back

२२ जनाको हत्या गर्ने फूलन कसरी बनिन् दलितको ‘मसिहा’, चर्चित छ ‘ब्यान्डिट क्विन’ को कहानी

जीवनको गाडीले हामीलाई कहिले कुन मोडमा ल्याउँछ भन्नै सकिन्न । फूलन देवी उर्फ ​​दास्यु सुन्दरीलाई पनि जीवनको गाडीले धेरै मोडमा पुर्यायो । दस्यु सुन्दरीको नामले चर्चित फूलन देवी कुनै जमानामा डरको दोस्रो नाम हुने गर्थिन् ।

थुप्रै पटक सामूहिक बलात्कार, अत्याचार र त्यसपछि डाँकुबाट सांसद बनेकी फूलनको जीवनको यात्राले धेरैलाई चकित बनाइदिन्छ ।

फूलन देवीको आज अर्थात् अगस्ट १० मा ५९ औँ जन्मजयन्ती हो । उनी आफ्नो जीवनमा भएको एउटा काण्डका कारण पूरा देशभरी चर्चित भएकी थिइन् । यतिमात्रै होइन उनी आफ्नो मृत्युको २१ वर्षपछि पनि उत्तर प्रदेशको राजनीतिमा कतै न कतै सक्रिय छिन् । फूलन देवीको जीवनमा बलिउडमा एउटा फिल्म बन्यो जसले धेरैको मन–मस्तिष्कमा गहिरो छाप छोडेको थियो ।

३० वर्ष जेठोसँग भएको थियो विवाह

फूलन देवीको जन्म सन् १९६३ मा युपीको जालौन जिल्लाको घूराको एउटा सानो गाउँमा भएको थियो । मल्लाह परिवारमा जन्मिएकी फूलनको जीवन बाल्यकालदेखि नै अत्यधिक कठिन रह्यो । असाध्यै गरिबीमा हुर्किएकी फूलन असाध्यै हक्की स्वभावकी थिइन् । यतिमात्रै होइन उनले महिला र पिछडिएको वर्ग हुनुको पीडा पनि झेलिसकेकी थिइन् । रिसाहा स्वभावका कारण एक दिन फूलनले १० वर्षको उमेरमा जमिन हडप्ने आफ्ना काकाको छोराको टाउकोमा इट्टा हानेकी थिइन् । उनको यस्तो गरेपछि सजायको रुपमा ११ वर्षको उमेरमा फूलनको विवाह ३० वर्ष जेठा व्यक्तिसँग गरियो । विवाहपछि श्रीमानले उनको बलात्कार गरे, बिस्तारै उनको स्वास्थ्य यति धेरै बिग्रियो कि उनी माइती जान बाध्य भइन् । केही दिन पछि उनका भाइले उनलाई घर फिर्ता पठाइदिए । घर पुगेपछि फूलनलाई उनका श्रीमानले दोस्रो विवाह गरिसकेको थाहा भयो । श्रीमान् र उनकी नयाँ श्रीमतीले फूलनलाई असाध्यै दुःख दिए, त्यसपछि उनले घर छोड्ने निर्णय गरिन् ।

जब फूलनले पीडा भोगिन्

घर र माइती दुबै छोडेपछि फूलन चम्बलका डाँकुको समूहमा समावेश भएकी थिइन् । तर केही हप्तापछि नै ठाकुरको समूहले १८ वर्षकी फूलनलाई अपहरण गरेर बेहमई गाउँमा तीन हप्तासम्म सामूहिक बलात्कार गरे । उनी कसैपछि ठाकुरको जालबाट भाग्न सफल भइन् र त्यसपछि सन् १९८१ मा फूलन देवीले आफूमाथि भएको ज्यादतीको बदला लिँदै २२ ठाकुरलाई लाइनमा उभ्याएर गोली ठोकिन् । यो घटनापछि नै फूलन देवी चर्चामा आइन् र उनको नाम ‘ब्यान्डिट क्विन’ रहन गयो । यसको दुई वर्षपपछि सन् १९८३ मा फूलन देवीले प्रहरीसमक्ष आत्मसमर्पण गरिन् । त्यसपछि २२ जनाको हत्या, ३० वटा चोरी र १८ वटा अपहरणको मामिलामा उनलाई ११ वर्षको कैद सजाय भयो । ११ वर्षको सजाय काटेपछि उनीमाथि लगाइएको सबै मुद्दा फिर्ता भए । जेलबाट बाहिरिएपछि फूलनले उम्मेद सिंहसँग विवाह गरिन् र समाजवाद पार्टीबाट चुनाव लडेर जितिन् । फूलनलाई दलितको मसिहाको रुपमा पहिचान दिलाइयो । २५ जुलाई सन् २००१ मा तीन नकाबधारीले फूलनदेवीलाई उनको दिल्लीको घर बाहिर गोली हानी हत्या गरिदिए ।

जब फिल्मी पर्दामा आयो ब्यान्डिट क्विन

देशभरी चर्चित भएकी यी महिलाको जीवनलाई बलिउडका निर्देशक शेखर कपुरले पर्दामा ल्याउने निर्णय गरेका थिए । लेखिका माला सेनले फूलन देवीको जीवनमा ‘ब्यान्डिट क्विन ः द ट्रू स्टोरी अफ फूलन देवी’ किताब लेखेकी थिइन् जसमा सन् १९९४ मा शेखर कपुरले फिल्म ‘ब्यान्डिट क्विन’ बनाए । यो फिल्ममा अभिनेत्री सिमा विश्वासले फूलन देवीको भूमिका निभाएकी थिइन् । त्यस वर्ष यो फिल्मले बेस्ट फिचर फिल्मको नेशनल अवार्ड पायो । साथै, फिल्मफेयरको बेस्ट क्रिटिक्स अवार्ड र बेस्ट डायरेक्सनको अवार्ड पनि पाएको थियो । यसका साथै सिमा विश्वासलाई पनि नेशनल अवार्डबाट सम्मानित गरिएको थियो । त्यतिबेला यो फिल्म असाध्यै विवाद पनि आएको थियो । यतिमात्रै होइन। फिल्ममा सिमा विश्वासले दिएको बलात्कारको दृश्यमा पनि ठूलै विवाद निम्तिएको थियो । यो सीनमा सेन्सर बोर्डले कैँची चलाएको थियो । फूलन देवीले पनि यो फिल्ममा व्यापक विरोध गरिरहेकी थिइन् । उनले थुप्रै थिएटर मालिकलाई धम्की पनि दिएकी थिइन् । तर अदालतको आदेशमा फिल्म रिलिज गरिएको थियो ।

nactional life
Corporatebazar 11 Anniversary

किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण

किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण

वि.सं.२०८३ वैशाख २३ बुधवार १२:२८

ललितपुर । किष्ट मेडिकल कलेज शिक्षण अस्पताल अन्तर्गतको किष्ट किड्नी...

दूरसञ्चार ठगी प्रकरणमा सर्बेश जोशी पक्राउ

दूरसञ्चार ठगी प्रकरणमा सर्बेश जोशी पक्राउ

वि.सं.२०८३ वैशाख २२ मंगलवार १०:४१

काठमाडौं । ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न रहेको...

पशुपति धर्मशाला पशुपतिमै फिर्ता, मारवाडीले हडपेको जग्गा कोषमै ल्याउने बाटो खुल्ला

पशुपति धर्मशाला पशुपतिमै फिर्ता, मारवाडीले हडपेको जग्गा कोषमै ल्याउने बाटो खुल्ला

वि.सं.२०८३ वैशाख २२ मंगलवार १०:०२

काठमाडौं । उच्च अदालत पाटनले मारवाडी सेवा समितिले कब्जा गर्दै...

एकल महिलाले दोस्रो विवाह गरे पनि अंश फिर्ता गर्नु नपर्ने, सर्वोच्चद्वारा विवादास्पद कानुनी व्यवस्था खारेज

एकल महिलाले दोस्रो विवाह गरे पनि अंश फिर्ता गर्नु नपर्ने, सर्वोच्चद्वारा विवादास्पद कानुनी व्यवस्था खारेज

वि.सं.२०८३ वैशाख २१ सोमवार २२:१९

काठमाडौं । एकल महिला (विधवा) ले अर्को विवाह गरेमा पूर्वपतिबाट...

गोल्छा प्रकरण: कानुनी प्रक्रिया मिचेर थुनेको सर्वोच्चको ठहर, बीमा कसुरमा पुनः पक्राउ पर्ने सम्भावन

गोल्छा प्रकरण: कानुनी प्रक्रिया मिचेर थुनेको सर्वोच्चको ठहर, बीमा कसुरमा पुनः पक्राउ पर्ने सम्भावन

वि.सं.२०८३ वैशाख २१ सोमवार २०:०९

काठमाडौं । सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर...

कानुन, न्याय तथा मानव अधिकार समितिको प्रभावकारिता बढाउन कार्यक्षेत्र स्पष्ट पारिने : समिक्षा बास्कोटा

कानुन, न्याय तथा मानव अधिकार समितिको प्रभावकारिता बढाउन कार्यक्षेत्र स्पष्ट पारिने : समिक्षा बास्कोटा

वि.सं.२०८३ वैशाख २१ सोमवार १९:०६

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिकी सदस्य...