सस्तो ब्याजदरमा ‘इलेक्ट्रिक कार’ किन्न प्रभु बैंकले ८० प्रतिशतसम्म कर्जा दिने
वि.सं.२०८० असार ८ शुक्रवार
काठमाडौं । नेपाली बजारमा पछिल्लो समय विद्युतीय गाडीप्रति निकै आकर्षण बढेको छ । विद्युतीय खरिदबिक्रीमा लहर नै चलेको छ । यसैबीच विद्युतीय गाडी किन्नका लागि प्रभु बैंकले पनि थप सहायता दिने भएको छ ।
बैंकले विद्युतीय कार खरिदमा ८० प्रतिशतसम्म फाइनान्सिङ्गको व्यवस्था गरिने भएको हो । बैंकले ‘ड्राइभिङ चेञ्ज, ड्राइभिङ सेभिङ्ग: इलेक्ट्रिक कारको लागि स्मार्ट फाइनान्सिङ’ सुविधाको योजनासहित अघि बढेको हो ।
नेपालमा विद्युतीय सवारीको प्रयोगलाई बढवा दिनका पनि बैंक सो सुविधा प्रदान गरिएको जनाएको छ । बैंकले छिटो र सहज रुपमा प्रतिष्पर्धी ब्याजरमा अटो लोनको व्यवस्था समेत गरेको छ ।
इलेक्ट्रिक कार खरिद गर्दा ग्राहकहरुलाई छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
पेट्रोलियम पाथर्द खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गर्नुका साथै वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ । विद्युतीय सवारी प्रयोग बढाउन र वित्तीय सहयोग र ग्राहको सहजताका लागि विभिन्न गाडी बिक्रेतासंग पनि सम्झौता गरेको छ ।
गाडी बिक्रेतासंग सस्तो ब्याजदर सवारी कर्जा उपलब्ध गराउन बैंकले सम्झौता गरेको हो । गत मंगलबार मात्रै हन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलसंग सहकार्य गरेको छ ।
सो सहकार्यबाट कोना इभी र आयोनिक ५ खरिद गर्न चाहनेहरुका लागि प्रभु बैंकले ९.९९ प्रतिशत ब्याजदर ऋण पनि उपलब्ध गराउने भएको छ । हाल बैंकको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ ।
प्रकाशित समय : १२:५२ बजे





















