विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औ महाधिवेशन सुरुहुँदै, ५३५ प्रतिनिधि काठमाडौंमा
वि.सं.२०७९ चैत ३ शुक्रवार
काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा कृयाशिल एमाले निकट नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औ महाधिवेशनआजबाट काठमाडौमा सुरु हुँदै छ ।
महाधिवेशनमार्फत १७ पदाधिकारीसहित १२१ जनाको केन्द्रीय कार्यसमिति चयन हुनेछ । हाल युनियनको नेतृत्व रामकुमार थेवेले गर्दैआइरहेका छन ।
दुई दिन चल्ने महाधिवेशनमा देशभरबाट प्रतिनिधि र पर्यवेक्षक गरी ५३५ जना सहभागी हुदैछन्।
११औं महाधिवेशनको उद्घाटन पुर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।
महाधिवेशनको सम्पुर्ण तयारी पूरा भएको तथा युनियनको कार्यसमिति निर्बिरोध चयन गरिने युनियनका सचिवालय सदस्य तथा प्रचारबिभाग प्रमुख कपिल गौतमले जानकारी दिए। गौतम महाधिवेशनमा महासचिवको दावेदार हुन्।
उनी २०७० सालदेखि निरन्तर रूपमा युनियन सचिवको जिम्मेवारीमा छन्।
प्रकाशित समय : ११:३२ बजे




















