back
himalayan life

मुक्तिनाथ कृषि कम्पनीको ५औं वार्षिक साधारण सभा सम्पन्न : नयाँ संचालक समिति चयन

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनीको ५औं वार्षिक साधारण सभा यती इभेन्टस् एंड कन्फेरेन्स सेन्टर काठमाडौँमा सम्पन्न भएको छ ।

कम्पनीका अध्यक्ष भरतराज ढकालले आ.ब.२०७९÷२०८० को संचालक समितिको प्रतिवेदन र आगामी वर्षहरुको कार्ययोजनाका साथै, मुक्तिनाथ कृषिकाकम्पनी सचिव रामशरण तिमल्सिनाज्यूले भिजन ८५को रणनीतिक कार्यहरुको बारेमा बताएका थिए ।

पाँचौ बार्षिक साधारण सभाबाट कम्पनीले नयाँ संचालक समिति चयन गरेको छ ।

जस् अन्तर्गत सर्वसम्मत रुपमा नयाँ संचालकहरुमा संस्थापक तर्फबाट भरतराज ढकाल, सीताराम काफ्ले र तुलसीराम ढकालसंस्थापक संस्थागत तर्फबाट मुक्तिनाथ विकास बैंकबाट गोविन्द बहादुर राउत र सर्वसाधारणको तर्फबाट चिरन्जीवी अर्याल निर्वाचितभए ।

साथै, २०८० साल पौष २६ गते बसेको निर्वाचित संचालकहरुको बैठकबाट श्री सीताराम काफ्लेज्यू अध्यक्ष चयन हुनु भएको छ । त्यस्तै, उक्त बैठकबाट ४बर्षे कार्यकालका लागी भरतराज ढकाल प्रबन्ध संचालकमा चयन गरिएको छ ।

कृषकसँग मुक्तिनाथ र उपभोक्तासँग मुक्तिनाथ अभियान मार्फत समग्र कृषि मूल्य श्रृङ्खलामा व्यवस्थापकीय भूमिका निर्वाह गरिनेपालको कृषि अर्थतन्त्रलाई सवल बनाउने अभिप्रायले मुक्तिनाथ बिकास बैङ्कको प्रमुख लगानी सहित नेपालका विभिन्न व्यवसायिकक्षेत्रमा संलग्न व्यक्तिहरु मिलि स्थापना भएको कृषि क्षेत्रकै नेपालको पहिलो पब्लिक लिमिटेड कम्पनि हो ।

कम्पनीले सर्वसाधारण सेयरको निष्कासन एक महिना अगाडी गरिएको थियो।

कृषि उत्पादन, उत्पादकत्व वृद्धि तथा उपभोक्ता हितका क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आइरहेको यस कम्पनीले कृषि उत्पादनका क्षेत्रमाआवश्यक पर्ने ४५० भन्दा बढी बस्तु तथा सेवा उपलब्ध गराउदै आइरहेको छ ।

कम्पनीले समग्र कृषि अर्थतन्त्रको विकासको लागि संस्थागत कृषि संरचनाको विकासको लागि सहकारीमा आधारित कृषि श्रोतकेन्द्रकोमा जोड दिँदै आइरहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सुनको मूल्य तोलामा साढे १० हजारले घट्यो

सुनको मूल्य तोलामा साढे १० हजारले घट्यो

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१४

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

वि.सं.२०८३ असार ५ शुक्रवार १०:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

औद्योगिक क्षेत्रका उद्योगमा विद्युत् काट्ने तयारी तत्काल रोक्न महासंघको माग

औद्योगिक क्षेत्रका उद्योगमा विद्युत् काट्ने तयारी तत्काल रोक्न महासंघको माग

वि.सं.२०८३ असार ४ बिहीवार १२:४८

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरूको...

सुनचाँदीको मूल्य सामान्य गिरावट

सुनचाँदीको मूल्य सामान्य गिरावट

वि.सं.२०८३ असार ४ बिहीवार ११:१७

काठमाडौँ । नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य सामान्य घटेको छ।...

सिटौलाको नेतृत्वमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

सिटौलाको नेतृत्वमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

वि.सं.२०८३ असार ३ बुधवार १८:५०

काठमाडौं । नेपालको सार्वजनिक यातायात क्षेत्रको छाता संगठन ‘नेपाल यातायात...

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले पदभार ग्रहण गर्दै भने– अहिले इप्पान एक ढिक्का भएको छ

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले पदभार ग्रहण गर्दै भने– अहिले इप्पान एक ढिक्का भएको छ

वि.सं.२०८३ असार ३ बुधवार १८:२४

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित...