back
himalayan life

अबदेखि फौजदारी मुद्दाको अभियोगपत्र अनलाइन माध्यमबाटै हेर्न सकिने

काठमाडौं । काठमाडौं जिल्ला अदालत बार एशोसिएशनको पहलमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयबाट दायर हुने फौजदारी मुद्दाको अभियोगपत्र अनलाइन माध्यम मार्फत सार्वजनिक गरिने व्यवस्था मिलाइएको छ।

एशोसिएशनको अगुवाईमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले फौजदारी मुद्दाको अभियोगपत्र अनलाइनमा अपलोड गर्ने कार्यको आइतबारबाट शुभारम्भ गरेको हो ।

यससँगै काठमाडौ जिल्लामा चल्ने फैजदारी मुद्दाको अभियोगपत्र सम्बन्धित सरकारी वकिल कार्यालयको वेबसाइटबाट हेर्न सकिने छ । जिल्ला अदालतमा दर्ता भएका फौजदारी मुद्दाहरु कार्यालय समयपछि वेबसाइटमा अपलोड हुने छन् ।

कुनै कसुरको अभियुक्त भइसकेपछि आफू विरुद्ध अनुसन्धानको क्रममा जुटाएका प्रमाणहरु केके छन्, म विरुद्ध कुन दफा लगाइएको छ भनी थाहा पाउने अधिकार प्रतिवादीको संवैधानिक अधिकार रहेको छ ।

संविधानले दिएको यहि अधिकारको पहुँच सरल तथा सहज रुपमा अभियुक्तका वकिल र मुद्दा सम्बन्धी सरोकार राख्ने हरेक सरोकारवालाहरु सम्म पु¥याउने उद्देश्यले अभियोगपत्र अनलाइन मार्फत सार्वजनिक गरेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्युतमणि नेउपानेले बताए ।

अदालतलाई प्रविधिमैत्री, नमुना र जनताको अदालत बनाउनुपर्छ भन्ने अवधारणा अपनाउँदै आएको र अनलाइन मार्फत फौजदारी मुद्दाको अभियोगपत्र जारी हुनु नै अदालत प्रविधि नजिक र जनता माझ पुगेको काठमाडौं जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष रामचन्द्र पौडेल (आरसी विमल)ले बताए ।

सो अवसरमा एशोसिएसनका अध्यक्ष रामचन्द्र पौडेल (आर.सी. बिमल), उपाध्यक्ष पुरूषोत्तम अधिकारी, सचिव उज्जलराम श्रेष्ठ, सहसचिव अन्जु रेग्मी अर्याल, कोषाध्यक्ष सन्तोष भण्डारी, सदस्यहरू भीष्म निरौला, सूर्यबहादुर दौल्याल, चेतनाथ तिमल्सिना (चेतन) हरिओम लामिछाने, जीवन न्यौपाने, प्रविण हुमागाईँ, जिल्ला न्यायाधिवक्ता एवं प्रवक्ता लक्ष्मण उपाध्याय घिमिरे, काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार ज्ञानेन्द्र इटनी सहितको उपस्थिति रहेको थियो ।

काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले अनलाइन मार्फत अभियोगपत्र सार्वजनिक गर्नुले कानुन व्यवसायी मात्रै नभई, सेवाग्राही, सरोकारवाला सबैले हेर्न सक्ने छन् ।

उपत्यकामा देशभरका मानिसहरुको बसोबास भएका कारण काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले लिएको निर्णयमा आमजनताको पनि चासो रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विद्यार्थीका ५५ बढी टेक परियोजना प्रदर्शनीमा, लगानीकर्ता र स्टार्टअप अवसरसँग जोड्ने लक्ष्य

विद्यार्थीका ५५ बढी टेक परियोजना प्रदर्शनीमा, लगानीकर्ता र स्टार्टअप अवसरसँग जोड्ने लक्ष्य

वि.सं.२०८३ असार ११ बिहीवार २२:०९

काठमाडौँ । विद्यार्थीले निर्माण गरेका कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, साइबर सुरक्षा,...

असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार गर्ने लक्ष्य

असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार गर्ने लक्ष्य

वि.सं.२०८३ असार ११ बिहीवार १७:०४

काठमाडौं । नेपाल डेरी एसोसिएसनले राष्ट्रिय धान दिवस तथा असार...

नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता

नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता

वि.सं.२०८३ असार ११ बिहीवार १६:४७

काठमाडौं । नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच नागरिक...

बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा

बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा

वि.सं.२०८३ असार १० बुधवार १३:४८

काठमाडौं । काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपरस्टोर आज(वुधबार) देखि पुनः सञ्चालनमा...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ असार १० बुधवार १२:१९

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ असार ९ मंगलवार ११:२०

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ...