back

२६ सांसदलाई कोरोना, पर्सि बिशेष अधिवेशन स्थगनको उच्च विन्दूमा

२५ वैशाख, काठमाडौँ–२६ सांसदमा कोरोना पोजेटिभ देखिएपछि पर्सिका लागि आह्वान गरिएको विशेष अधिवेशन स्थगित हुने सम्भावना बढेको छ । पर्सि विस्वासको मत लिने तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज आकस्मिक क्याबिनेट बैठक बोलाएका थिए । नियमित बैठक सकिएको तेस्रो दिन आज साँझ ५ बजे बिना कुनै बिशेष एजेन्डा बैठक बोलाइएको हो ।

पर्सि सोमबारको लागि आह्वान गरिएको विशेष अधिवेशनका लागि परिस्थिति अनुकूल नदेखेपछि केही महत्वपूर्ण निर्णय लिन क्याबिनेट बैठक बोलाएको हो ।

क्याबिनेटको नियमित बैठक सोमबार या बिहीबार राख्ने गरिएकोमा दुई दिनअघि मात्र बसेको बैठक आज शनिबार अकस्मात बोलाइएको हो । यसरी प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मीक बैठक बोलाउँदा संसद्को विशेष अधिवेशन स्थगित गर्न खोजेको अनुमान गरिएको छ ।

बालुवाटार स्रोतले विशेष अधिवेशन स्थगनको सम्भावना बढेको जनाएको छ । स्रोतका अनुसार ‘कोरोना संक्रमितको संख्या बढेको बढ्यै छ,मन्त्रीज्यूहरु नै संक्रमणको शिकार हुनुपरेको अवस्था छ । त्यसैले अधिवेशन स्थगित हुने सम्भावना उच्च छ । यसबारे आजको क्याबिनेटले निर्णय गर्न सक्छ ।’

प्रधानमन्त्री ओलीलाई माधव नेपाल खेमासँग कुरा नमिलेको अबस्थामा जसपाबाट चाहेजति भोट आउने अवस्था नदेखेपछि तत्काल विश्वासको मत नलिने सोचमा पुगेको विपक्षीहरुले आरोप लगाएका छन् । फलस्वरुप बालुवाटार निकट स्रोतले कोरोनालाई कारण देखाए पनि यथार्थमा भने राजनीतिक परिस्थिति प्रतिकूल बन्दै गएपछि ओली अधिवेशन स्थगित गर्ने मनस्थितिमा पुगेको बताएको छ ।

आफैंले बोलाएको अधिवेशनबाट फिर्ता हुन अप्ठेरो हुने भएपछि कोरोना संक्रमणलाई कारण देखाएर ओलीले संसद छेक्ने रणनीति अघि सारेको विपक्षीको आरोप छ ।
यी हुन् कोभिड पोजेटिभ भएका २६ सासंदः

–झलनाथ खनाल
–मुकुन्द न्यौपाने
–मायादेवी न्यौपाने
–पार्वती डिसी चौधरी
–राजेन्द्रप्रसाद गौतम
–नन्दलाल रोका क्षेत्री
–लालबाबु पण्डित
–लक्ष्मणलाल कर्ण
–नरमाया ढकाल
–महेश बस्नेत
–रामबाबु यादव
–गोपालबहादुर बम
–मीता कुमारी चौधरी
–शान्तिमाया तामाङ
–विना कुमारी श्रेष्ठ
–रेनुका गुरुङ
–जुलीकुमारी महतो
–रघुवीर महासेठ
–किसान श्रेष्ठ
–सुरेश कुमार राई
–पुष्पा कुमारी कर्ण कायस्थ
–भानुभक्त ढकाल
–बीना मगर
–भरतकुमार शाह
–प्रमोद शाह
–दिपकप्रकाश भट्ट

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

वि.सं.२०८३ साउन ६ बुधवार १८:२२

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा...

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

वि.सं.२०८३ असार २८ आइतवार १८:०८

काठमाडौं । नेपाली पात्रो अनुसार हामी असार मसान्तको संघारमा छौँ।...

आर्थिक वर्षको अन्तिम दिनमै ३३ अर्ब १६ करोड खर्च; ३ जना अर्थमन्त्री फेरिँदा पनि बजेट खर्च ७९ प्रतिशतमा सीमित

आर्थिक वर्षको अन्तिम दिनमै ३३ अर्ब १६ करोड खर्च; ३ जना अर्थमन्त्री फेरिँदा पनि बजेट खर्च ७९ प्रतिशतमा सीमित

वि.सं.२०८३ असार २६ शुक्रवार १४:३०

काठमाडौं । नेपालको सार्वजनिक वित्त व्यवस्थापनमा वर्षौँदेखि रोगका रूपमा रहेको...