back
Naima

अन्तर बैंक कारोबारको ब्याजदर ह्वात्तै घट्योः बैंकहरुमा निक्षेप बढ्दै गयो तर कर्जाको माग बढेन,कर्जा माग नहुँदा बैंकमा थुप्रियो पैसा

साढे ४ प्रतिशतको बिन्दुमा झर्यो अन्तर बैंक ब्याजदर

काठमाडौं । अन्तर बैंक कारोबारको ब्याजदर निरन्तर घट्न थालेको छ । बैंकहरुमा तरलता सहज हुँदै गएपछि अन्तर बैंक कारोबारको ब्याजदर पनि ह्वात्तै घटेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार हाल अन्तर बैंक ब्याजदर ४.५१ प्रतिशतमा झरेको छ । शनिबार मात्रै अन्तर बैंक ब्याजदर ४.७२ प्रतिशत थियो । एकै दिनमा त्यो ०.२१ प्रतिशत बिन्दुले घटेको हो ।

बिशेषगरि बैंकहरुमा तरलता बढ्दै गएपछि अन्तर बैंक ब्याजदर घटेको हो । बैंकहरुमा तरलता अभाव हुदाँ निक्षेप, कर्जाको ब्याजदर पनि उच्च थियो ।

त्यसबेला बैंकहरुले एक अर्कामा सापटी लिने पैसाको व्याजदर अर्थात् अन्तर बैंक ब्याजदर पनि बढेको थियो । गत फागनुमा यस्तो ब्याजदर बढेर ८.५ प्रतिशतसम्म पुगेको थियो ।

चैत र बैशाखमा भने त्यो ७ प्रतिशत हारहारी थियो । तर, जेठको दोस्रो साताबाट अन्तर बैंक ब्याजदर घट्न थालेको थियो । हालसम्म आउँदो त्यो साढे ४ प्रतिशतको हाराहारीमा आएको राष्ट्र बैंकको भनाइ छ । यद्यपि, यसअघि गत माघमा पनि अन्तर बैंक ब्याजदर ४ प्रतिशतसम्म झरेको थियो । त्यसपछि भने बढेको थियो ।

अहिले बैंकहरुमा निक्षेप बढ्दै गएको छ । तर, कर्जाको माग भने अझै बढेको छैन । त्यसले गर्दा बैंकहरुमा पैसा थुप्रीदै गएको छ । यसरी तरलता बढेपछि अन्तर बैंक कारोबार पनि छैन । त्यसले गर्दा यस्तो ब्याजदर घटेको हो ।

हाल बैंक तथा वित्तीय संस्थाको निक्षेप ५५ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ । एक दिनमै बैंक तथा वित्तीय संस्थाको निक्षेप ५ अर्ब रुपैयाँले बढेको हो ।

गत शनिबारसम्मको तथ्याङ्कमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ५५ खर्ब ६८ अर्ब रुपैयाँ रहेको थियो । तर, कर्जाले १ अर्बले मात्रै वृद्धि भएको छ । शनिबारसम्म ४८ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । तर, भोलिपल्ट अर्थात गत आइतबारसम्म भने १ अर्बले बढेर ४८ खर्ब ५५ अर्ब रुपैयाँ पुगको छ ।

बाणिज्य बैंकमा एकैदिन ६ अर्बले निक्षेप वृद्धि भई ४९ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ । आइतबारसम्म आईपुग्दा सो बराबरको निक्षेप भित्रीएको हो ।

गत शनिबारसम्ममा वाणिज्य बैंकहरुको निक्षेप ४९ खर्ब ११ अर्ब रुपैयाँ रहेको थियो ।आइतबारसम्मको तथ्याङ्क अनुसार वाणिज्य बैंकको कर्जा लगानी भने हुन सकेको छैन अर्थात स्थिर छ । वाणिज्य बैंकहरुले ४२ खर्ब ९८ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि क्रमिक रुपमा सुधार हुँदै आएको छ । एक दिनमै सीडी रेसियो शून्य दशमलव ५ प्रतिशतले घटेको छ ।

योसंगै हाल बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो आइतबारसम्म ८३.८८ प्रतिशत कायम भएको छ । शनिवबारसम्म भने ८३.९३ प्रतिशत रहेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरु हाल कर्जा लगानीका लागि सहज अवस्थामा देखिएका हुन् । बैंक तथा वित्तीय संस्थाहरुले सीडि रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम हुने गरि कर्जा प्रवाह गर्न पाउछन् ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बैंकको नाफा साढे ८ अर्ब नाघ्यो, कुनको कति ?

विकास बैंकको नाफा साढे ८ अर्ब नाघ्यो, कुनको कति ?

वि.सं.२०८३ साउन २७ बुधवार ११:४१

काठमाडौँ। नेपालका राष्ट्रियस्तरका विकास बैंकहरूले गत आर्थिक वर्ष २०८२/८३ मा...

मुक्तिनाथ विकास बैंकद्वारा १ खर्बभन्दा बढी कर्जा प्रवाह: नेपालकै पहिलो विकास बैंक बन्दै रच्यो नयाँ इतिहास

मुक्तिनाथ विकास बैंकद्वारा १ खर्बभन्दा बढी कर्जा प्रवाह: नेपालकै पहिलो विकास बैंक बन्दै रच्यो नयाँ इतिहास

वि.सं.२०८३ साउन २७ बुधवार ११:२३

काठमाडौँ। नेपालको बैंकिङ क्षेत्रमा विकास बैंकहरूको तर्फबाट मुक्तिनाथ विकास बैंक...

नेपाल एसबीआई बैंकले कमायाे २ अर्ब नाफा, लाभांश क्षमता कति ?

नेपाल एसबीआई बैंकले कमायाे २ अर्ब नाफा, लाभांश क्षमता कति ?

वि.सं.२०८३ साउन २७ बुधवार ११:१९

काठमाडाैं । नेपाल एसबीआई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३...

कुमारी बैंकको नाफामा उछाल, यस्ता छन् अन्य सूचक

कुमारी बैंकको नाफामा उछाल, यस्ता छन् अन्य सूचक

वि.सं.२०८३ साउन २७ बुधवार ११:१६

काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा...

व्यवसायीको मनोबल खस्किँदा बैंकिङ प्रणालीमा संकट: निक्षेपको ओइरो लाग्दा पनि ३० अर्बले घट्यो कर्जा प्रवाह

व्यवसायीको मनोबल खस्किँदा बैंकिङ प्रणालीमा संकट: निक्षेपको ओइरो लाग्दा पनि ३० अर्बले घट्यो कर्जा प्रवाह

वि.सं.२०८३ साउन २६ मंगलवार २३:११

काठमाडौँ। मुलुकको बैंकिङ प्रणालीमा निक्षेपको मात्रा निरन्तर बढेर थुप्रिँदै गए...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा उत्कृष्ट अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा उत्कृष्ट अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

वि.सं.२०८३ साउन २६ मंगलवार १६:३३

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीको व्यवसाय विस्तार,...