back

चार संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिस भएका व्यक्तिहरु

२७ वैशाख, काठमाडौँ–संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारीमा नियुक्तिका लागि सिफारिश गरेकाहरुको सूची सार्वजनिक भएको छ । आइतबार बसेको परिषदको बैठकले लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । लोक सेवा आयोगका सदस्य र अन्य संवैधानिक आयोगहरुका पदाधिकारीमा सिफारिस भएकाहरुको नामावली पनि खुलेको थिएन ।

परिषद्को बैठकले लोकसेवा आयोगको सदस्यमा माधव बेल्बासे (कपिलवस्तु), वीरबहादुर राई (इलाम), उदय सिलवाल (ललितपुर) र मञ्जु कुमारी (महोत्तरी) लाई नियुक्त गर्न सिफारिस गरेको छ । यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रिक्त आयुक्त पदमा डा. हरि पौडेल (बाग्लुङ) र डा. सुमित्रा श्रेष्ठ (ललितपुर) को नाम सिफारिश गरिएको छ ।

त्यस्तै निर्वाचन आयोगको सदस्यमा सगुनशम्शेर जबरा (रुपन्देही) लाई नियुक्त गर्न सिफारिस गरिएको छ । समावेशी आयोगका अध्यक्षमा डा. रामकृष्ण तिमिल्सेना (कास्की) तथा सदस्यमा पुष्पराज तिमिल्सिना (पर्वत) र मानप्रसाद खत्री (बझाङ) लाई सिफारिश गरिएको छ ।

विपीनराज निरौला (पाँचथर) र सुधाकुमारी झा (धनुषा) लाई प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्यमा नियुक्तिका लागि सिफारिश गरिएको छ । राष्ट्रिय महिला आयोगको सदस्यमा जया घिमिरे (धनुषा) र सावित्राकुमारी शर्मा तिवारी (पर्वत) लाई नियुक्तिका लागि सिफारिश गरिएको छ ।

राष्ट्रिय दलित आयोगको सदस्यमा सुन्दर पुर्कुटी (काठमाडौं), राष्ट्रिय आदिवासी जनजाति आयोगका सदस्यमा सूर्यबहादुर गुरुङ (खोटाङ), मधेशी आयोगका सदस्यमा आभा कुमारी (सप्तरी), थारु आयोगका सदस्य डा। उमाशंकर चौधरी (नवलपरासी पश्चिम) र मुस्लिम आयोगको सदस्यमा मोहमद सम्सुल हक (सर्लाही) सिफारिशमा परेका छन् । संवैधानिक आयोगका पदाधिकारीहरुको नियुक्ति संसदीय सुनुवाइको प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट हुने व्यवस्था छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री शाह

सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री शाह

वि.सं.२०८३ साउन १४ बिहीवार २०:५३

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरी लगायत मधेशका विभिन्न जिल्लामा...

कप्तानगन्ज घटनाप्रति यातायात व्यवसायी महासङ्घको चिन्ता, पूर्व-पश्चिम राजमार्गमा सहज यातायात सञ्चालन गर्न अपील

कप्तानगन्ज घटनाप्रति यातायात व्यवसायी महासङ्घको चिन्ता, पूर्व-पश्चिम राजमार्गमा सहज यातायात सञ्चालन गर्न अपील

वि.सं.२०८३ साउन १४ बिहीवार १९:१८

ललितपुर । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सुनसरीको देवानगन्ज गाउँपालिका...

सुनसरीको घटनाप्रति शान्ति र सद्भाव कायम गर्न सबैसँग महासंघको अपिल

सुनसरीको घटनाप्रति शान्ति र सद्भाव कायम गर्न सबैसँग महासंघको अपिल

वि.सं.२०८३ साउन १४ बिहीवार १९:०२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सुनसरीको कप्तानगञ्जलगायत प्रभावित क्षेत्रमा...

शान्ति, सुरक्षा तथा जनजीवनलाई पुनः सामान्य बनाउन चेम्बरको माग

शान्ति, सुरक्षा तथा जनजीवनलाई पुनः सामान्य बनाउन चेम्बरको माग

वि.सं.२०८३ साउन १४ बिहीवार १८:५७

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले तराईका केही स्थानमा हालै...

काठमाडौं महानगरसँग ऊर्जा मन्त्रालयको सहकार्य प्रस्ताव, सौर्य ऊर्जा र ‘वेस्ट टु इनर्जी’ परियोजनामा जोड

काठमाडौं महानगरसँग ऊर्जा मन्त्रालयको सहकार्य प्रस्ताव, सौर्य ऊर्जा र ‘वेस्ट टु इनर्जी’ परियोजनामा जोड

वि.सं.२०८३ साउन १४ बिहीवार १८:११

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले...

वीरगञ्जमा आज साँझदेखि भोलि बिहानसम्म निषेधाज्ञा जारी

वीरगञ्जमा आज साँझदेखि भोलि बिहानसम्म निषेधाज्ञा जारी

वि.सं.२०८३ साउन १४ बिहीवार १७:५७

काठमाडौं । जिल्ला प्रशासन कार्यालय वीरगञ्जले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै...