back

छुट्नु होला है ! बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज (जेठ २५ गते) अन्तिम दिन रहेको छ ।

कम्पनी जेठ २० गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ बराकरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

जसमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी १३ लाख ६५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याईएको छ ।

कम्पनीको आईपीओमा छिटोमा जेठ २५ गतेसम्म र ढिलोमा असार ३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।


क्रेष्ट माइक्रो लाइफले आइपीओ निष्कासन गर्ने

क्रेष्ट माइक्रो लाइफले आइपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख १९ बुधवार २२:३३

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्कासन गर्ने...

पुवा खोला-वान हाइड्रोवापरले आईपीओ निष्काशन गर्ने

पुवा खोला-वान हाइड्रोवापरले आईपीओ निष्काशन गर्ने

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:२८

काठमाडौं । पुवा खोला-वान हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १७:५६

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

वाइवाई चाउचाउले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

वाइवाई चाउचाउले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:०१

काठमाडौं । नेपालको चर्चित वाइवाई  चाउचाउले सर्वसाधारणका लागि आईपीओ जारी...

अर्घाखाँची सिमेन्टले आइपीओ निष्काशन गर्ने

अर्घाखाँची सिमेन्टले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८१ वैशाख ३ सोमवार १२:०५

काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन गर्नका...

सर्वोत्तम सिमेन्टको आइपीओमा मागभन्दा बढी आवेदन, ८ अर्ब रुपैयाँ संकलन, कति पर्यो आवेदन ?

सर्वोत्तम सिमेन्टको आइपीओमा मागभन्दा बढी आवेदन, ८ अर्ब रुपैयाँ संकलन, कति पर्यो आवेदन ?

वि.सं.२०८० फागुन १५ मंगलवार ११:१४

काठमाडौं । सर्वोत्तम सिमेन्टको आइपीओमा मागभन्दा बढी आवेदन परेको छ...