back

अन्नपूर्ण गाउँपालिकाकाे पहिलाे निर्णय : ५० प्रतिशत अनुदानमा सबैकाे स्वास्थ्य बिमा

पोखरा। कास्कीको अन्नपूर्ण गाउँपालिकाले पालिकाभरीका नागरिकको स्वास्थ्य बिमा ५० प्रतिशत अनुदानमा गरिदिने निर्णय गरेको छ ।

नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको पदबहालीका क्रममा अध्यक्ष विष्णु केसीले पालिकामा रहेका ६ हजार चार सय ६ घरपरिवारलाई प्रतिपरिवार तीन हजार पाँच सयमध्ये ५० प्रतिशत पालिकाले ब्यहोरिदिने निर्णय गरेका हुन् । यो निर्णयले पालिकाको वर्षेनी एक करोड १२ लाख रुपैयाँ बिमामै खर्च हुनेछ ।

पालिकाकाे आन्तरिक आम्दानी दुई करोड पनि छैन । संघ र प्रदेश सरकारको अनुदानमा निर्भर पालिकाले यतिधेरै रकम अनुदान दिने निर्णय गरेको हो । यो निर्णय कार्यपालिकाको पहिलो बैठकबाट अनुमोदन गराउने अध्यक्ष केसीले बताए । उनले अहिले आन्तरिक आम्दानी खासै नभए पनि बढाउने गरी योजना ल्याउने बताए ।

‘पर्यटन र प्राकृतिक श्रोत हाम्रो आम्दानीको प्रमुख आधार हुन् । धेरै श्रोत चलाउन सकेका छैनौं,’ उनले भने, ‘पहिलै वर्ष पाँच करोड आन्तरिक श्रोत पुर‍्‍याउँछौं । त्यसका लागि होमवर्क सुरु भैसकेको छ ।’ उनले नागरिकको पक्षमा जनप्रतिनिधिले काम गर्नुपर्ने र त्यसकै उदाहरणका लागि स्वास्थ्य बिमा कार्यक्रम अघि सारेको जानकारी दिए ।

nactional life
Corporatebazar 11 Anniversary

असनको मौलिकता फर्काउने अभियान: आजदेखि हरेक शनिबार ‘सवारी निषेध’, कहाँ गर्ने पार्किङ?

असनको मौलिकता फर्काउने अभियान: आजदेखि हरेक शनिबार ‘सवारी निषेध’, कहाँ गर्ने पार्किङ?

वि.सं.२०८३ वैशाख ५ शनिवार ११:४०

काठमाडौँ । काठमाडौँको ऐतिहासिक एवं सांस्कृतिक मुटु मानिने असन क्षेत्रको...

दिक्तेलमा ‘अन्तर्राष्ट्रिय जैविक विविधता सम्मेलन’ सुरु: रेडपाण्डा र थार संरक्षणमा विश्वको ध्यान

दिक्तेलमा ‘अन्तर्राष्ट्रिय जैविक विविधता सम्मेलन’ सुरु: रेडपाण्डा र थार संरक्षणमा विश्वको ध्यान

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २१:१६

खोटाङ । लोपोन्मुख रेडपाण्डा (हाब्रे) र थार संरक्षणसँगै दिगो पर्यटनको...

सडक र सहरी सुरक्षा तथा व्यवस्थापनमा महानगर र प्रहरी बिचको सहकार्य बलियो बनाइने

सडक र सहरी सुरक्षा तथा व्यवस्थापनमा महानगर र प्रहरी बिचको सहकार्य बलियो बनाइने

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:४४

काठमाडौं । सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा काठमाडौँ...

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

वि.सं.२०८३ वैशाख १ मंगलवार २१:४६

काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन बससेवा सञ्चालन गर्ने...

विद्यालयहरुप्रति मन्त्रालयको एक्सन : छात्रवृत्ति विवरण सार्वजनिक गर्नुहोला

विद्यालयहरुप्रति मन्त्रालयको एक्सन : छात्रवृत्ति विवरण सार्वजनिक गर्नुहोला

वि.सं.२०८२ चैत ३० सोमवार १८:०१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नियम बमोजिम छात्रवृत्ति...

दैलेखको समृद्धिको नारा सहित वैशाख ७ गतेदेखि दैलेख प्रादेशिक महोत्सव हुँदै

दैलेखको समृद्धिको नारा सहित वैशाख ७ गतेदेखि दैलेख प्रादेशिक महोत्सव हुँदै

वि.सं.२०८२ चैत ३० सोमवार १३:११

दैलेख । दैलेख प्रादेशिक महोत्वस वैशाख ७ गतेदेखि १९ गतेसम्म...