सिन्धुलीको फिक्कल गाउँपालिकामा एमाले विजयी: अध्यक्षमा पार्वती सुनुवार उपाध्यक्षमा बराल निर्वाचित
वि.सं.२०७९ जेठ ४ बुधवार
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका अध्यक्षमा एमालेकी पार्वती सुनुवार विजयी भएकी छन् ।
गठबन्धनको तर्फबाट कांग्रेसका नृप भुजेललाई ४५ मतले पराजित गर्दै सनुवार निर्वाचित भएकी हुन् ।
एमालेकी सुनुवारले ४ हजार ६२ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भुजेलले ४ हजार १७ मत पाए ।
सुनुवार सिन्धुलीमा गाउँपालिका अध्यक्षमा निर्वाचित हुने पहिलो महिला उम्मेदवारसमेत बनेकी छन् ।
उपाध्यक्षमा भने एमालेकै राजु बरालले फराकिलो अन्तरमा विजयी भएका छन् ।
बरालले ४ हजार २ सय ५६ मत पाई निर्वाचित हुँदा गठबन्धनबाट माओवादी केन्द्रका लोकेन्द्र कार्कीले ३ हजार ४ सय २६ मत प्राप्तगरे ।
६ वडा रहेको फिक्कलमा वडा नं. १ माओवादी केन्द्र र वडा नं. ४ मा कांग्रेसका उम्मेदवार विजयी भए भने बाँकी सबै वडा एमालेलेजितेको छ ।
प्रकाशित समय : १२:१७ बजे





















