back

हामी प्रतिपक्षीमात्रै होइनौँ…

सर्वप्रथम , इकोनामिक मिडिया एसोसिएसन नेपाल (इमान)ले पहिलो वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा सिंगोकार्यसमितिका तर्फबाट सम्पूर्ण इमानका सदस्य संस्था (आर्थिक मिडिया)हरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु

यस अवधिमाइमानलाई महत्वपूर्ण सहयोग गर्नु हुने नेपाल सरकार, नियामक निकायहरु, निजी क्षेत्र, गैर सरकारी संस्था साथै हामीलाई प्रत्यक्ष तथाअप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति तथा संस्थाहरुमा हार्दिक धन्यबाद व्यक्त गर्दछु

नेपालमा पत्रकारका संघसंगठनहरु धेरै छन् नेपाल पत्रकार महासंघ छाता संस्थाको रुपमा रहेको भने अन्य विधागत पत्रकारितागरिरहेकाहरु संगठित भएर धेरै संघ संगठनहरु गठन भएर पेशागत हकहितका लागि सक्रिय छन् नेपालमा पत्रकारिता विकास भएकोनिकै लामो समय भएको तर, विधागत पत्रकारिताको विकासक्रम धेरै लामो छैन विधागत पत्रकारिताको विकास हुँदै गर्दा आर्थिकपत्रकारिता एउटा महत्वपूर्ण विधाको रुपमा विकास भएको मुलुकमा भएका राजनीतिक परिवर्तनहरु पछि आर्थिक विषयले पनिनिकै महत्व पाएको हामीले देख्न सक्छौँ

पछिल्लो समय आर्थिक एजेण्डालाई प्राय सबै राजनीतिक दलहरुले विशेष प्राथमिकताका साथ उठाएका छन् एउटा विडम्वनानेपालमा विधागत पत्रकारहरुका संघसंगठनहरु धेरै हुँदा पनि विधागत मिडिया सञ्चालकहरु एकजुट हुन भने सकेका थिएनन् विधागत रुपमा सञ्चालनमा रहेका मिडियाहरुलाई एकजुट बनाएर छाता संगठनको रुपमा काम गर्ने मुल उद्देश्य बोकेर एक वर्ष अघिइकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) को जन्म भएको थियो इमान शानदार रुपमा पहिलो वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेशगरेको इमानले स्थापनाको पहिलो वर्षमा नै केही महत्वपूर्ण कामहरु गरेको जसले निजी क्षेत्र राज्य दुबैलाई महत्वपूर्णसहयोग पुगेको हामीले महशुस गरेका छौँ

एउटा चर्चित भनाइ , पत्रकारिता भनेको स्थायी प्रतिपक्ष हो हामी यो भनाइलाई पूर्ण रुपमा स्वीकार गर्दैनौँ हामी पत्रकारिता स्थायीप्रतिपक्षमात्रै होइन, उत्प्रेरक पनि हो भन्ने मान्यतालाई स्थापित गर्न चाहान्छौँ हामी राज्यका नीतिलाई निजी क्षेत्रसम्म निजी क्षेत्रकासमस्यालाई राज्यको ढोकासम्म पुर्याउनका लागि सेतुको भूमिका निर्वाह गर्दछौँ

हाम्रो उद्देश्य भनेको मुलुकको समृद्धि, सुशासन दीर्घकालिन हित हो हामी हाम्रो अर्थतन्त्रलाई वलियो बनाउनका लागि कसको तर्फबाट केके गर्न सकिन्छ भन्ने विषयमा बहस छलफलचलाउछौँ हामीले हाम्रो संस्थाको सुरुवातमा नै मुलुकको अर्थतन्त्रका वलियो बनाउन कसको तर्फबाट के गर्न सकिन्छ भनेर वृहतअन्तरक्रिया कार्यक्रम गरेका थियौँ तत्कालिन उपप्रधान तथा अर्थमन्त्री, केन्द्रीय बैंकका गभर्नर, अर्थविद्हरु, निजी क्षेत्रसँग सम्बन्धितसंघसंगठनहरु, बैंक तथा वित्तीय संस्था, बीमा, सहकारी लगायतका सम्पूर्ण स्टेक होल्डरलाई राखेर वृहत अन्तरक्रिया कार्यक्रम गरेकाथियौँ तत् पश्चात पनि इमानले सहकारी क्षेत्रका समस्याहरु पहिचान गरी समाधान गर्ने मूल उदेश्य बनाएर तत्कालि भूमी, व्यवस्था, गरिवी निवारण तथा सहकारी मन्त्री, सहकारी क्षेत्रका सम्पूर्ण स्टेक होल्डर राखेर पनि वृहत कार्यक्रम सम्पन्न गरेको थियो

इमानलेराज्यको कर नीतिबारे द्विविधा रहेका विषयमा अर्थमन्त्रालय, आन्तरिक राजश्व विभागसँग मिलेर विशेष कार्यक्रम सम्पन्न गरेको थियो इमाले एक वर्षका अवधिमा यस्ता धेरै महत्वपूर्ण कार्यक्रमहरु सम्पन्न गरिसकेको एक वर्षको अवधिमा इमानले सम्पन्न गरेकोएउटा महत्वपूर्ण काम भनेकोक्रस बोर्डर डिजिटल ट्रान्जेक्सन सम्बन्धीअध्ययन हो इमानले यस विषयमा एउटा टोलीलाई भारतकाविभिन्न सहरहरुमा पठाएर अध्ययन रिपोर्ट तयार गरेका थियो यो अध्ययन रिपोर्ट सम्माननीय प्रधानमन्त्री, अर्थमन्त्री नेपाल राष्ट्रबैंकका गभर्नरलाई हस्तान्तरण गरिएको थियो

इमानले गरेको अध्ययन दिएको सुझाव अनुसार नै सम्माननीय प्रधानमन्त्री पुष्पकमलदाहालप्रचण्डज्यूको भारत भ्रमणका क्रममा नेपालभारतबीच क्रस बोर्डर डिजिटल ट्रान्जेक्सन सम्बन्धी सम्झौता भइ हालकार्यान्वयनका लागि काम भइरहेको

इमानले स्थापनाको पहिलो वर्षमा नै धेरै महत्वपूर्ण कामहरु सम्पन्न गरेको समग्रमा पहिलो वर्ष इमानका लागि विशेष रह्यो इमानले एक वर्षको अवधिमा जेकति काम गर्यो, आगामी वर्ष त्यो भन्दा अझ धेरै कामहरु गर्ने लक्ष्य लिएर इमान अघि बढेको इमानसरकार निजी क्षेत्र दुबैसँग मिलेर काम गर्न चाहान्छ इमानले आर्थिक मिडियाको हकहितका लागि मात्रै नभएर मुलुकको अर्थतन्त्रवलियो बनाउन आवश्यक भूमिका निर्वाह गर्नेछ बहस छलफल चलाउने आगामी दिनमा समेत महत्वपूर्ण सहयोग रहने अपेक्षा सहितपहिलो वर्ष इमानलाई महत्वपूर्ण सहयोग गर्नुहुने सम्पूर्णलाई हृदयबाटै विशेष धन्यबाद दिन चाहान्छु जय इमान !
(
इकोनामिक मिडिया एसोसिएसन नेपाल (इमान)को वार्षिक प्रकाशन इमान जर्नलमा प्रकाशन भएको अध्यक्षको भनाइ)

nactional life
Corporatebazar 11 Anniversary

मे दिवसको अवसरमा सरकारलाई चेतावनी: ट्रेड युनियन खारेज गर्ने तयारीविरुद्ध आन्दोलनको आँधी आउने संकेत

मे दिवसको अवसरमा सरकारलाई चेतावनी: ट्रेड युनियन खारेज गर्ने तयारीविरुद्ध आन्दोलनको आँधी आउने संकेत

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १२:३२

काठमाडौँ ।आज मे १ अर्थात् १३७औँ विश्व मजदुर दिवस ।...

मातातीर्थ औँसी : परम्पराबाट डिजिटल अभिव्यक्तिसम्म

मातातीर्थ औँसी : परम्पराबाट डिजिटल अभिव्यक्तिसम्म

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३४

मातातीर्थ औँसी अहिले दुई फरक धारको संगममा उभिएको देखिन्छ ।...

सातै प्रदेशमा अटिजमका लागि नमुना विद्यालय: अवसर र चुनौती

सातै प्रदेशमा अटिजमका लागि नमुना विद्यालय: अवसर र चुनौती

वि.सं.२०८२ चैत २५ बुधवार ११:०७

परम्परागत विद्यालय प्रणालीमा समेट्न कठिन हुने भएकाले विशेष शिक्षण विधि,...

बढ्दो अटिजम, सीमित तयारी : सरकारी योजना र नीति कमजोर

बढ्दो अटिजम, सीमित तयारी : सरकारी योजना र नीति कमजोर

वि.सं.२०८२ चैत १९ बिहीवार १०:५७

सन्दर्भ : विश्व अटिजम जागुरकता दिवस अटिजम कुनै आमाको गल्तीले...

बालबालिकामा के कारणले गर्दा क्यान्सर लाग्छ भन्न सकिदैन् : डा.पण्डित

बालबालिकामा के कारणले गर्दा क्यान्सर लाग्छ भन्न सकिदैन् : डा.पण्डित

वि.सं.२०८२ चैत १८ बुधवार १२:०३

डा.अन्जली पण्डित बाल क्यान्सररोग विशेषज्ञ काठमाडौं । नेपालमा प्रत्येक वर्ष...

नयाँ सरकारको समावेशी अनुहार सकारात्मक, तर नीति र बजेट नै वास्तविक परीक्षा : रूप सुनार

नयाँ सरकारको समावेशी अनुहार सकारात्मक, तर नीति र बजेट नै वास्तविक परीक्षा : रूप सुनार

वि.सं.२०८२ चैत १७ मंगलवार ११:१७

सर्वोच्च अदालतको इतिहासमा अहिलेसम्म एक जना पनि दलित न्यायाधीश नहुनु...