back
himalayan life

चुनाव जितेपछि सोविता गौतमले भनिन् : तडकभडक गर्दैनौं, चौतारीमा बसेर गफ गर्छौं

निर्वाचन क्षेत्रका केही ठाउँमा जम्मा हुने, चौतारीमा बसेर गफ गर्ने र मोटरसाइकल र्‍याली ननिकाल्ने

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले तडक भडक नगर्ने बताएकी छन् ।

अधिक संयमका साथ निर्वाचन क्षेत्रका केही ठाउँमा जम्मा हुने, चौतारीमा बसेर गफ गर्ने र मोटरसाइकल र्‍याली ननिकाल्ने उनले बताएकी छन् ।

सामाजिक सन्जालमा उनले लेखेकी छन्, ‘अहिले  एकैछिनका लागि हामी निर्वाचन कार्यालय थलीमा जम्मा हुँदैछौं । चौतारीमा बसेर गफ गर्नेछौं ।’

उनले प्रतिस्पर्धी र फरक मत राख्नेहरुको आत्मसम्मानमा ठेस लाग्ने गरी कुनै वक्तव्य नदिने पनि उल्लेख गरेकी छन् । उनी अगाडि लेख्छिन्, ‘आम सर्वसाधारणलाई असहज हुनेगरी हामी ठूलो तडक–भडक गर्नेछैनौं, मोटरसाइकल र्‍याली गर्ने, हर्न बजाउने आदि कृत्य गर्ने छैनौं ।अधिक संयमका साथ हामी हाम्रो निर्वाचन क्षेत्रका केही ठाउँमा जम्मा हुनेछौं र सबैजनालाई धन्यवाद दिनेछौं । प्रतिस्पर्धी साथीहरु तथा फरक मत राख्ने मतदाताको आत्मसम्मानमा ठेस लाग्ने गरी कुनै वक्तव्य दिनेछैनौं ।’

आज बिहान ११ बजे म्याजेस्टिक ब्यांक्वेट जडीबुटीमा पत्रकार सम्मेलन गर्ने जानकारी पनि गौतमले दिएकी छन् ।

काठमाडौं क्षेत्र नम्बर २ मा सोविता गौतम १५ हजार २२९ मत ल्याएर विजयी हुँदा पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीमगर चौथो स्थानमा रहिन् ।

दोस्रो भएका नेकपा एमालेका उम्मेदवार मणिराम फुयालले ११ हजार ५५५ मत पाए । राप्रपाका उम्मेदवार कुन्तीदेवी पोखरेलको पक्षमा ११ हजार १४ र ओनसरीको पक्षमा ९ हजार ४४९ मत पर्‍यो।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ट्राफिक नियमसँगै राज्यको लापरबाहीमा पनि जरिवानाको व्यवस्था गर्न सांसद शाहीको माग

ट्राफिक नियमसँगै राज्यको लापरबाहीमा पनि जरिवानाको व्यवस्था गर्न सांसद शाहीको माग

वि.सं.२०८३ असार १४ आइतवार १३:२०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले...

फिफा विश्वकप २०२६ : नकआउट चरणको पूर्ण तालिका सार्वजनिक, कुन टिमको भिडन्त कहिले र कहाँ ?

फिफा विश्वकप २०२६ : नकआउट चरणको पूर्ण तालिका सार्वजनिक, कुन टिमको भिडन्त कहिले र कहाँ ?

वि.सं.२०८३ असार १४ आइतवार १३:०५

काठमाडौं । फिफा विश्वकप २०२६ को समूह चरणका रोमाञ्चक र...

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुर कार्यसम्पादनका आधारमा देशभरका जिल्ला...

लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा लागुऔषधको उत्पादन, बिक्री–वितरण,...

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

वि.सं.२०८३ असार १२ शुक्रवार १०:१२

काठमाडौं । विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीलाई सरकारले दिएको...

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

वि.सं.२०८३ असार ११ बिहीवार २२:०४

काठमाडौं । नेपाल सरकार, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न...