काठमाडौंमा बालेनको अग्रता कायमै, स्थापित ८ हजार बढी मतले पछाडि
वि.सं.२०७९ जेठ ४ बुधवार
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन्।
पछिल्लो मतपरिणामअनुसार बालेनले १७हजार ३१ मत प्राप्त गरेका छन्।
दोस्रो स्थानमा रहेका एमालेका मेयरका उम्मेदवार केशव स्थापितले ८ हजार ८७६ मत प्राप्त गरेका छन्।
बालेन स्थापितभन्दा ८ हजार १सय ५५ मतले अघि छन्।
गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले ७९४१ मत प्राप्त गरेकी छन।
काठमाडौं महानगरपालिकाको १ र २ नम्बर वडाको मतगणना सकिसकेको छ । अहिले वडा नम्बर ३,४,५,६,२९,३०,३१ र ३२ कोमतगणना भइरहेको छ।
प्रकाशित समय : १४:२३ बजे





















