back
himalayan life

तपाईलाई थाहा छ, विदेशबाट कति सुन ल्याउन पाइन्छ ?

काठमाडौँ । विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा पुरुषको हकमा पच्चीस ग्राम र महिलाको हकमा पचास ग्रामसम्म सुनको गहना ल्याउन पाउने भएका छन् ।

आर्थिक विधेयकमा उल्लेख भएअनुसार यस परिणामको सुनको गहनामा कुनै पनि महसुल लाग्ने छैन ।

पचास ग्रामभन्दा बढी भएमा एक सय ग्रामसम्म सुनका गहनामा प्रचलित दर अनुसार महसुल लाग्नेछ । तर सामान्य गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औँठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका वस्तुलाई गहनाको रूपमा मान्यता दिइने छैन ।

सुनको हकमा पहिलो पचास ग्रामसम्म प्रचलित दर अनुसार महसुल लाग्ने छ भने पचास ग्रामभन्दा बढी थप पचास ग्रामसम्म प्रचलित दर अनुसार लाग्ने महसुलको अतिरिक्त थप तीन प्रतिशत महसुल लाग्नेछ ।

उल्लेख भएका बढी परिमाणमा सुन तथा सुनका गहना पैठारी गरेमा बढी भएको परिमाण जति जफत गरिने विधेयकमा उल्लेख गरिएको छ।

यात्रुले ल्याउने सुन तथा सुनका गहनाको भन्सार मूल्याङ्कन प्रयोजनका लागि हरेक महिनाको १ गते र १५ गते भन्सार विभागले अन्तर्राष्ट्रिय बजारबाट मूल्य सूची लिई भन्सार कार्यालयहरूमा उपलब्ध गराउनेछ ।

विदेशी यात्रुले आफ्नो साथमा ल्याउन पाउने पुरुषको हकमा पच्चीस ग्राम र महिलाको हकमा पचास ग्रामसम्म सुनको गहना र एक सय ग्रामसम्म चाँदीका गहना भन्दा बढी निजी प्रयोगका सुन तथा चाँदीका गहना पछि फिर्ता लैजाने गरी भन्सार बिन्दुमा घोषणा गरेमा त्यस्तो गहना परीक्षण गरी सो गहनाको मूल्यको बीस प्रतिशत रकम धरौटी राखी ल्याउन दिइने भएको छ।

त्यसरी ल्याएको गहना निज यात्रु फर्कँदा भन्सार बिन्दुमा परीक्षण गराई त्यस्तो गहना ल्याउँदा राखेको धरौटी रकम फिर्ता लैजान सक्नेछ। त्यसरी परीक्षण गर्दा घोषणा गरे भन्दा फरक गुणस्तर तथा परिमाण भएको प्रमाणित भएमा भन्सार ऐन, २०६४ बमोजिमको कारबाही हुनेछ ।

तर भारतबाट विवाह लगायतका सामाजिक कार्यमा आउने यात्रुले आफ्नो स्वः प्रयोजनका लागि ल्याउने गहना आफू फर्कँदा फिर्ता लैजाने शर्तमा भन्सार कार्यालयमा घोषणा गरी ल्याउन सक्ने भएका छन् ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

वि.सं.२०८३ असार ५ शुक्रवार १६:१०

काठमाडौं । सीताराम गोकुल मिल्कले उद्योग स्थापनाको ३२औँ वर्ष प्रवेशको...

सुनको मूल्य तोलामा साढे १० हजारले घट्यो

सुनको मूल्य तोलामा साढे १० हजारले घट्यो

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१४

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

वि.सं.२०८३ असार ५ शुक्रवार १०:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

औद्योगिक क्षेत्रका उद्योगमा विद्युत् काट्ने तयारी तत्काल रोक्न महासंघको माग

औद्योगिक क्षेत्रका उद्योगमा विद्युत् काट्ने तयारी तत्काल रोक्न महासंघको माग

वि.सं.२०८३ असार ४ बिहीवार १२:४८

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरूको...

सुनचाँदीको मूल्य सामान्य गिरावट

सुनचाँदीको मूल्य सामान्य गिरावट

वि.सं.२०८३ असार ४ बिहीवार ११:१७

काठमाडौँ । नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य सामान्य घटेको छ।...

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले पदभार ग्रहण गर्दै भने– अहिले इप्पान एक ढिक्का भएको छ

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले पदभार ग्रहण गर्दै भने– अहिले इप्पान एक ढिक्का भएको छ

वि.सं.२०८३ असार ३ बुधवार १८:२४

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित...