back
skip this Samagra

युक्रेन युद्धले महँगिएको तेलको भाउ लगातार ओरालो लाग्दै, नेपालमा पनि सस्तिएला त पेट्रोलियम भाउ?

काठमाडौं । युक्रेन युद्ध सुरुभए यता उकालो लागेको कच्चा तेलको भाउ अहिले तीव्र दरमा सस्तिन थालेको छ ।

अमेरिका र फ्रान्सले साउदी अरबसँग निरन्तर अनुरोध गरेपछि खनिज तेल उत्पादक राष्ट्रहरुको संगठन ओपेक प्लसले गत बुधबार कच्चा तेलको उत्पादन दैनिक १ लाख ब्यारेल वा विश्वब्यापी मागको शून्य दशमलव १ प्रतिशत बढाउने सहमति गरेको थियो ।

पश्चिमा देशहरुले इरानजस्तै रुसबाट पनि तेल नकिन्ने भनेपछि विश्व बजारमा कच्चा तेलको आपूर्ति नै घटेको थियो ।

यसले कच्चा तेलको भाउ प्रतिब्यारेल १ सय ३० डलरभन्दा माथि पुगेको थियो । तेलको उत्पादन बढाउने खबर आउनासाथ सेप्टेम्बर कन्ट्रयाक्टको ब्रेण्ट क्रुडको भाउ प्रतिब्यारेल ९३ डलरको नजिक झरेको थियो ।

अहिले यस्तो कच्चा तेलको भाउ ९६ डलर प्रतिब्यारेल छ । तेलको भाउ महँगो हुँदा संसारभर महँगी चुलिएको छ भने युरोप र अमेरिका नयाँ मन्दीमा जाने संभावना बढेको छ ।

पश्चिमा राष्ट्रको अर्थतन्त्र मन्दीमा गयो भने यसले पेट्रोलियमा खपत झनै कम गराउने र भविष्यमा पेट्रोलियम पदार्थको मूल्य युक्रेन युद्धभन्दा अघिकै अवस्थामा फर्कने आँकलन हुन थालेको छ ।

नेपालमा पहिलेभन्दा सस्तो मोलमै पेट्रोलियम पदार्थ पाइएको भए पनि विगतको ठूलो ऋण भार पूर्ति गर्न भनेर सरकार र आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छैन ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम सस्तिँदै गए केही महिनापछि नेपालमा पनि डिजेल र पेट्रोल सस्तो हुने छ । यतिञ्जेलमा आयल निगमको करीब ३३ अर्ब सञ्चित घाटा पनि पूर्ति हुन सक्छ ।


१० करोड लगानीमा ‘त्रिशुली भिल्ला’ सन्चालनमा

१० करोड लगानीमा ‘त्रिशुली भिल्ला’ सन्चालनमा

वि.सं.२०८१ वैशाख ५ बुधवार ०९:४८

काठमाडौं ।  पृथ्वी राजमार्गको मलेखु नजिक बेनिघाटमा त्रिशुली रिभरसाइड रिसोर्ट...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति ?

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:०८

काठमाडौँ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले...

वाइवाई चाउचाउले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

वाइवाई चाउचाउले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:०१

काठमाडौं । नेपालको चर्चित वाइवाई  चाउचाउले सर्वसाधारणका लागि आईपीओ जारी...

सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रु

सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रु

वि.सं.२०८१ वैशाख ३ सोमवार १४:२५

काठमाडौँ । सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रु भएको...

बेको ब्राण्डका घरायसी उपकरण खरिदमा ४१ हजार रुपैयाँ क्यास ब्याक र विभिन्न उपहारहरु पाइने

बेको ब्राण्डका घरायसी उपकरण खरिदमा ४१ हजार रुपैयाँ क्यास ब्याक र विभिन्न उपहारहरु पाइने

वि.सं.२०८० चैत २८ बुधवार ०९:३०

काठमाडौं । युरोपकै शीर्ष ३ नम्बरमा रहेको घरायसी उपकरण ब्राण्ड...

एलजीको नयाँ वर्षे योजनामा ४० प्रतिशतसम्म क्यास ब्याकसँगै उपहारको अवसर

एलजीको नयाँ वर्षे योजनामा ४० प्रतिशतसम्म क्यास ब्याकसँगै उपहारको अवसर

वि.सं.२०८० चैत २२ बिहीवार १२:३७

काठमाडौं । एलजीले नयाँ वर्ष २०८१ साललाई लक्षित गरी विभिन्न...