बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब कुनको मूल्य कति पुग्यो ?
वि.सं.२०७९ जेठ २७ शुक्रवार
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । अन्तराष्ट्रिय बजारमा उच्च दरले मुल्य बृद्धि भएको तथा इण्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्नुपर्ने बक्यौता २० अर्ब पुगेको भन्दै निगम सञ्चालक समितिले मूल्य बढाउने निर्णय गरेको हो ।
नयाँ मूल्य अनुसार पेट्रोलमा लिटरको ८ रुपैयाँ तथा मट्टितेल र डिजेलमा १२ रुपैयाँ मूल्य बढेको आयल निगमले जनाएको छ । अब पेट्रोलको प्रतिलिटर १७८ रुपैयाँ, मट्टितेल र डिजेलको १६५ रुपैयाँ पुगेको छ ।
एलपी ग्यास तथअ हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । मूल्य समायोजनपछि पनि पेट्रोलमा २४ रुपैयाँ ७० पैसा तथा डिजेलमा १८ रुपैयाँ ०१ पैसा घाटा रहेको निगमले बताएको छ । यता मट्टितेलमा भने प्रतिलिटर १७ रुपैयाँ ०१ पैसा नाफा रहेको निगमका सहप्रवक्ता पुस्कर कार्कीले जानकारी दिए ।

प्रकाशित समय : ११:४९ बजे


















