back

स्मार्टच्वाईस टेक्नोलोजिज र हिमालयन बैंकबीच क्यूआर भुक्तानी संचालनका लागि सम्झौता

काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र हिमालयन बैंकबीच स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालन सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालनको अनुमती प्राप्ता गरेको स्मार्टच्वाईस र ‘क’ वर्गको वाणिज्य बैंक हिमालयन बैंकवीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा संचालनको लागी सम्झौता भएको हो ।

यस सेवाबाट मोबाइल बैंकिङ्ग एप एचआई–एमबि प्रयोगकर्ताहरूले भाट–भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, बिग डिजिटल लगाएत स्मार्ट क्यूआरमा आवद्ध भएका मर्चेन्टहरु मार्फत बस्तु तथा सेवा को भुक्तानी गर्दा सजिलै भुक्तानी गर्न सक्नेछन् ।

यसै गरी हिमालयन बंैकका मर्चेन्टहरुले पनि स्मार्ट क्यूआरमा आवद्ध भएका बैंक तथा वित्तीय संस्थाका ग्राहकहरु मार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

इ.एम.भि स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सीयल स्वीच मार्पmत कारोवारको भुक्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ ।

बिगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरिय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ रहेको बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ ।

यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले एससीटी युपीआइ डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्ने छन् ।

साथै, एससीटी युपीआइ सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा एटीएम, पोस, इकमर्श जस्ता सेवा सजिलै लिन सक्ने छन ।

 

nactional life
Corporatebazar 11 Anniversary

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप कफी मेकर बजारमा

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप कफी मेकर बजारमा

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:०२

काठमाडौं । नेपालको प्रतिष्ठित इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो प्रिमियम श्रेणी...

सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:४९

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ...

बझाङ –बनलेक–दोदोधरा ४०० केभी प्रसारण लाइनमा कुन कम्पनीको शेयर कति ?

बझाङ –बनलेक–दोदोधरा ४०० केभी प्रसारण लाइनमा कुन कम्पनीको शेयर कति ?

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:०१

काठमाडौं । सरकारले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा निर्माण गर्न लागेको...

अगष्टमा एनआरएनए १७ औँ युरोप क्षेत्रीय सम्मेलन, आर्थिक वृद्धिका लागि एक्सन रोडम्याप निर्माण गरिने

अगष्टमा एनआरएनए १७ औँ युरोप क्षेत्रीय सम्मेलन, आर्थिक वृद्धिका लागि एक्सन रोडम्याप निर्माण गरिने

वि.सं.२०८३ वैशाख २८ सोमवार १०:११

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको १७ औँ युरोप...

ऊर्जा क्षेत्रको विकासका लागि इप्पानको ५३ बुँदे सुझाव: ३० हजार मेगावाटको लक्ष्य भेटाउन पीपीए खुल्ला गर्न माग

ऊर्जा क्षेत्रको विकासका लागि इप्पानको ५३ बुँदे सुझाव: ३० हजार मेगावाटको लक्ष्य भेटाउन पीपीए खुल्ला गर्न माग

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:५३

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आगामी...

पोखरा महाधिवेशनको पूर्वसन्ध्यामा सिटौलाको गर्जन: ‘अब पद धान्ने होइन, परिवर्तनको नेतृत्व गर्ने टोली चाहिन्छ’

पोखरा महाधिवेशनको पूर्वसन्ध्यामा सिटौलाको गर्जन: ‘अब पद धान्ने होइन, परिवर्तनको नेतृत्व गर्ने टोली चाहिन्छ’

वि.सं.२०८३ वैशाख २७ आइतवार १४:०१

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशन...