back

यसरी कम छ ओलीले विस्वासको मत पाउने सम्भावना

nactional life

२७ वैशाख, काठमाण्डौ–आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्न लागेको छ । उक्त बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो वक्तव्यसहित विश्वासको मत माग्ने कार्यसूचि रहेको छ । सोही सूचिअनुसार प्रधानमन्त्री ओलीले विस्वासको मत माग्नेछन् ।

प्रधानमन्त्रीले राखेको प्रस्तावमा छलफलका लागि समय निर्धारण हुनेछ । छलफलका क्रममा उठेका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने हुन्छ । प्रधानमन्त्रीको जवाफपछि प्रस्तावमाथि निर्णय प्रक्रिया सुरु हुनेछ । विश्वास मतको प्रस्तावलाई निर्णयार्थ पेस गर्दा मत विभाजन हुनेछ । सदस्यहरूले हस्ताक्षरसहित मत विभाजनमा सहभागी हुन पाउने छन् ।

संवैधानिक व्यवस्थाअनुसार विश्वास मतको मत विभाजनमा तत्काल कायम रहेको सङ्ख्या गणना हुनेछ । प्रतिनिधि सभामा हाल २७१ जना कायम सङ्ख्या छ । प्रधानमन्त्रीले विश्वासको मत पाउन १३६ सदस्य आवश्यक पर्छ ।

प्रतिनिधि सभामा एमालेका तर्फबाट १२१ सदस्य छन् । तर, पार्टीको आन्तरिक विवादका कारण एमालेका कति सांसदले ओलीलाई मत दिन्छन् भन्न सकिदैन । उद्यपी, एमाले एकै ठाउँमा उभिए पनि प्रधानमन्त्रीलाई विश्वासको मतका लागि थप १५ सदस्य आवश्यक पर्ने छ ।

कांग्रेस र माओवादीले विपक्षमा मत दिने निर्णय गरेको र जसपा पनि तटस्थ बस्ने भएकाले प्रधानमन्त्रीले विश्वासको मत पाउने सम्भावना कम देखिएको छ ।

नयाँ सरकार गठनको संवैधानिक व्यवस्था प्रकृया

नेपालको संविधानको धारा ७६ को उपधारा १ मा बहुमत प्राप्त दलको नेतृत्वमा सरकार गठन हुने व्यवस्था रहेको छ ।सोही धारमा रहेको व्यवस्था अनुसार नेकपा एमाले र माओवादी केन्द्र एकतापछि ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए । तर सर्वोच्च अदालतले पार्टी एकता भंग गरिदिएपछि एमाले र माओवादी पूर्ववत अवस्थामा फर्किएका छन् । माओवादीले ओलीलाई दिएको समर्थन समेत फिर्ता लिइसकेको छ ।

कुनै पनि दलसँग बहुमत नभएको अवस्थामा संविधानको धारा ७६ को उपधारा २ बमोजिम गठबन्धनको सरकार गठनको प्रक्रिया सुरु हुने छ । यो धारा अनुसार नयाँ सरकार गठन गर्न कांग्रेस, माओवादी र जसपा मिल्नुपर्छ । तर जसपाले तटस्थ बस्ने निर्णय गरेकाले यो धाराअनुसार गठबन्धनको सरकार बन्ने सम्भावना पनि कम छ ।

यो धाराअनुसार सरकार गठन नभएमा उपधारा ३ बमोजिमको प्रक्रिया सुरु हुन्छ । यसमा राष्ट्रपतिले संसदको सबैभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ । माधव–खनाल समूहले राजीनामा नदिएको अवस्थामा ठूलो दलको हैसियतले फेरि ओली नै प्रधानमन्त्री बन्न सक्नुहुनेछ । यसरी प्रधानमन्त्री बनेमा ओलीले ३० दिनभित्र फेरि विश्वासको मत लिनुपर्ने हुन्छ ।

यसअनुसार विश्वासको मत प्राप्त गर्न नसके संसदमा रहेका कुनै पनि नेताले विश्वासको मत पाउने आधारसहित प्रधानमन्त्रीमा दाबी गर्न पाउने छन् । यसअनुसार बनेका प्रधानमन्त्रीले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । यदि विश्वासको मत पाउन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले ६ महिनाभित्र चुनाव गर्ने गरी प्रतिनिधिसभा विघटन गर्नसक्ने संवैधानिक व्यवस्था छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५८

मुगु । छिमेकी मुगुसँग जोडिएका हुम्ला र बाजुरा जिल्लाको सीमा...

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

वि.सं.२०८३ जेठ २८ बिहीवार १६:४७

काठमाडौँ । सर्वोच्च अदालतको संयुक्त इजलास (माननीय न्यायाधीश श्री हरिप्रसाद...

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४५

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता...

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

वि.सं.२०८३ जेठ २७ बुधवार १६:०९

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत...