back
himalayan life

प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन प्रतिनिधि सभा सांसद , अर्थतन्त्रका संवाहक बने : को हुन् भट्टचन ?

अर्थतन्त्रका संवाहक भट्टचन

काठमाडौं । एमालेले उद्योगी व्यवसायी देवीप्रकाश भट्टचनलाई समानुपातिक सांसद बनाएको छ । ललितपुरमा बसेको एमालेको सचिवालय बैठकले भट्टचनलाई सांसद बनाएको हो ।

भट्टचन आदिवासी जनजातीबाट पहिलो नम्बरमा समानुपातिकमा परेका छन् ।

प्रभु ग्रुपका अध्यक्ष समेत रहेका भट्टचन यसअघि नेपाली कांग्रेसमा थिए । निर्वाचनभन्दा अगाडि एमालेमा प्रवेश गरेका भट्टचनलाई एमालेले समानुपातिक सांसद बनाएको हो ।

बाग्लुङ जिल्ला स्थायी घर भएका भट्टचन ललितपुर जिल्लाबाट सिफारिस भएका थिए ।

यसअघि भट्टचन नेपाली कांग्रेसबाट प्रतिनिधि सभा निर्वाचनको लागि सिफारिस भएका थिए ।

उनलाई नेपाली कांग्रेसले बाग्लुङ क्षेत्र नं २ को लागि क्षेत्रीय कार्यसमिति बैठकले उम्मेदवार सिफारिस गरेको थियो । तर उक्त क्षेत्रमा गठबन्धनबाट माओवादी केन्द्रका देवेन्द्र पौडेल उम्मेदवारी बनेका थिए ।

यो पटक पनि पार्टीले प्राथमिकता सूचीमा राख्न नखोजेपछि एमालेसँग भट्टचन नजिकिएका थिए ।

भट्टचन अघिल्लै संघीय चुनावमा समानुपातिकबाट सांसद बन्न चाहेका थिए । त्यो बेलामा समेत उनलाई प्राथमिकता सूचीमा राखिएन । त्यसपछि यो पटकको प्रतिनिधिसभाको निर्वाचनमा बागलुङबाट प्रत्यक्षबाट चुनावमा उठ्ने तयारी समेत थालेका थिए ।

कांग्रेसमा ३० वर्षे यात्रा

लामो समय नेपाली कांग्रेस पार्टीसँग आवद्ध भट्टचनको पारिवारिक पृष्ठभूमि नै कांग्रेस हो । कांग्रेसबाटै सशक्त ढंगले राजनीतिमा लाग्ने उनले विगतमा बताउँदै आएका थिए । उनी २०४८ सालदेखि नै कांग्रेसको सदस्य थिए । उनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका अत्यन्त निकट मानिन्थे ।

सोही कारण उनलाई अघिल्लो कार्यकालमा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको संगठन विभाग उपप्रमुख समेत बनाएका थिए । गोपालमान श्रेष्ठ विभाग प्रमुख हुँदा भट्टचन उपप्रमुख बनेका थिए ।

भट्टचन २०७४ सालको निर्वाचनमा पनि समानुपातिका कोटामा जनजातितर्फ सूचीमा समावेश थिए । २०७७ सालमा उनले नेपाली कांग्रेसको संगठन विभागको उपसंयोजकको जिम्मेवारी पाएका थिए । उनी २०४३ सालमा नेपाल युवक संगठनको धौलागिरी अञ्चलको निर्विरोध उपाध्यक्ष हुनुभएको थियो । २०४८ सालको आम निर्वाचनमा स्वतन्त्र उम्मेदवार उठेका उनी झिनो मतले पराजित भए । बाग्लुङ क्षेत्र नम्बर ३ बाट दोस्रो भएका उनी त्यसपछि नेपाली कांग्रेसको राजनीतिमा पुनः सक्रिय भए । २०४९ सालमा नेपाली काग्रेसकाबाट निर्विरोध जिल्ला विकास समिति सदस्य नियुक्त भएका थिए ।

२०७७ सालमा नेपाली कांग्रेसको संगठन विभागको उपसंयोजकको जिम्मेवारी पाएका उनी यसपटक प्रत्यक्ष र समानुपातिक दुवैमा सिफारिस भए तर अन्तिममा टिकट पाएनन् ।

प्रत्यक्षतर्फ गठबन्धन गर्दा माओवादीको कोटामा परेका उनलाई समानुपातिकको बाटो सहज देखिन्थ्यो ।

साथै उनी थकाली समुदायबाट अल्पसंख्यक पनि भएकाले कांग्रेसबाट सांसद हुने प्रवल सम्भावना थियो । तर कांग्रेसले टिकट नदिएपछि उनी नेकपा (एमाले) को समानुपातिक सूचीमा परेका थिए ।

व्यवसायिक पृष्ठभूमि भएका भट्टचन राजनीतिमा जाने तीव्र इच्छासहित बागलुङ क्षेत्रमा सामाजिक काममा समेत क्रियाशील थिए । उनी बागलुङ क्षेत्रमा लोकप्रिय समेत छन् । यो सबै पृष्ठभूमिका बाबजुद बागलुङमा प्रत्यक्ष चुनाव लड्ने चाहना समेत गठबन्धनका कारण सम्भव भएन ।

अर्थतन्त्रका संवाहक भट्टचन

सफल व्यवसायीका रुपमा रहेका भट्टचन अर्थतन्त्रका संवाहकका रुपमा लिन सकिन्छ । झण्डै आधा दर्जन बढी क्षेत्रमा लगानी गरेका भट्टचनले आर्थिक क्षेत्र राम्रोसँग बुझेका छन् ।

यसरी अर्थतन्त्र बुझेको व्यक्ति राजनीतिमा आउँदा आगामी दिनमा देशको अर्थतन्त्र थप सवल हुने देखिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटौलाको नेतृत्वमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

सिटौलाको नेतृत्वमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

वि.सं.२०८३ असार ३ बुधवार १८:५०

काठमाडौं । नेपालको सार्वजनिक यातायात क्षेत्रको छाता संगठन ‘नेपाल यातायात...

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त, थप ४ वर्ष नेतृत्व सम्हाल्ने

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त, थप ४ वर्ष नेतृत्व सम्हाल्ने

वि.सं.२०८३ असार ३ बुधवार १२:२२

काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रकै नेतृत्वदायी भूमिकामा रहेको नेपाल...

बार्न अध्यक्षमा नेपाल एयरलाइन्सका अनिल घिमिरे

बार्न अध्यक्षमा नेपाल एयरलाइन्सका अनिल घिमिरे

वि.सं.२०८३ जेठ २४ आइतवार १६:१८

काठमाडौं । नेपालमा उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूको छाता संगठन...

राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती निर्वाचित

राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती निर्वाचित

वि.सं.२०८३ जेठ १५ शुक्रवार १०:५२

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा झापाका लक्ष्मीप्रसाद उप्रेती निर्वाचित...

प्रस्तावित प्रधानन्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन

प्रस्तावित प्रधानन्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन

वि.सं.२०८३ जेठ ५ मंगलवार १६:३५

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई सर्वसम्मत...

मोबाइल व्यवसायी महासंघको अध्यक्षमा घिमिरे, महासचिवमा आचार्य

मोबाइल व्यवसायी महासंघको अध्यक्षमा घिमिरे, महासचिवमा आचार्य

वि.सं.२०८३ जेठ ३ आइतवार १८:०१

काठमाडौँ। नेपाल मोवाइल व्यवसायी महासंघको अध्यक्षमा रमेश घिमिरे निर्वाचित भएका...