back

नेपालको सबैभन्दा ठूलो बैंक बनेको ‘ग्लोबल आईएमई बैंक’, यस्तो छ बैंकको वित्तीय स्थिति

‘२१ वटा संस्था मर्जर हुँदा २१ जना अध्यक्ष, २१ सीईओ र २१ वटा संस्थामा ७ जनाको दरले रहेका सञ्चालकहरू मिलाउने काम सानो चुनौतिपूर्ण थिएन

nactional life

काठमाडौं रेमिट्यान्सबाट वित्तीय सेवामा प्रवेश गरेको आईएमई समूहमा अहिले नेपालको सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमई बैंकरहेको

पर्यटन, रेमिट्यान्स, सूचना प्रविधि मात्रै नभएर आईएमई समूहले नेपालको सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमईको समेत नेतृत्व गरेको जसको अध्यक्ष छन्आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल

उनकै नेतृत्वमा २१ वटा बैंक तथा वित्तीय संस्थाको मर्जर सफल व्यवस्थापन हुँदै नेपालकै सबैभन्दा ठूलो ग्लोबल आईएमई बैंक बनेको

सञ्चालनमा आएको १७ औं वर्षमा प्रवेश गर्दै गर्दा आईएमई समूहले स्थापना गरेको ग्लोबल आईएमई बैंक बैंकिङ सेवा तथा पूँजीकोहिसाबले नेपालको नम्बर बैंक बनेको हो

गत वर्ष बैंक अफ काठमाण्डू (बीओके) लाई गाभेर एकीकृत कारोबार सुरु गरेसँगै ग्लोबल आइएमई बैंक पूँजी, निक्षेप, कर्जा, शाखासञ्जाल लगायतका आधारमा देशकै सबैभन्दा ठूलो बैंक बन्न पुगेको हो

ग्लोबल आईएमई बैंक वित्तीय सूचकका आधारमा पनि सबै सूचकमा अब्बल रहेको

सबै क्षेत्रमा नागरिकलाई, सानोदेखि ठूलासम्म वित्तीय सेवा पुर्‍याउने गरी अघि बढिरहेको ग्लोबल आईएमई बैंकले मुलुकको वित्तीयक्षेत्रमा रचनात्मक गुणात्मक परिवर्तन ल्याउने लक्ष्य लिएको

बैंकको उदय कसरी भयो भनेर हेर्न सन् २००१ तिर फर्कनुपर्ने हुन्छ २००१ तिर नेपालबाट वैदेशिक रोजगारीको लागि धेरै नेपालीमेलेसिया गएका थिए

मलेसियामा बैंकिङ सेवा भएपनि त्यतिबेला नेपाल पैसा पठाउने संयन्त्र सहज नभएको ग्रामीण क्षेत्रबाट बैंकिङबारे सामान्य जानकारीसमेत नभएका नेपालीको लागि पैसा पठाउन धेरै सकस  थियो

त्यहीं समयमा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक रोजगारीमा रहेका नेपालीले सहज रुपमा परिवारलाई पैसा पठाउनसक्ने, नेपाल राष्ट्र बैंकमा विदेशी मुद्रा पनि आउने केही मुनाफा समेत आर्जन हुने भएपछि आईएमई नाम गरेको रेमिट्यान्स कम्पनीस्थापना गर्ने सोच बनाए सहज रुपमा रेमिट्यान्स पठाउन माध्यम नहुँदा वैदेशिक रोजगारीमाा जानेहरुको संख्या बढ्दै गर्दा सन्२००१ तिर हुन्डीमार्फत पैसा उठाएर भागेको घटना पनि थियो,’ ढकाल विगत सम्झदै भन्छन्, ‘ त्यहि बेला वर्ष करिब जापान बस्दाऔपचारिक च्यानलमार्फत पैसा ल्याउन धेरै गाह्रो रहेछ भन्ने थाहा पाएँ

