back

नेपाल रिपब्लिक मिडियाको आइपीओ सोमबार बाँडफाँट हुने

काठमाडौं । नेपाल रिपब्लिक मिडियाको आइपीओ बाँडफाँट अर्का साता सोमबार (असार ११ गते) बाँडफाँट हुने भएको छ ।

बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सका अनुसार अर्का साता सोमबार (असार ११ गते) मात्र बाँडफाँटको तयारी गरेको हो ।

कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १२ लाख ८२ हजार ६३६ आवेदकले १ अर्ब ३९ करोड २३ लाख ३८ हजार रुपैयाँ बराबरको १ करोड ३९ लाख २३ हजार ३८० कित्ताका लागि आवेदन दिएका हुन् ।

माग भन्दा बढी आवेदन परेको हुदाँ आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुने भएको छ । गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुदाँ ३ लाख ६१ हजार ९८९ जना आवेदकले १०।१० कित्ता सेयर पाउनेछन् । जस मध्य एक जना भाग्यमानीले १ कित्ता थप गरी ११ कित्ता सेयर पाउनेछ ।

कम्पनीले आफ्नो जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४।९९२२ प्रतिशत अर्थात् ४३ करोड ५३ लाख रुपैयाँको आइपीओ बिक्रीमा ल्याएको थियो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ४३ लाख ५३ हजार कित्ता सेयर निष्कासन गरेको थियो । जसमा ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारी, ५ प्रतिशत ले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि व्यवस्था गरिएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३ सय कित्ता सेयर बिक्री गरिसकेको छ । बाँकी ३६ लाख १९ हजार ८९१ कित्ताको लागि सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।

 

nactional life
Corporatebazar 11 Anniversary

आजदेखि आईपीओ जारी गरेको सोपान फर्मास्युटिकल्सको कस्तो छ वित्तिय अवस्था ?

आजदेखि आईपीओ जारी गरेको सोपान फर्मास्युटिकल्सको कस्तो छ वित्तिय अवस्था ?

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:१९

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर...

एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ वैशाख २ बुधवार १०:०५

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको...

एपोलो हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एपोलो हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ चैत ३० सोमवार १०:५४

काठमाडौं । एपोलो हाइड्रो पावरले निष्कासन गरेको प्राथमिक शेयर ९आईपीओ०मा...

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले १० लाख कित्ता आइपीओ निष्कासन गर्ने, ४ प्रतिशत लाभांश पारित

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले १० लाख कित्ता आइपीओ निष्कासन गर्ने, ४ प्रतिशत लाभांश पारित

वि.सं.२०८२ चैत २९ आइतवार १९:४३

काठमाडौं । चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर...

आईपीओका लागि आवेदन दिने कम्पनीको वित्तीय विवरण अब अनिवार्य पुनरवलोकन हुने

आईपीओका लागि आवेदन दिने कम्पनीको वित्तीय विवरण अब अनिवार्य पुनरवलोकन हुने

वि.सं.२०८२ चैत २६ बिहीवार १०:४९

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का...

एपोलो हाईड्रोको आईपीओमा आजदेखि आवेदन दिन सकिने

एपोलो हाईड्रोको आईपीओमा आजदेखि आवेदन दिन सकिने

वि.सं.२०८२ चैत २६ बिहीवार १०:३८

काठमाडौं । एपोलो हाईड्रो पावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक...