी गर्न लागेको बताइएको छ ।

यो रकमको करिब आधा अर्थात् ३ खर्ब पाँच वर्षमा विमानस्थल टर्मिनल र धावनमार्ग सुधार गर्न खर्च हुनेछ ।

बाँकी ३ खर्ब रुपैयाँ आगामी १० वर्षमा विमानस्थल वरिपरिका सहरहरूमा पूर्वाधार विकास गर्न प्रयोग गरिने छ । समूहले कुल ६ खर्ब रुपैयाँ खर्च गर्ने योजना बनाएको छ ।

यद्यपि, न्यु मुम्बई एयरपोर्टको पहिलो चरणका लागि पहिले नै विनियोजन गरिएको १८ खर्ब रुपैयाँ योबाट अलग छ ।

यो विमानस्थल मार्च २०२५ सम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । अडानी एयरपोर्ट होल्डिङ्स लिमिटेड (एएएचएल) का प्रमुख कार्यकारी अधिकृत अरुण बंशलले कम्पनीले आफ्नो नाफाबाट यो परियोजना सम्पन्न गर्ने बताए ।

लखनऊ एयरपोर्टको नयाँ टर्मिनलको प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेपछि भारतीय सञ्चारकर्मीसँग कुरा गर्दै अरुण बंशलले भने, ‘यो ठूलो रकम हो, तर अडानी इन्टरप्राइजेज लिमिटेड (एईएल) ले आफ्नो नाफाबाट यसलाई पूरा गर्न मद्दत गर्नेछ । हामी अझै प्रारम्भिक चरणमा छौं र अदानी इन्टरप्राइजेज लिमिटेड हाम्रो मूल कम्पनी हो, त्यसले नै फन्डिङ गर्ने छ ।’

हाल देशका ६ विमानस्थल अडानी समूहको व्यवस्थापनमा छन् । ती विमानस्थलमा लखनऊ, अहमदाबाद, जयपुर, गुवाहाटी, तिरुवनन्थपुरम र मंगलुरु पर्छन् ।

सन् २०२१ मा जीवेके ग्रुपबाट मुम्बई एयरपोर्ट लिएर न्यु मुम्बई एयरपोर्ट खरिद गरेपछि यो संख्या बढेर सात पुगेको छ ।

सन् २०४० सम्ममा विमानस्थलको यात्रु क्षमता २५ देखि ३० करोड हुने अनुमान छ । यो समाचार एजेन्सीको सहयोगमा तयार भयको हो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मध्यम व्यवसायी जोगाउन नसके अर्थतन्त्र नै संकटमा पर्छ : लिलाबल्लभ दाहाल

मध्यम व्यवसायी जोगाउन नसके अर्थतन्त्र नै संकटमा पर्छ : लिलाबल्लभ दाहाल

वि.सं.२०८३ जेठ १२ मंगलवार १७:४९

काठमाडौं । पर्यटन व्यवसायी तथा युवा उद्यमी लिलाबल्लभ दाहाल ले...

आगामी बजेटको पूर्वसन्ध्यामा व्यवसायीको गर्जन: ‘अनुदार नीति र क्रिमिनल माइन्डसेट अन्त्य गर, करको भार घटाउ’

आगामी बजेटको पूर्वसन्ध्यामा व्यवसायीको गर्जन: ‘अनुदार नीति र क्रिमिनल माइन्डसेट अन्त्य गर, करको भार घटाउ’

वि.सं.२०८३ जेठ १२ मंगलवार १७:३१

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको पूर्वसन्ध्यामा...

निजी क्षेत्रमाथि नियन्त्रण बढाउँदा अर्थतन्त्र संकटमा पर्छ : अर्थविद गोपीलाल न्यौपाने

निजी क्षेत्रमाथि नियन्त्रण बढाउँदा अर्थतन्त्र संकटमा पर्छ : अर्थविद गोपीलाल न्यौपाने

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:३०

काठमाडौं । अर्थविद् डा. गोपीलाल न्यौपानेले वर्तमान सरकार तथा काठमाडौं...

स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ

स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कुल बेरुजु २३...

स्वास्थ्य बीमा कोष जोगाउन ‘हेल्थ ट्याक्स’ मोडल: सुर्ती र मदिराको कर सिधै बीमामा लैजान सांसदहरू एकमत

स्वास्थ्य बीमा कोष जोगाउन ‘हेल्थ ट्याक्स’ मोडल: सुर्ती र मदिराको कर सिधै बीमामा लैजान सांसदहरू एकमत

वि.सं.२०८३ जेठ १० आइतवार २३:३५

काठमाडौं । देशको स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा परिरहेका बेला...

सुर्ती, मदिरा र चिनीयुक्त पदार्थमा कर बढाउन माग: ‘परम्परागत शैलीले जनस्वास्थ्य सुध्रिदैन’

सुर्ती, मदिरा र चिनीयुक्त पदार्थमा कर बढाउन माग: ‘परम्परागत शैलीले जनस्वास्थ्य सुध्रिदैन’

वि.सं.२०८३ जेठ १० आइतवार २३:११

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा सुर्तीजन्य, मदिरा...