त्यसपछि नयाँ सोच आयो  ताकि वैदेशिक रोजगारीमा रहेकाले परिवारलाई सहज रुपमा पैसा पठाउन सकोस्, जुन संयन्त्रबाट राष्ट्रबैंकको च्यानलमा विदेशी मुद्रा पनि आउन सकोस् नयाँ उद्यमशिलता पनि होस् सरकार आम नागरिकले चाहेको तथा फाइदा पनिहुने संयन्त्रका रुपमा मलेसियाबाट सन् २००१ मा रेमिट्यान्स व्यवसाय सुरु गरेँ

अहिले वित्तीय क्षेत्रमापायोनियरको रुपमा उदाएको आईएमई समूहको सुरुवाती यात्रा नै  रेमिट्यान्स सेवा मार्फत भएको हो मलेसियाको केन्द्रीय बैंक नेपालको केन्द्रीय बैंकले पहिलो पटक रेमिट्यान्स कारोबार गर्न स्वीकृति दिएको थियो त्यसअघिमलेसियाको केन्द्रीय बैंकले बाहिरका कम्पनीलाई रेमिट्यान्सको काम गर्न स्वीकृति दिएको थिएन स्वीकृति पाउने आईएमई नै पहिलोकम्पनी हो,’ ढकाल भन्छन्

रेमिट्यान्स व्यवसायमा हात हालेपछि रेमिट्यान्स काारेबारको लागि नै बैंक तथा वित्तीय संस्था चाहिने रहेछ भन्ने महसुस भएको ढकालबताउँछन् हामीले रेमिट्यान्स सुरु गरेपछि त्यतिबेला काम गरिरहेका बैंकहरु पनि रेमिट्यान्स क्षेत्रमा लागे अनि हामीलाई पनिरेमिट्यान्सको काम गर्न बैंक तथा वित्तीय संस्था चाहिने रहेछ भन्ने महसुस भयो। त्यसपछि आईएमई फाइनान्सियल इन्टिच्युसन भनेर सुरुगर्यौँ,’ आईएमई समूह वित्तीय सेवामा प्रवेश गर्दाको क्षण सम्झदै ढकाल भन्छन्, ‘तर, फाइनान्स कम्पनीले रेमिट्यान्सको काममा सपोर्टगर्ने देखिएन विदेशी मुद्राको कारोबार गर्न वाणिज्य बैंकले मात्रै पाइने भएकोले वाणिज्य बैंक नै चाहिने रहेछ भन्ने महसुस भयो त्यतिबेला राष्ट्र बैंकले काठमाडौंमा रजिस्टर्ड कार्यालय खोल्न नपाउनेगरी बैंक लाइसेन्स रोकेको थियो उपत्यका बाहिर कार्यालयराखेर दिने भएपछि विरगञ्जलाई आधार मानेर ग्लोबल बैंकको लाइसेन्सको लागि आवेदन दियौं

तर, त्यसैबीच काठमाडौंमै केन्द्रीय कार्यालय रहने गरी लाइसेन्स दिइने भएपछि त्यसलाई नै अपग्रेड गरेर काठमाडौंमा नै केन्द्रीयकार्यालय रहने गरी २०६३ सालमा १८ औं वाणिज्य बैंकको रुपमा१ अर्ब ५० करोड चुक्ता पूँजीसहित ढकालको नेतृत्वमा ग्लोबल बैंकस्थापना भयो अनि सुरु भयो २१ वटा संस्था मिलेर नम्बर बैंक बन्ने यात्रा तत्कालीन वटा वाणिज्य बैंक१० वटा विकास बैंक  वटा फाइनान्स कम्पनी यसमा गाभिएका छन्

