back

एप्पललाई उछिनो अरामले , बन्यो संसारकै धनी कम्पनी

nactional life

साउदी अरेबियाको तेल तथा ग्यास उत्पादक ‘अरामको’ अमेरिकी ‘एप्पल’ लाई उछिन्दै संसारकै धनी कम्पनी भएको छ।

दुई वर्षसम्म संसारकै धनी कम्पनीका रूपमा रहेको एप्पललाई अरामकोले उछिनेर उपाधि आफ्नो नाममा पारेको हो।

बिबिसीका अनुसार अहिले लगानीकर्ताहरूले सूचना-प्रविधि कम्पनीहरूबाट आफ्नो सेयर बेचेर कम जोखिम भएका कम्पनीहरूमा लगानी गरिरहेका छन्। संसारभर तेल र ग्यासजन्य पदार्थको माग बढेका बेला लगानीकर्ताहरूको आकर्षण अरामको जस्ता कम्पनीमा देखिएको छ।

एप्पलको सेयर मूल्य खस्किँदै गइरहेको छ। बुधबारको तथ्यांकअनुसार एप्पलको सेयर बजार मूल्य बीस खर्ब ३७ अर्ब अमेरिकी डलर छ।

अरामकोको भने बीस खर्ब ४२ अर्ब डलर पुगेको बिबिसीले लेखेको छ। यसअघि सन् २०२० मा पनि अरामको संसारकै धनी कम्पनी बनेको थियो।

साउदीका शाही परिवारको स्वामित्वमा रहेको अरामको पहिलेदेखि नै धनी कम्पनी मानिन्थ्यो। तर यसले पहिले सार्वजनिक सेयर जारी नगरेकाले एप्पल नै लामो समय धनीको सूचीमा परिरह्यो।

सन् २०१९ मा अरामको सेयर बजारमा आएसँगै यसले एप्पललाई चुनौती दिएको थियो। सेयर बजारमा प्रवेश गर्दा अरामकोले आफ्नो सम्पत्ति बीस खर्ब डलर भएको बताएको थियो।

कोरोना महामारीपछि विश्वका थुप्रै ठूला कम्पनीमा प्रभाव पर्‍यो। एप्पलले भने कोरोनाताका राम्रो व्यापार गरेको थियो। उसको सेयर भाउ उकासिँदै तीस खर्ब डलर सम्पत्ति भएको पहिलो कम्पनी बन्न सफल भएको थियो।

तर पछिल्लो समय एप्पलको बजार मूल्य क्रमशः कम हुँदै गयो। उता तेल र ग्यासजन्य पदार्थको भने बजार एकदमै धेरै बढ्यो। योसँगै अरामको कम्पनीको सम्पत्ति पनि बढेको सिएनएनले लेखेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मध्यम व्यवसायी जोगाउन नसके अर्थतन्त्र नै संकटमा पर्छ : लिलाबल्लभ दाहाल

मध्यम व्यवसायी जोगाउन नसके अर्थतन्त्र नै संकटमा पर्छ : लिलाबल्लभ दाहाल

वि.सं.२०८३ जेठ १२ मंगलवार १७:४९

काठमाडौं । पर्यटन व्यवसायी तथा युवा उद्यमी लिलाबल्लभ दाहाल ले...

आगामी बजेटको पूर्वसन्ध्यामा व्यवसायीको गर्जन: ‘अनुदार नीति र क्रिमिनल माइन्डसेट अन्त्य गर, करको भार घटाउ’

आगामी बजेटको पूर्वसन्ध्यामा व्यवसायीको गर्जन: ‘अनुदार नीति र क्रिमिनल माइन्डसेट अन्त्य गर, करको भार घटाउ’

वि.सं.२०८३ जेठ १२ मंगलवार १७:३१

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको पूर्वसन्ध्यामा...

निजी क्षेत्रमाथि नियन्त्रण बढाउँदा अर्थतन्त्र संकटमा पर्छ : अर्थविद गोपीलाल न्यौपाने

निजी क्षेत्रमाथि नियन्त्रण बढाउँदा अर्थतन्त्र संकटमा पर्छ : अर्थविद गोपीलाल न्यौपाने

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:३०

काठमाडौं । अर्थविद् डा. गोपीलाल न्यौपानेले वर्तमान सरकार तथा काठमाडौं...

स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ

स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कुल बेरुजु २३...

स्वास्थ्य बीमा कोष जोगाउन ‘हेल्थ ट्याक्स’ मोडल: सुर्ती र मदिराको कर सिधै बीमामा लैजान सांसदहरू एकमत

स्वास्थ्य बीमा कोष जोगाउन ‘हेल्थ ट्याक्स’ मोडल: सुर्ती र मदिराको कर सिधै बीमामा लैजान सांसदहरू एकमत

वि.सं.२०८३ जेठ १० आइतवार २३:३५

काठमाडौं । देशको स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा परिरहेका बेला...

सुर्ती, मदिरा र चिनीयुक्त पदार्थमा कर बढाउन माग: ‘परम्परागत शैलीले जनस्वास्थ्य सुध्रिदैन’

सुर्ती, मदिरा र चिनीयुक्त पदार्थमा कर बढाउन माग: ‘परम्परागत शैलीले जनस्वास्थ्य सुध्रिदैन’

वि.सं.२०८३ जेठ १० आइतवार २३:११

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा सुर्तीजन्य, मदिरा...