back
nactional

फिर्ता भयो आन्दोलन : दुग्ध किसानको बक्यौता २१ चैतभित्र भुक्तानी गरिसक्ने सहमति

दूध बेचेको पैसा नपाएपछि किसानहरु आन्दोलित थिए ।

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसाल समेतको उपस्थितिमा दुग्ध विकास संस्थान, डेरी उद्योग र दुग्ध किसानका प्रतिनिधिहरुबीच पाँच बुँदे सहमति भएको छ ।

सहमतिसँगै किसानहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

शनिबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा किसान प्रतिनिधिहरुसहित भएको वार्तामा किसानहरुलाई उद्योगीहरुले २१ चैत २०८० सम्म सबै बक्यौता तिरिसक्ने लगायतका सहमति भएको छ । ‘दुग्ध उत्पादक कृषकलाई दूध बिक्री गरेबाफत पाउनुपर्ने रकमलाई निरन्तरता दिई पुस मसान्तसम्मको रुकम भुक्तानी प्रत्येक उद्योगले २१ चैत ०८० सम्म गरिसक्ने,’ सहमति पत्रको पहिलो बुँदामा लेखिएको छ । दूध बेचेको पैसा नपाएपछि किसानहरु आन्दोलित थिए । उनीहरुले आन्दोलनलाई सोमबारदेखि काठमाडौंमा केन्दि्रत गर्ने घोषणा गरेका थिए ।

विभिन्न जिल्लामा दूध पोखेर विरोध जनाउँदै आएका किसानहरुमाथि परेको मर्काको विषय सांसदहरुले प्रतिनिधि सभाको बैठकमा समेत राख्ने गरेका थिए ।

यसै विषयमा केन्द्रीय दुग्ध सहकारी संघमा आबद्ध किसान प्रतिनिधि, दुग्ध विकास संस्थान -डीडीसी) डेरी उद्योगीका प्रतिनिधि, मन्त्रालयका सचिव समेतका कर्मचारीहरुबीच शनिबार वार्ता भएको थियो । वार्तामा प्रत्येक उद्योगीले सहकारीबाट खरिद गरेको दूधको परिमाण नघटाई खरिद गरिरहने, दूध तथा दुग्ध पदार्थ निर्यातका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले समन्वय गर्ने, साथै दूध तथा दुग्ध पदार्थको निर्यात प्रबर्द्धनसम्बन्धी विषय सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने, सरकारले पशुपाालक किसानहरुलाई दिइरहेको कृषि तथा पशुपंक्षी बीमा कार्यक्रमलाई निरन्तरता दिने र केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडले राखेका अन्य माग सम्बोधन गर्न पहल गर्ने सहमति भएको छ ।

वार्तामा सहभागी केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरले सहमतिसँगै आन्दोलनका कार्यक्रम स्थगित गरेको बताए । यदि दुग्ध किसानहरुको बक्यौता तिर्न आनाकानी गरे फेरि आन्दोलन सुरु गर्ने उनले चेतावनी दिए ।

वार्तामा कृषि मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेल, केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवर, डेरी एशोसिएसनका अध्यक्ष प्रह्लाद दाहाल र पूर्वअध्यक्ष सुमित केडिया, डेरी उद्योग संघका अध्यक्ष राज कुमार दाहाल र पूर्वअध्यक्ष अरनिको राजभण्डारी, राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. बालक चौधरी, पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाल, दुग्ध विकास संस्थान (डीडीसी)का उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारी लगायत सहभागी थिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कानुनी आधार तयार गरेर पीटुपी लेन्डिङ अघि बढाउने सरकारको तयारी

कानुनी आधार तयार गरेर पीटुपी लेन्डिङ अघि बढाउने सरकारको तयारी

वि.सं.२०८३ भदौ ४ बिहीवार १५:४२

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८...

रुपन्देहीमा एक वर्षमा २४ हजारभन्दा बढी राहदानी आवेदन, राजस्व झन्डै साढे ९ करोड

रुपन्देहीमा एक वर्षमा २४ हजारभन्दा बढी राहदानी आवेदन, राजस्व झन्डै साढे ९ करोड

वि.सं.२०८३ भदौ ४ बिहीवार १३:५६

भैरहवा । रुपन्देहीमा राहदानी बनाउने नागरिकको संख्या उल्लेख्य रहेको देखिएको...

अनुदान र सहुलियतपूर्ण ऋण एउटै डालोमा राख्न मिल्दैन : अर्थमन्त्री वाग्ले

अनुदान र सहुलियतपूर्ण ऋण एउटै डालोमा राख्न मिल्दैन : अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ भदौ ४ बिहीवार १३:५२

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा आउने वैदेशिक सहायता, अनुदान...

नयाँ अलैँचीले बजार पाएसंगै किसान उत्साहित

नयाँ अलैँचीले बजार पाएसंगै किसान उत्साहित

वि.सं.२०८३ भदौ ४ बिहीवार १३:४३

ताप्लेजुङ । कालो सुनको उपनामले परिचित अलैँची यस वर्ष पनि...

युवाले गाउँ छाडे, बहुउपयोगी जडिबुटी चिराइतो खेतीप्रति मोह घट्यो 

युवाले गाउँ छाडे, बहुउपयोगी जडिबुटी चिराइतो खेतीप्रति मोह घट्यो 

वि.सं.२०८३ भदौ २ मंगलवार १८:०२

ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा नगदेबालीका रूपमा रहेको चिराइतो खेती विस्तारै...

इन्टरनेट सेवा प्रदायकको २ अर्ब ९४ करोड राजस्व विवादमा सर्वोच्चद्वारा मूल मिसिल झिकाउने आदेश

इन्टरनेट सेवा प्रदायकको २ अर्ब ९४ करोड राजस्व विवादमा सर्वोच्चद्वारा मूल मिसिल झिकाउने आदेश

वि.सं.२०८३ भदौ २ मंगलवार १७:४४

काठमाडौं ।  इन्टरनेट सेवा प्रदायकबाट उठाउनुपर्ने दूरसञ्चार सेवा दस्तुरसम्बन्धी ठूलो...