back

के तपाई छुट्नु भएको थियो चिन्ता नलिनुस्ः हिमालयन हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने दिने म्याद दोस्रो पटक थप भएको छ ।

कम्पनी बैंशाख २५ गते देखि बिक्रीमा ल्याएको आइपीओमा आवेदन दिने छिटो अवधि जेठ ८ गतेसम्म भएपनि यस अवधिमा माग अनुसारको आवेदन नपरे पछि ढिलो अवधि जेठ १६ गतेसम्म थप गरेकोमा सो अवधिमा पनि माग अनुसारको आवेदन नपरेपछि जेठ २३ गतेसम्म म्याथ थप गरेको कम्पनीले जनाएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले चुक्ता पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८.२२ प्रतिशत अर्थात ९ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ९ लाख कित्ता साधारण शेयर निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ का स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री गरेको हो ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा जेठ ८ गते र ढिलोमा जेठ २३ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओमा ग्लोबल आइएमई बैंकका लेखनाथ र न्यूरोड (कास्की), माछापुच्छ्रे बैंकको मादी, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बुढीबजार र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौँडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

nactional life
Corporatebazar 11 Anniversary

सर्वोत्तम पेन्ट्सको आईपीओ वैशाख २१ देखि खुल्ने

सर्वोत्तम पेन्ट्सको आईपीओ वैशाख २१ देखि खुल्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:५३

काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन...

सर्वोत्तम पेन्ट्सको आईपीओ वैशाख २१ देखि खुल्ने

सर्वोत्तम पेन्ट्सको आईपीओ वैशाख २१ देखि खुल्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार ०९:०३

काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन...

माउन्ट एभरेष्ट पावरले वैशाख १७ देखि आईपीओ निष्काशन गर्ने

माउन्ट एभरेष्ट पावरले वैशाख १७ देखि आईपीओ निष्काशन गर्ने

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:१८

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आगामी वैशाख १७...

एभरेष्ट कलरको आईपीओ वैशाख १६ देखि निष्कासन हुँदै

एभरेष्ट कलरको आईपीओ वैशाख १६ देखि निष्कासन हुँदै

वि.सं.२०८३ वैशाख ७ सोमवार १३:०३

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले वैशाख १६ गतेदेखि पहिलो चरणको...

विद्युत् बजार सुधारदेखि सिंचाइ प्रणाली सुदृढीकरणमा ३२ बुँदे निर्देशन जारी

विद्युत् बजार सुधारदेखि सिंचाइ प्रणाली सुदृढीकरणमा ३२ बुँदे निर्देशन जारी

वि.सं.२०८३ वैशाख ३ बिहीवार १७:१७

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा तथा...

आजदेखि आईपीओ जारी गरेको सोपान फर्मास्युटिकल्सको कस्तो छ वित्तिय अवस्था ?

आजदेखि आईपीओ जारी गरेको सोपान फर्मास्युटिकल्सको कस्तो छ वित्तिय अवस्था ?

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:१९

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर...