back

युक्रेन युद्धले महँगिएको तेलको भाउ लगातार ओरालो लाग्दै, नेपालमा पनि सस्तिएला त पेट्रोलियम भाउ?

काठमाडौं । युक्रेन युद्ध सुरुभए यता उकालो लागेको कच्चा तेलको भाउ अहिले तीव्र दरमा सस्तिन थालेको छ ।

अमेरिका र फ्रान्सले साउदी अरबसँग निरन्तर अनुरोध गरेपछि खनिज तेल उत्पादक राष्ट्रहरुको संगठन ओपेक प्लसले गत बुधबार कच्चा तेलको उत्पादन दैनिक १ लाख ब्यारेल वा विश्वब्यापी मागको शून्य दशमलव १ प्रतिशत बढाउने सहमति गरेको थियो ।

पश्चिमा देशहरुले इरानजस्तै रुसबाट पनि तेल नकिन्ने भनेपछि विश्व बजारमा कच्चा तेलको आपूर्ति नै घटेको थियो ।

यसले कच्चा तेलको भाउ प्रतिब्यारेल १ सय ३० डलरभन्दा माथि पुगेको थियो । तेलको उत्पादन बढाउने खबर आउनासाथ सेप्टेम्बर कन्ट्रयाक्टको ब्रेण्ट क्रुडको भाउ प्रतिब्यारेल ९३ डलरको नजिक झरेको थियो ।

अहिले यस्तो कच्चा तेलको भाउ ९६ डलर प्रतिब्यारेल छ । तेलको भाउ महँगो हुँदा संसारभर महँगी चुलिएको छ भने युरोप र अमेरिका नयाँ मन्दीमा जाने संभावना बढेको छ ।

पश्चिमा राष्ट्रको अर्थतन्त्र मन्दीमा गयो भने यसले पेट्रोलियमा खपत झनै कम गराउने र भविष्यमा पेट्रोलियम पदार्थको मूल्य युक्रेन युद्धभन्दा अघिकै अवस्थामा फर्कने आँकलन हुन थालेको छ ।

नेपालमा पहिलेभन्दा सस्तो मोलमै पेट्रोलियम पदार्थ पाइएको भए पनि विगतको ठूलो ऋण भार पूर्ति गर्न भनेर सरकार र आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छैन ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम सस्तिँदै गए केही महिनापछि नेपालमा पनि डिजेल र पेट्रोल सस्तो हुने छ । यतिञ्जेलमा आयल निगमको करीब ३३ अर्ब सञ्चित घाटा पनि पूर्ति हुन सक्छ ।

nactional life
Corporatebazar 11 Anniversary

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ वैशाख २३ बुधवार ०८:३६

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख २३ बुधवार ०८:३०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

अन्तर्राष्ट्रिय बजारका कारण इन्धनको मूल्य घटाउन नसकिने सरकारको स्पष्टोक्ति

अन्तर्राष्ट्रिय बजारका कारण इन्धनको मूल्य घटाउन नसकिने सरकारको स्पष्टोक्ति

वि.सं.२०८३ वैशाख २२ मंगलवार २१:०७

काठमाडौँ । सरकारले हालको अवस्थामा पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने...

पेट्रोलियम र ग्यासमा बढ्दो घाटा, अन्तर्राष्ट्रिय मूल्यकै दबाब : सचिव राउत

पेट्रोलियम र ग्यासमा बढ्दो घाटा, अन्तर्राष्ट्रिय मूल्यकै दबाब : सचिव राउत

वि.सं.२०८३ वैशाख २२ मंगलवार १९:००

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर...

उद्योग वाणिज्य महासंघको ६० औँ साधारणसभामा नयाँ कार्यसमितीका लागि मतदान सुरु

उद्योग वाणिज्य महासंघको ६० औँ साधारणसभामा नयाँ कार्यसमितीका लागि मतदान सुरु

वि.सं.२०८३ वैशाख २२ मंगलवार १२:०३

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारणसभा तथा नयाँ...

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग साउनदेखि सञ्चालनमा ल्याउने तयारी

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग साउनदेखि सञ्चालनमा ल्याउने तयारी

वि.सं.२०८३ वैशाख २२ मंगलवार १२:००

काठमाडौं । बहुप्रतीक्षित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आगामी साउनको दोस्रो सातादेखि पूर्ण...