back

चामलसहितका कन्टेनर १ महिनादेखि भन्सारमै

काठमाडौं । विश्व खाद्य कार्यक्रमले नेपाल–भारत नेपालगन्ज जमुनाह नाकाबाट भित्र्याउन लागेको ५४ हजार किलो चामल गुणस्तरहीन भएको भन्दै नेपालगञ्ज भन्सार कार्यालयले रोकिदिएको छ ।

समुद्री मार्ग हुँदै इटलीबाट ल्याइएको उक्त चामल भारतको कलकत्ताबाट तीन कन्टेनरमा नेपालगञ्जसम्म ल्याइँदै थियो ।

चामल लिएर गत माघ १५ गते नाकामा आइपुगेका डब्लुबी ०३ डिओ १०७, डब्लुबी ११ सी ५९६० र एनएल ०१ एडी ७१०५ नम्बरका भारतीय कन्टेनर एक महिनादेखि नेपालगञ्ज भन्सार कार्यालयमा थन्किएका छन् ।

प्रज्ञापनपत्र नम्बर २२१५ बाट ल्याइएको उक्त चामल कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गतका विद्यालयमा बालबालिकालाई दिवा खाजा खुवाउनका लागि ल्याइएको बताइएको छ ।

नाकामा पुगेपछि गुणस्तर जाँच गर्न चामलको नमूना खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगञ्ज पठाइएको थियो ।

प्रमाणीकरण कार्यालयले परीक्षण गर्दा चामल भिजेको, गन्ध आएको र खान अयोग्य रहेको प्रतिवेदन बुझाएपछि नाकामै रोकेको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले जानकारी दिए ।

उनले भने, “गुणस्तर प्रमाणीकरण कार्यालयले चामल गुणस्तरहीन भनेर रिपोर्ट दिएपछि नियमानुसार उक्त चामल भित्रिन दिन नमिल्ने भएकाले रोकेका हौँ”, भन्सारले चामल भित्रिन नदिएपछि कन्टेनर भन्सारमै थन्किएका छन् ।

विश्व खाद्य कार्यक्रमले खाद्यान्न वितरण गर्ने नाममा पटक–पटक कुहिएको खाद्यान्न वितरण गर्ने गरेको गुनासो आएको छ ।

यसअघि २०७२ सालमा बाँकेको खजुरास्थित विश्व खाद्य कार्यक्रमको गोदाममा भण्डारण गरेर राखिएको पाँच सय १४ मेट्रिक टन दाल कुहिएको अवस्थामा फेला परेको थियो ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

खल्तीबाट डिम्याट–मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट–मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:५८

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले डिम्याट तथा मेरोशेयर...

उद्योग विभाग पूर्ण रूपमा ‘पेपरलेस’ बन्दै: साउन १८ देखि भौतिक रूपमा आवेदन नलिइने

उद्योग विभाग पूर्ण रूपमा ‘पेपरलेस’ बन्दै: साउन १८ देखि भौतिक रूपमा आवेदन नलिइने

वि.सं.२०८३ साउन १५ शुक्रवार १३:२२

काठमाडौँ। नेपालमा उद्योग-व्यवसाय सञ्चालनलाई थप सहज, पारदर्शी र झन्झटमुक्त बनाउने...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ साउन १५ शुक्रवार ०९:४४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ साउन १५ शुक्रवार ०९:४२

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर...

सिजी ब्रान्डले ल्यायो ‘मेरिडिया सिरिज’का ४ नयाँ अत्याधुनिक सिंगल डोर फ्रिजहरू

सिजी ब्रान्डले ल्यायो ‘मेरिडिया सिरिज’का ४ नयाँ अत्याधुनिक सिंगल डोर फ्रिजहरू

वि.सं.२०८३ साउन १४ बिहीवार १९:३२

काठमाडौँ। नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजी (CG)...

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालकै पहिलो आईएसओ प्रमाणित वेलनेस ब्रान्ड

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालकै पहिलो आईएसओ प्रमाणित वेलनेस ब्रान्ड

वि.सं.२०८३ साउन १४ बिहीवार १९:२१

काठमाडौँ। नेपालको अग्रणी वेलनेस ब्रान्ड ट्रन्क्यूलिटी स्पा प्रा.लि.ले अन्तर्राष्ट्रिय रूपमा...