back

अब खानेपानीमा ठग्नेलाई सरकारले कारबाही गर्ने, बोत्तलको १६ र जारको ४७ रुपैयाँभन्दा बढी लिन नपाइने

काठमाडौं । सरकारले १ लिटरको बोतलमा भरिएका खाने पानीलाई १६ रुपैयाँभन्दा महँगो मूल्यमा बेच्न नपाइने व्यवस्था गरेको छ ।

काठमाडौं उपत्यकाभित्र १६ र उपत्यका बाहिर २० रुपैयाँभन्दा महँगोमा पानी बेच्न नपाइने गरी बाणिज्य विभागले मूल्य निर्धारण गरेको हो ।

अहिले काठमाडौंमा पसलैपिच्छे भिन्दाभिन्दै भाउ गरेर एक बोतल पानी १५ देखि ३० रुपैयाँसम्म बेचिरहेका छन् ।

विशेष शुद्धिकरण र प्याकेजिङ गरिएका महँगा ब्राण्डेड पानीको मूल्य भने यसमा समावेश छैनन् । यो मूल्य हामीले हरेक पसलमा किनेर पिउन पाइने साधारण बोतलको पानीका लागि हो ।

त्यस्तै २० लिटरको जारमा भरिएको पानीको भाउ बढीमा ४७ रुपैयाँसम्ममात्रै लिन पाइने नियम बनाइएको छ । उपत्यका बाहिर १ जार पानीको बढीमा ६० रुपैयाँसम्म लिन पाइने भनिएको छ । अहिले उपत्यकाभित्रै ठाउँअनुसार ३० देखि ६५ रुपैयाँसम्ममा पानी विक्रि भइरहेको व्यवसायी नै बताउँछन् । त्यतिमात्रै होइन, २० लिटरको जार भनेर १८–१९ लिटरमात्रै अट्ने जार बनाउने गरेको गुनासो आउन थालेपछि विभागले यसमा पनि ध्यान दिने भनेको छ । पछिल्ला केही वर्षयता जार र बोतलको आकार घटाएर उद्योगीले ठग्ने गरेको गुनासाहरु आउन थालेको विभागका अधिकारीले बताए ।

वाणिज्य, आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीहरुलाई बोलाएरै तोकिएभन्दा धेरै मूल्य नलिन निर्देशन दिएको छ । विभागले तोकिएभन्दा बढी मूल्य असुलेको पाएको भनेर अब त्यसो गरे कारबाही गर्ने भनेको छ । विभागले गत सोमबार पानी उत्पादक तथा बिक्रेताहरुलाई बोलाएर खानेपानीको बिक्री वितरणमा मनलाग्दी नगर्न भनेको हो ।

पानीको गुणस्तर र जारको गुणस्तर तथा मापदण्डका विषयमा विभागले विशेष अनुगमन सुरु गर्ने तयारी थालेको बताएको छ ।

विभागका महानिर्देशक महेश भट्टराईले पानीको मूल्य र गुणस्तरको विषयमा व्यावसायीलाई सजग गराएको बताए ।

यसअघि संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले लामो अध्ययन पश्चात् पानीको मूल्य निर्धारण गरेको थियो । उक्त मूल्य कार्यान्वयन गराउन अहिले विभागले अग्रसरता देखाएको हो ।

 

nactional life
Corporatebazar 11 Anniversary

उद्योग वाणिज्य महासंघको निर्वाचनको तयारी पुरा : ७३ पदमा १३७ जना उम्मेदवार प्रतिस्पर्धामा

उद्योग वाणिज्य महासंघको निर्वाचनको तयारी पुरा : ७३ पदमा १३७ जना उम्मेदवार प्रतिस्पर्धामा

वि.सं.२०८३ वैशाख २० आइतवार ११:२४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारणसभा...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:१७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर...

सानादेखि ठूला व्यवसायीको भावना समेट्ने ज्योत्सना श्रेष्ठको दाबी,प्यानलबाट १९ जना मैदानमा

सानादेखि ठूला व्यवसायीको भावना समेट्ने ज्योत्सना श्रेष्ठको दाबी,प्यानलबाट १९ जना मैदानमा

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:३१

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनका...

महासंघ निर्वाचन: वित्तीय क्षेत्रको मुद्दा बोकेर मैदानमा उत्रिए राजकुमार तिमिल्सिना

महासंघ निर्वाचन: वित्तीय क्षेत्रको मुद्दा बोकेर मैदानमा उत्रिए राजकुमार तिमिल्सिना

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:१६

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनको...

श्रमिकलाई घडेरी किन्न १ करोड ५० लाखसम्म ऋण, ब्याजदर ६ प्रतिशत मात्रै

श्रमिकलाई घडेरी किन्न १ करोड ५० लाखसम्म ऋण, ब्याजदर ६ प्रतिशत मात्रै

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १७:२२

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरूका लागि खुसीको खबर...

खाना पकाउने ग्यास १५० रूपैयाँले बढ्दा पेट्रोल र डिजेलको मूल्य कति?

खाना पकाउने ग्यास १५० रूपैयाँले बढ्दा पेट्रोल र डिजेलको मूल्य कति?

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५९

काठमाडौं । नेपाल आयल निगमले इन्धनको नयाँ मूल्य समायोजन गरेको...