ग्लोबल बैंक खुलेपछि एउटै प्रमोटरको पाइनान्स बैंक हुन आवश्यक छैन भन्ने मान्यताले आईएमई फाइनान्स ग्लोबल बैंक मर्जरमागए त्यसतेबेला राष्ट्र बैंक सरकारको पनि बैंक तथा वित्तीय संस्थालाई मर्जर गराउनुपर्छ भन्ने नीति थियो पूँजी बढाउने योजनाअनुसार अर्बबाट अर्ब पुर्‍याउनुपर्ने नीति पनि आयो,’ ढकाल भन्छन्, ‘पूँजी वृद्धि मर्जर नीतिको फलोअर्सको रुपमा पहिलो बैंक भएरअगाडि बढ्यौं बैंक ठूलो हुँदा गुणस्तरीय सेवाको लागि पनि राम्रो हुन्छ भनेर क्रमशः मर्जर हुँदै जाँदा अहिले वटा वाणिज्य बैंक, १०वटा विकास बैंक वटा फाइनानस सहित २१ वटा बैंक तथा वित्तीय संस्थााको एकीकृत बैंकको रुपमा ग्लोबल आईएमई रहेको छ।

ग्लोबल बैंकको स्थापनासँगै नेपालमा बैंकहरुको स्थापनाको लहर नै चलेको ढकाल स्मरण गर्छन् २१ वटा बैंक तथा वित्तीय संस्थासँगगाभिएर बनेको यो अहिले सबैभन्दा ठूलो बैंक बनेको

यो बैंकको मर्जरको इतिहास २०६८ माघ २० देखि सुरु भएको थियो ग्लोबल बैंकमा आईएमई फाइनान्स मर्जर भएर बनेको ग्लोबलआईएमई बैंकलाई नेपाली बैंक तथा वित्तीय संसथामा मर्जरको उदाहरणको रुपमा लिइन्छ

बैंकले तत्कालीन आईएमई फाइनान्सिएल इन्स्ट्यिुटसँगै लर्डबुद्ध फाइनान्सलाई पनि गाभेको थियो तीन संस्था गाभिएपछि संस्थाकोनाम २०६९ असार २५ गतेदेखि ग्लोबल आईएमई रहेर एकीकृत कारोबार भएको थियो

त्यसपछि गाभ्ने क्रमले निरन्तरता पायो सोसल डेभलपमेन्ट बैंक गुल्मी विकास बैंक पनि गाभिए

त्यसपछि अर्को वाणिज्य बैंक कमर्स एन्ड ट्रस्ट बैंकलाई गाभेको बैंकले सन् २०१६ मा प्यासिफिक डेभलपमेन्ट बैंक रिलायबल विकासबैंकलाई मर्ज गर्ने प्रक्रिया अगाडि बढायो ती दुई संस्था पनि बैंकमा मर्ज भए मर्ज भएको रिलायबल बैंकमा त्यसअघि नै कन्जुमरडेभलपमेन्ट बैंक लगायत तीन वटा विकास बैंक मर्ज भइसकेका थिए

त्यसपछि हाथवे फाइनान्स पनि ग्लोबल आईएमई बैंकसँग गाभियो वाणिज्य बैंकमा जनता बैंक ग्लोबल आईएमईमा मर्ज भयो नेपालको बैंकिङ इतिहासमा यस मर्जरलाई सबैभन्दा ठूलो सफल मर्जरका रुपमा हेर्ने गरिन्छ जनता बैंक ग्लोबल आईएमईलेमर्जरपछि ०७६ मंसिर २० बाट एकीकृत कारोबार सुरु गरेका थिए राष्ट्र बैंकको पूँजीवृद्धि नीतिपछि अर्ब रुपैयाँ पूँजी पुर्‍याइसकेका वटा वाणिज्य बैंक मर्जर भएकोले यसलाईबिग मर्जरको सुरुवताको रुपमा पनि लिने गरिन्छ अर्ब पूँजी पुगिसकेपछि पनि राष्ट्रबैंकको अपेक्षाअनुसार वाणिजय बैंकको संख्या घट्न नसकेपछि राष्ट्र बैंकले वाणिज्य बैंकहरुबीच नै एक आपसमा मर्जरको लागिप्रोत्साहन गरेको थियो

त्यसपछि बैंक अफ काठमाण्डूलाई गाभेर नेपालकै नम्बर वान बैंक बन्यो बैंक अफ काठमाण्डु पनि साविकको बैंक अफ काठमाण्डु लुम्बिनी बैंक गरी वटा वाणिज्य बैंक आपसमा गाभेर बनेको थियो यी सबै गर्दा वटा वाणिज्य बैंक मर्ज भएका छन् मर्जरलाई नैसफल रुपमा व्यवस्थापन गरेका कारण आज अब्बल बैंकका रुपमा ग्लोबल आईएमई बैंक चिनिन थालेको हो ग्लोबल आईएमईबैंकलाई मर्जर नीतिमा सफल रोल मोडल बैंकको रुपमा मान्न सकिन्छ

मर्जर ठूलो चुनौतिपूर्ण विषय रहेको अध्यक्ष ढकाल बताउँछन् २१ वटा संस्था मर्जर हुँदा २१ जना अध्यक्ष, २१ सीईओ २१ वटासंस्थामा जनाको दरले रहेका सञ्चालकहरू मिलाउने काम सानो चुनौतिपूर्ण थिएन,’ ढकाल भन्छन्, ‘मर्जरमा नाम, सेयर स्वाप, सञ्चालक कसले छोड्ने को बस्ने, सीईको को बस्ने भन्ने कुरा पनि त्यति नै संवेदनशील

ठूलो आकारको बैंक बनेसँगै ठूला पूर्वाधार निर्माणमा लगानी गर्न कठिनाई भोगिरहेका उद्योग व्यवसायीका लागि समेत यसले राहतदिएको पुगेको ढकालको दाबी सबै क्षेत्र समाजका ग्राहकहरुलाई उच्चस्तरको सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै बैंकले आमजनमानसमासबैका लागि बैंकभन्ने दृष्टिकोण सहित बैंकिङ सेवा प्रवाह गरिरहेको आकार वित्तीय सूचकांकमा ठूलो देखिएकोमात्रै होइन, ग्लोबल आईएमई बैंकले मुलुकको वित्तीय क्षेत्रमा समेत रचनात्मक गुणात्मक परिवर्तन ल्याउनेगरी पहल गर्‍यो मर्जरकोनीतिलाई सफल बनायो

नेपालको बैंकिङ क्षेत्रकापायोनियरबनेका ढकाल निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पनि हुन् सफल व्यवसायीको रुपमा उदाएका ढकालको पारिवारिक पृष्ठ भने सामान्य मेरो ठूलो महत्वाकांक्षा भनेको नै सरकारी जागिरखाने थियो आफूले पढ्ने, भाइबहिनी पढाउने सानोतिनो घर बनाएर बस्नेबाहेक ठूलो सोच थिएन,’ ढकाल आफ्नो विगत स्मरण गर्छन्, ‘तर, डेडिकेटेड भएर काम गर्दा नतिजा आउँछ भन्ने देखियो गाउँमा हुँदा घरमा दैनिक रुपमा चाहिने डोको, नाङ्लो, थुन्से लगायतकोऔजार समेत आफै बनाउँथेँ कामप्रति बफादार भयो भने नतिजा आफैं आउने रहेछ

ढकालले १६ वर्षको हुँदा नै बुबा गुमाउनुपर्‍यो त्यसपछि परिवारको सबै जिम्मेवारी उनको काँधमा आयो बुबाको मृत्युले गर्दा उनीएसएलसी परीक्षामा सुरुमै पास हुन सकेनन् मौका परीक्षा दिएर उत्तिर्ण भएका उनी व्यवसायमा भने कहिल्यै फेल भएनन् २०४५सालमा राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा जुनियर कर्मचारीको रुपमा आफ्नो करियर सुरु गरेका ढकाल अहिले देशकै सबैभन्दा ठूलोबैंकको अध्यक्ष छन् १९ औं बैंकको रुपमा स्थापना भएको ग्लोबल आईएमई अहिले करिब ४५ लाख ग्राहकलाई सेवा दिने नेपालकोसबैभन्दा ठूलो बैंक बनेको

मैले बैंकको जागिर छोडेर व्यवसायमा लागेँ त्यसमा राम्रो हुँदै थियो त्यसपछि रेमिट्यान्सको सुरुवात गर्दा धेरै चुनौति थियो,’ ढकालभन्छन्, ‘त्यतिबेला मलाई चिन्नेहरुले गाउँबाट आएर दु: गरेको सबै पैसा सकाउने भयो भन्दथे निजी क्षेत्रबाट सिस्टम बनाएर विदेशीमुद्रा ल्याउन सकिन्छ भन्ने कुरा त्यतिबेला विश्वास गर्नै गाह्रो थियो

तर अहिले कुनै पनि बैंक वा रेमिट कम्पनीमा पैसा पठाउन जाँदा आईएमई गरिदिनुस् भन्ने आम नागरिकको बोली बनेको भित्रिने कुलरेमिट्यान्समा ५० प्रतिशत बजार हिस्सा ग्लोबल आईएमई बैंक आईएमईको रहेको ढकाल बताउँछन् रेमिट्यान्सलाई औपचारिकमाध्यममा ल्याएको नै आईएमईले हो,’ ढकाल भन्छन्

काम गर्दै जाँदा नै ग्लोबल आईएमई बैंक नम्बर बैंक बनेको ढकाल बताउँछन् एक नम्बर बैंक बनाउन मर्जरमा एग्रेसिभ लाग्यो भन्नेसुन्निछ तर, त्यो होइन एक नम्बर हुने भन्ने महत्वकांक्षा कहिल्यै राखिएन काम गर्दागर्दै एक नम्बर भएको हो,’ ढकाल भन्छन्, ‘राष्ट्रबैंकले मर्जर नीति ल्याएर मर्जरको लागि प्रोत्साहन पनि गर्यो उक्त नीतिलाई अगाडि लैजाँदा एक नम्बर भएको हो

विश्वका ठूला हजार बैंकभित्र पर्ने लक्ष्य

करिब ६० अर्बको पूँजी कोष सहित ग्लोबल आईएमई  पूँजीको आधारमा नेपालको सबैभन्दा ठूलो बैंक बनेको अबको लक्ष्यविश्वका ठूला हजार बैंकभित्र पर्ने रहेको ढकालले बताए ठूलो परियोजनामा लगानी गर्न ठूलै पूँजी चाहिन्छ त्यसमा हाम्रो बैंकलेलगानी गर्ने सक्ने भएको उद्यमी आम नागरिकले पनि एउटै बैंकले ठूलो परियोजनामा लगानी गर्न सक्ने हुनेपर्छ भन्ने चाहेका थिए,’ उनले भने, ‘धेरै बैंक तथा वित्तीय संस्था हुँदा नियमनमा समस्या भयो, मर्जर भइदिए हुन्थ्यो भन्ने चाहना राष्ट्र बैंकको पनि थियो हाम्रोपनि ठूलो बैंक भएर लागत कम हुन सक्यो भने सस्टेन गर्न सहज हुन्छ भन्ने उद्देश्य भयो

पूँजीको आधारमा विश्वको एक हजार बैंकमा पुग्न ठूलो समस्या नरहेको ढकाल बताउँछन् वर्ष नगद लाभांश नदिने हो भने पूँजीकोआधारमा हजार बैंकको सूचीमा पुग्न सकिन्छ धेरै पछि सुरु गरेर नेपालको नम्बर बैंक भयौं भने विश्वका ठूला हजार बैंकमापुर्‍याउने हो, पुग्छ पनि

ग्लोबल आईएमई बैंकले भारत, बेलायत अष्ट्रेलियमा सम्पर्क कार्यालय स्थापना गरेको यस्तै दक्षिण कोरियामा शाखा कार्यालयखोल्न राष्ट्र बैंकबाट अनुमति लिएर प्रक्रिया अगाडि बढाइएको त्यो पूरा हुन बाँकी रहेको ढकालले बताए ग्लोबल आईएमई बैंक ७७वटै जिल्लामा शाखा पुर्‍याउने निजी क्षेत्रकै पहिलो वाणिज्य बैंक बन्न सफल भएको

यस्तो बैंकको वित्तीय स्थिति

लगानीकर्तालाई राम्रो प्रतिफल दिनु पनि बैंक सफल हुनुको अर्को आधार हो चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ग्लोबलआईएमई बैंकको नाफा अर्ब २२ करोड ५७ लाख ५४ हजार रुपैयाँ पुगेको गत आवको यसै अवधिमा बैंकको नाफा अर्ब १८करोड ९५ लाख ४५ हजार रुपैयाँ थियो   चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी अर्ब ८० करोड रुपैयाँपुगेको ३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २४ अर्ब ४३ करोड रुपैयाँ सञ्चित पछिल्लो तीन महिनामा बैंकको निक्षेप .९१ प्रतिशत बढेको भने कर्जा .२७ प्रतिशत बढेको

ग्लोबल आईएमई बैंक सबैभन्दा ठूलो बैंक मात्रै नभएर राज्यलाई सबैभन्दा धेरै कर तिर्ने बैंक पनि हो बैंकले आर्थिक वर्ष २०७८/७९ मा अर्ब २० करोड रुपैयाँ कर दाखिला गरी नेपाल सरकारबाट सबैभन्दा बढी कर दाखिला गर्नेमा सम्मानित भइसकेको

लगानीकर्तालाई नियमित प्रतिफल

चुक्ता पुँजीको आधारमा सबैभन्दा अब्बल बनेको यस बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई प्रतिशत लाभांशवितरण गरेको बैंकले १२ वर्षको अवधिमा सबैभन्दा धेरै लाभांश आर्थिक वर्ष २०७५/७६ मा बाँडेको थियो उक्त वर्षमा बैंकलेआफ्ना लगानीकर्तालाई २५.५० प्रतिशत लाभांश बाँडेको थियो आर्थिक वर्ष २०७५/७६ मा बैंकले १२.७५ प्रतिशत बोनस सेयर करप्रयोजनका लागि १२.७५ प्रतिशत नै नगद लाभांश वितरण गरेको थियो

बैंकले आर्थिक वर्ष २०६८/७९ मा १३ प्रतिशत लाभांश वितरण गरेको थियो त्यसैगरी आव २०६९/७० मा बैंकले लगानीकर्तालाई १५प्रतिशत बोनस सेयर मात्रै दिएको थियो .. २०७०/७१ मा पनि आफ्ना लगानीकर्तालाई २५ प्रतिशत लाभांश वितरण गरेको थियो बैंकले आर्थिक वर्ष २०७१/७२ मा लगानीकर्तालाई २३ प्रतिशत लाभांश वितरण गरेको थियो आव २०७२/७३ मा बैंकले १६ प्रतिशतलाभांश दिएको थियो

बैंकले आर्थिक वर्ष २०७३/७४ मा लगानीकर्तालाई नगद बोनस गरी २० प्रतिशत लाभांश वितरण गरेको थियो यस्तै आर्थिक वर्ष२०७४/७५ मा लगानीकर्तालाई १६ प्रतिशत लाभांश वितरण गरेकोमा आव २०७६/७७ मा १६ प्रतिशत लाभांश दिएको थियो

आव २०७७/७८ मा लगानीकर्तालाई १३.५० प्रतिशत लाभांश दिने घोषणा गरेको आव २०७८/७९ मा १३. प्रतिशत लाभांश दिएकोथियो

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

वि.सं.२०८३ असार २ मंगलवार १८:५७

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

वि.सं.२०८३ असार २ मंगलवार ०९:३७

काठमाडौं । स्वास्थ्य बिमा दाबी भुक्तानी अन्तर्गत स्वास्थ्य बिमा बोर्डले...

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

वि.सं.२०८३ असार २ मंगलवार ०९:३१

काठमाडौँ । ठूलो आकारको बजेट विनियोजन गर्ने, तर विकास (पुँजीगत)...

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

वि.सं.२०८३ असार २ मंगलवार ०८:३७

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा आगामी आर्थिक वर्ष २०८३/०८४...

कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

वि.सं.२०८३ असार २ मंगलवार ०८:३३

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का...

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...