back

नेप्सेले ३गर्यो २ कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्सका लागि सिफारिस (सूची सहित)

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रबार अर्थात असोज २८ गतेसम्म ३२ वटा कम्पनीले ब्रोकर लाइसेन्सका लागि निवेदन दिएका छन् ।

नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्सका लागि गत असोज २ गते ३० दिनको समयदेखि आवेदन खुला गरेको थियो ।

हालसम्म आवेदन दिएका ३२ वटै कम्पनीलाई नेप्सेले कारोबार गर्ने अनुमतिका लागि बोर्डमा नाम सिफारिस गरेको छ ।

नयाँ ब्रोकर लाइसेन्सको लागि आवेदन दिने अधिकांश कम्पनीको चुक्ता पुँजी २० करोड रुपैयाँको सीमामा रहेको नेप्सेले जनाएको छ ।

धितोपत्र ऐन २०६४ को दफा ५७ को उपदफा २ (ग) को ‘धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्रका लागि निवेदन दिनुपर्ने शीर्षकमा’ मा ‘धितोपत्र बजारको सदस्यता लिएरमात्र व्यवसाय गर्न पाउने तोकिएबमोजिमका व्यवसायीका हकमा सम्बन्धित धितोपत्र बजारको सिफारिसपत्र’ भनिएको छ ।
त्यसैले नयाँ ब्रोकर लाइसेन्सका लागि नेप्सेको सिफारिस अनिवार्य छ।

नयाँ ब्रोकर लाइसेन्स ३ किसिमका हुनेछन् । बोर्डले तोकेको पुँजी संरचना अनुसार सीमित दायराको पहिलो तहको ब्रोकरका लागि २० करोड रुपैयाँ निर्धारण गरेको छ ।

यसले सेयर खरीदबिक्री गर्नेसँगै डीपीको रुपमा काम गर्ने पाउँनेछ ।

त्यस्तै, मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायरा सहितको दोस्रो तहको ब्रोकरको चुक्तापुँजी ६० रुपैयाँ करोड र तेस्रो तह स्टक डिलरका लागि १ अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी हुनुपर्नेछ ।

नयाँ ब्रोकरको लागि असोज ३१ गतेसम्म आवेदन दिन पाइनेछ ।

ब्रोकर लाइसेन्सका लागि सिफारिस माग्ने कम्पनीहरु:

भोले गणेश सेक्युरिटिज लिमिटेड
क्यापिटल म्याक्स सेक्युरिटिज प्रालि
कलश सेक्युरिटिज प्रालि
हिमालयन ब्रोकरेज कम्पनी
एनएमबी सेक्युरिटिज लिमिटेड
केबीएल सेक्युरिटिज लिमिटेड
प्रोपर्टी बिजार्ड लिमिटेड
सेयरप्रो सेक्युरिटिज लिमिटेड
माछापुच्छ्रे सेक्युरिटिज प्रालि
एनआईसी एसिया सेक्युरिटिज लिमिटेड
सन सेक्युरिटिज प्रालि
पाही इन्भेस्टमेन्ट लिमिटेड
मियो सेक्युरिटिज प्रालि
मेगा स्टक ब्रोकर लिमिटेड
एलिट स्टक हाउस
इन्फिनिटी सेक्युरिटिज लिमिटेड
इन्डेक्स सेक्युरिटिज लिमिटेड
जेबीएनएल सेक्युरिटिज लिमिटेड
प्रभु स्टक मार्केट क्यापिटल लिमिटेडे
आरबीबी सेक्युरिटिज कम्पनी लिमिटेड
एसपीएसबी सेक्युरिटिज लिमिटेड
नबिल सेक्युरिटिज लिमिटेड
शुभकामना सेक्युरिटिज प्रालि
ट्रेडमो सेक्युरिटिज प्रालि
सानिमा सेक्युरिटिज लिमिटेड
आकाशभैरव सेक्युरिटिज लिमिटेड
हिमालयन सेक्युरिटिज लिमिटेड
क्यापिटल हब प्रालि
गरिमा सेक्युरिटिज लिमिटेड
स्टक्सकाट्र्स सेक्युरिटिज लिमिटेड
हातेमालो फानान्सियल सर्भिसेज प्रालि
सीबीआईएल सेक्युरिटिज

nactional life
Corporatebazar 11 Anniversary

अझै सम्हालिन सकेन बजार: नेप्से ५.७३ अंकले घट्यो

अझै सम्हालिन सकेन बजार: नेप्से ५.७३ अंकले घट्यो

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:३१

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक  बिहीबार...

सिडिएससीको एपिआईले सहज बनायो शेयर फुकुवा: अब रिलिज भएकै दिन बिक्री गर्न मिल्ने

सिडिएससीको एपिआईले सहज बनायो शेयर फुकुवा: अब रिलिज भएकै दिन बिक्री गर्न मिल्ने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १३:३२

काठमाडौं । नेपालको पूँजी बजारमा शेयर धितो कर्जा (मार्जिन लेन्डिङ)...

सोपन फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट: ३ लाख ४७ हजार आवेदकको हात खाली परेन

सोपन फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट: ३ लाख ४७ हजार आवेदकको हात खाली परेन

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२७

काठमाडौं । सोपन फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक...

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:२१

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका...

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १६ बुधवार ११:२६

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज (बैशाख १६ गते) देखि...

एभरेष्ट कलर लिमिटेडको आईपीओ आजदेखि खुला

एभरेष्ट कलर लिमिटेडको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२९

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...