back

काठमाडौं महानगरपालिकाले निजी विद्यालयबाट प्रदान हुने छात्रवृत्तिका लागि परीक्षा आफै लिने

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र सञ्चालित निजी विद्यालयबाट उपलब्ध गराइने छात्रवृत्तिका लागि कामपा आफैले परीक्षा लिने भएको छ ।

कामपाका प्रमुख बालेन्द्र साहले नियमले तोकेको सिमाभित्र रहेर उक्त परीक्षा कामपाले नै सञ्चालन गर्ने बताउनुभएको हो ।

कामपा शिक्षा ऐन २०७५ तथा शिक्षा नियमावली २०७४ मा व्यवस्था भएबमोजिम महानगरपालिकाअन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्र्थीका लागि वितरण गर्ने छात्रवृत्तिका लागि विद्यार्र्थी छनोटसम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०/८१ देखि कामपा आफैले सञ्चालन गर्ने तयारी गरेको कामपा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले जानकारी दिनुभयो ।

उहाँकाअनुसार उक्त परीक्षा सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब, जेहेन्दार तथा पिछडिएको क्षेत्र र आदिवासी जनजातिलगायत क्षेत्रबाट भएको छनोटका आधारमा योग्यताक्रम अनुसार छात्रवृत्तिको परीक्षा लिने र छनोटमा परेकालाई वितरण गरिने छ । यो छात्रवृत्ति कक्षा ११ का लागि मात्रै हो, कक्षा १ देखि माध्यमिक तहसम्मका लागि पनि कामपा आफैले परीक्षा सञ्चालन गरेर योग्य विद्यार्थी छनोट गर्ने तयारीमा छ ।

छात्रवृत्ति दिँदा अब हरेक विद्यालयलाई कोटा निर्धारण गरिने र त्यसका लागि विद्यार्थीसँग आवेदन आह्वान गरिनेछ । कामपाले नै प्रवेश परीक्षा सञ्चालन गरी सिफारिस गरेका विद्यार्थीलाई छात्रवृत्ति दिने व्यवस्था लागू गर्ने तयारी गरेको छ ।

कामपाको पटक–पटकको ताकेतापछि पछिल्लो समय निजी विद्यालयले छात्रवृत्ति दिएको विवरण पेस गर्न थालेका छन् । हाल कामपामा ५०४ निजी विद्यालय सञ्चालनमा रहेकामा तीमध्ये ९० प्रतिशत विद्यालयले छात्राबृत्तिका लागि विद्यार्थीको नाम पेस गरिसकेका छन् । प्रत्येक विद्यालयले जम्मा विद्यार्थी सङ्ख्याको १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने हुन्छ ।

कामपाले चालु शैक्षिक सत्रको गत जेठ २८ गतेभित्र १० प्रतिशतलाई छात्रवृत्ति उपलब्ध गराएको विवरण पेस नगरे विद्यालयको सम्बन्धन खारेज गर्ने र विद्यालयमा ताला लगाउने चेतावनी दिएको थियो । कामपा विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ एवं कामपाको शिक्षा ऐन, २०७५ को दफा ५० मा भएको व्यवस्थाअनुरूप छात्रवृत्ति वितरणको विवरण पेस गर्नुपर्ने हुन्छ ।

जम्मा विद्यार्थीमध्ये १० प्रतिशतलाई छात्रवृत्ति दिनुपर्ने व्यवस्था हुँदाहुँदै महानगरमा सञ्चालित झण्डै ७० प्रतिशत विद्यालयले विवरण पेस नगरेपछि कामपाले नियमअनुसार छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयको नाम नै सार्वजनिक गरेपछि निजी विद्यालय विवरण लिएर आएका हुन् । हाल कामपामा ५०४ निजी तथा ८९ सामुदायिक विद्यालय सञ्चालनमा छ ।

nactional life
Corporatebazar 11 Anniversary

असनको मौलिकता फर्काउने अभियान: आजदेखि हरेक शनिबार ‘सवारी निषेध’, कहाँ गर्ने पार्किङ?

असनको मौलिकता फर्काउने अभियान: आजदेखि हरेक शनिबार ‘सवारी निषेध’, कहाँ गर्ने पार्किङ?

वि.सं.२०८३ वैशाख ५ शनिवार ११:४०

काठमाडौँ । काठमाडौँको ऐतिहासिक एवं सांस्कृतिक मुटु मानिने असन क्षेत्रको...

दिक्तेलमा ‘अन्तर्राष्ट्रिय जैविक विविधता सम्मेलन’ सुरु: रेडपाण्डा र थार संरक्षणमा विश्वको ध्यान

दिक्तेलमा ‘अन्तर्राष्ट्रिय जैविक विविधता सम्मेलन’ सुरु: रेडपाण्डा र थार संरक्षणमा विश्वको ध्यान

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २१:१६

खोटाङ । लोपोन्मुख रेडपाण्डा (हाब्रे) र थार संरक्षणसँगै दिगो पर्यटनको...

सडक र सहरी सुरक्षा तथा व्यवस्थापनमा महानगर र प्रहरी बिचको सहकार्य बलियो बनाइने

सडक र सहरी सुरक्षा तथा व्यवस्थापनमा महानगर र प्रहरी बिचको सहकार्य बलियो बनाइने

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:४४

काठमाडौं । सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा काठमाडौँ...

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

वि.सं.२०८३ वैशाख १ मंगलवार २१:४६

काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन बससेवा सञ्चालन गर्ने...

विद्यालयहरुप्रति मन्त्रालयको एक्सन : छात्रवृत्ति विवरण सार्वजनिक गर्नुहोला

विद्यालयहरुप्रति मन्त्रालयको एक्सन : छात्रवृत्ति विवरण सार्वजनिक गर्नुहोला

वि.सं.२०८२ चैत ३० सोमवार १८:०१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नियम बमोजिम छात्रवृत्ति...

दैलेखको समृद्धिको नारा सहित वैशाख ७ गतेदेखि दैलेख प्रादेशिक महोत्सव हुँदै

दैलेखको समृद्धिको नारा सहित वैशाख ७ गतेदेखि दैलेख प्रादेशिक महोत्सव हुँदै

वि.सं.२०८२ चैत ३० सोमवार १३:११

दैलेख । दैलेख प्रादेशिक महोत्वस वैशाख ७ गतेदेखि १९ गतेसम्म...